६९ हजार ९९९ रुपैयाँमा मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा

काठमाडौं ,१० भदौ ।
मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा सार्वजनिक भएको छ । मोटोरोला र चौधरी ग्रुपको सहकार्यमा ललितपुरस्थित लबिम मलको क्यूएफएक्स सिनेमाजमा विशेष कार्यक्रम आयोजना गरी नयाँ स्मार्टफोन सार्वजनिक गरिएको हो ।
मोटोरोला कन्ट्री हेड हरि ओम मिश्र र चौधरी ग्रुपका भाइस प्रेसिडेन्ट एस.सी. साबुले संयुक्त रूपमा स्मार्टफोन सार्वजनिक गर्नुभएको थियो । कार्यक्रममा नेपाली चलचित्र ‘मास्टर्नी’का कलाकार तथा निर्माण टोलीका साथै अभिनेत्री प्रियंका कार्कीको समेत उपस्थिति रहेको थियो ।
मोटोरोला र चौधरी ग्रुपले ‘मास्टर्नी’सँग सहकार्य गर्दै स्मार्टफोन सार्वजनिक गर्नुका साथै चलचित्रको विशेष प्रदर्शनसमेत आयोजना गरेका थिए । प्रविधि र मनोरञ्जनलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा देशभरका डिलर, रिटेलर, इन्फ्लुएन्सर तथा विभिन्न क्षेत्रका अतिथिको सहभागिता थियो ।
कम्पनीका अनुसार Motorola Edge 70 Fusion मा ५० मेगापिक्सेलको Sony-LYT 710 क्यामेरा, ‘moto ai’, ७ हजार एमएएच क्षमताको ब्याट्री र ६८ वाटको TurboPower चार्जिङ प्रविधि रहेको छ । फोनमा १४४ हर्ज रिफ्रेस रेटसहितको १.५K क्वाड-कर्भ्ड डिस्प्ले तथा अधिकतम ५,२०० निट्ससम्मको ब्राइटनेस उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
प्रिमियम फेब्रिक फिनिसमा उपलब्ध फोनमा प्यान्टोनद्वारा छनोट गरिएका आकर्षक रङहरू प्रयोग गरिएको कम्पनीको भनाइ छ । डिजाइन, क्यामेरा, डिस्प्ले, ब्याट्री र एआई फिचरलाई स्मार्टफोनका प्रमुख विशेषताका रूपमा प्रस्तुत गरिएको छ ।
Motorola Edge 70 Fusion आगामी २९ अगस्ट २०२६ देखि नेपालभर बिक्रीका लागि उपलब्ध हुने भएको छ । यसको सुरुआती मूल्य ६९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
मोटोरोला नेपालमा चौधरी ग्रुपको वितरण सञ्जालमार्फत बिक्री हुँदै आएको छ । कम्पनीले बिक्रीसँगै देशभर वितरण तथा बिक्रीपछिको सेवा केन्द्रको सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ ।
‘मास्टर्नी’सँगको सहकार्यमा गरिएको सार्वजनिक कार्यक्रमले नेपालमा स्मार्टफोन सार्वजनिक गर्ने परम्परागत शैलीभन्दा फरक अनुभव प्रस्तुत गरेको आयोजकको भनाइ छ । चलचित्र, मनोरञ्जन र प्रविधिलाई एउटै मञ्चमा जोडेर गरिएको यो सहकार्यले नयाँ पुस्तामाझ स्मार्टफोनलाई प्रविधिसँगै मनोरञ्जनको अनुभवका रूपमा प्रस्तुत गर्ने प्रयास गरेको देखिन्छ ।






