भोटेकोशी बाढीपीडितलाई जनहितकारी सहकारीको एक लाख एक हजार सहयोग

सुर्खेत ,१५ भदौ ।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि वीरेन्द्रनगरस्थित जनहितकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक लाख एक हजार एक सय रुपैयाँ सहयोग गर्ने भएको छ।
संस्थाले सोमबार सार्वजनिक गरेको अपिल तथा सहयोग प्रतिबद्धतामार्फत बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोर्खालगायत जिल्लामा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै राहत सहयोगको घोषणा गरेको हो।
संस्थाका अध्यक्ष नवराज कँडेल र प्रमुख कार्यकारी अधिकृत कृष्ण रावलद्वारा जारी विज्ञप्तिमा प्राकृतिक विपद्मा परी ज्यान गुमाएका मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ। साथै, घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ, सुरक्षित उद्धार र आवश्यक राहत प्राप्तिको कामना गरिएको छ।
विपद्को यस घडीमा प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग गर्नु आफ्नो सामाजिक उत्तरदायित्व भएको उल्लेख गर्दै संस्थाले रु. १ लाख १ हजार १ सय राहत सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।
संस्थाले आफ्ना सदस्य तथा समुदायको सुख–दुःखमा साथ दिँदै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको जनाउँदै आगामी दिनमा समेत आवश्यक सहयोग, सहकार्य तथा मानवीय सेवाका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
भोटेकोशीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न संघसंस्था, स्थानीय तह, व्यवसायी तथा सर्वसाधारणबाट सहयोग जुट्ने क्रम जारी छ। जनहितकारी सहकारीको सहयोगले विपद्मा परेका नागरिकलाई राहत तथा पुनःस्थापनामा केही सहजता पुग्ने अपेक्षा गरिएको छ।

भोटेकोशी बाढीपीडितलाई जनहितकारी सहकारीको एक लाख एक हजार सहयोग

रसुवा बाढीपीडितका लागि वीरेन्द्रनगर बचत तथा ऋण

भोटेकोशी बाढीपीडितलाई जनहितकारी सहकारीको एक लाख एक हजार सहयोग

भोटेकोशी बाढीपीडितलाई जनहितकारी सहकारीको एक लाख एक

Leave a comment

Your email address will not be published. Required fields are marked *