हरवाचरवा मुक्तिको चार वर्ष, समस्या उस्तै : अधिकारवादी सङ्घसंस्था

कैलाली ,८ भदौ। विभिन्न अधिकारसम्बन्धी सङ्घसंस्थाले मुक्त हरवाचरवाको पहिचान, पुनःस्थापना तथा अधिकार सुनिश्चित गर्न सरकारसंग आग्रह गरेका छन् । मुक्त हरवाचरवा सङ्घर्ष समितिको आयोजनामा ‘पहिचान हाम्रो आधार, पुनःस्थापना हाम्रो सरोकार’ भन्ने नाराका साथ अघि बढाइएको अभियानप्रति ऐक्यबद्धता जनाउँदै विभिन्न पाँच संस्थाले सो आग्रह गरेका हुन् ।  राष्ट्रिय दलित नेटवर्क (आरडिएन) नेपाल, राष्ट्रिय मुक्त हलिया समाज […]

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस

दाङ ,८ भदौ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनका लागि सिफारिस गरिएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम गठित तथा पुनर्गठित मौजुदा मन्त्रिपरिषद्को कार्यविभाजनसहित मन्त्रिपरिषद् पुनर्गठनका लागि मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रमुखसमक्ष सिफारिस गर्नुभएको हो । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट तीन जना नयाँ मन्त्री नियुक्त गरी मन्त्रिपरिषद् पुनर्गठन गर्न सिफारिस […]

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

दाङ ,८ भदौ । लुम्बिनी प्रदेशमा सञ्चालनमा रहेका एफएम रेडियो र केबल टेलिभिजनका सक्कल फाइल प्रदेश सरकारमा हस्तान्तरण भएको छ । नेपाल सरकारको सूचना तथा प्रसारण विभागले लुम्बिनी प्रदेश सरकारको मागअनुसार १०० वाटभन्दा माथि १ हजार वाटसम्मका एफएम रेडियो तथा केबलमा आधारित टेलिभिजन प्रसारण इजाजतपत्र प्राप्त संस्थाहरूका सक्कल फाइल प्रदेश सरकारलाई उपलब्ध गराएको हो । […]

बर्दियाका पालिकाहरुमा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठन

बर्दिया  ,८ भदौ  ।  बर्दियाका बिभिन्न पालिकामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठन गर्ने कार्य शुरु गरिएको छ । सो क्रममा जिल्लाको बढैयाताल गाउँपालिका र गुलरिया नगरपालिकामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठन गरिएको हो । युवाहरूलाई एकताबद्ध गर्दै नेतृत्व विकास, सार्थक सहभागिता, सञ्जाल विस्तार, पैरवी तथा समुदायमा सकारात्मक सामाजिक रूपान्तरणका लागि सक्रिय बनाउने उद्देश्यले पालिकाहरुमा क्लबको […]

सुरु भयो जाजरकोट  भूकम्पपछिको पुनर्निर्माण

  ओम शाही सुर्खेत, ७ साउन । संघीय सरकारले जाजरकोट भूकम्पपछि लामो समयदेखि शिथिल बनेको पुनर्निर्माण कार्यलाई अघि बढाएको छ । भूकम्प गएको झण्डै तीन वर्ष पुग्नै लाग्दा संघीय सरकारले बल्ल पुनर्निर्माण प्रक्रियालाई अघि बढाएको हो ।  आइतबार जिल्लाको भेरी नगरपालिका–१, को रावत गाउँका कौशिला विकको घर शिलान्यास गरेर पुनर्निर्माण कार्य अघि बढाइएको हो । […]

सम्पादकीय : गाउँमा जनसंख्या रोक्ने नीति लेऊ

जाजरकोटको शिवालय गाउँपालिका–३ की ओढ कामीको मृत्यु भएपछि परिवारले अन्तिम संस्कारका लागि शव मसानघाटसम्म लैजान मलामी जुटाउनै कठिन भयो । गाउँमा काम गर्ने उमेरका मानिसको संख्या घट्दै गएपछि आफन्त र छिमेकीले निकै सास्ती खेप्नुपर्‍यो । एउटा व्यक्तिको मृत्युमा समेत मलामी जुटाउन कठिन हुने अवस्था कर्णालीका ग्रामीण बस्तीमा बढ्दो बसाइँसराइको गम्भिर संकेत हो । रोजगारी, शिक्षा, […]

सिँचाइ विकाससँगै कृषि उत्पादन र रोजगारी विस्तारमा मन्त्री श्रेष्ठको जोड

काठमाडौँ, ७ भदौ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ आयोजनाले कृषि उत्पादन र रोजगारीका अवसर विस्तार गर्दै जनसङ्ख्या पलायनको समस्या न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन् । सुनसरी–मोरङ सिँचाइ परियोजनाको स्थलगत अध्ययन तथा परियोजनाबाट प्रभावित स्थानीयवासी र जल उपभोक्ताका समस्या तथा गुनासा सुन्ने क्रममा मन्त्री श्रेष्ठले सिँचाइलाई केवल नहर निर्माणको […]

‘ध्वनि प्रदूषणले श्रवण क्षमता कमजोर हुन्छ’

बाँके, ७ भदौ ।  लामो समयसम्म मोबाइलमा गरिने कुराकानीले ध्वनि प्रदूषण हुँदा श्रवण क्षमता कमजोर हुने गरेको पाइएको छ । अहिले दैनिक करिब १५० देखि २०० हाराहारीमा भेरी अस्पतालमा विभिन्न प्रकारका कानको समस्या लिएर बिरामी आउन थालेको भेरी अस्पताल, नेपालगञ्जका नाक, कान, घाँटी एवं टाउको रोगका विभागीय प्रमुख दिनेशकुमार चौधरीले जानकारी दिए । उनका अनुसार […]

दुर्गममा प्रशासनिक सेवा विस्तारले कुन्नावासीलाई राहत

बाजुरा, ७ भदौ ।  नागरिकता बनाउन होस् वा राष्ट्रिय परिचयपत्र । सरकारी कागजात प्रमाणीकरण गर्न होस् वा अन्य प्रशासनिक काम । बाजुराको पूर्वी–उत्तरी भेगका नागरिकलाई वर्षौंदेखि यी सामान्य काम पनि त्यति सहज थिएनन् ।  “एउटा कागज बनाउनकै लागि सदरमुकाम मार्तडीसम्म पुग्नुपर्ने बाध्यता थियो । जहाँ पुग्न कम्तीमा रु १० हजारदेखि रु १५ हजार खर्च अनि […]

जनश्रमदानबाट खेलमैदान निर्माण गरिँदै

कञ्चनपुर, ७ भदौ ।  कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित ब्रह्मदेवका स्थानीयहरु खेलकुदका लागि आवश्यक पूर्वाधार निर्माण गर्न जनश्रमदानमा जुटेका छन् । वडा कार्यालयको अगुवाइमा स्थानीयवासीले जनश्रमदानमा खेलमैदान निर्माणको काम अघि बढाएका हुन् । स्थानीयवासीको श्रमदानमा क्रिकेट खेल अभ्यासका लागि पिच निर्माणको काम सुरु भएको भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष गगनसिंह कार्कीले जानकारी दिए ।  “पछिल्लो समय युवा […]

संघर्ष, मानवता र सामाजिक रूपान्तरणको २५ वर्षे विकास यात्रा

लेखक :अधिवक्ता मीना पराजुली। २३ अगस्ट २००१ मेरो जीवनको एउटा साधारण मिति मात्र थिएन, त्यो मेरो अस्तित्व, पहिचान र भविष्यलाई नयाँ दिशातर्फ मोड्ने ऐतिहासिक क्षण थियो । स्थापित वकालत पेशाबाट बाहिरिने निर्णय सहज थिएन, तर त्यस निर्णयभित्र समाजसँग जोडिने, मानिसहरूको जीवनमा अर्थपूर्ण योगदान गर्ने र सामाजिक रूपान्तरणको यात्रामा समर्पित हुने गहिरो आह्वान थियो । पूर्वका […]

‘दौडिन्छिन् हजुरआमा’को दोस्रो संस्करण भदौ २१ मा

बाँके ,७ भदौ । नेपालगञ्जमा ज्येष्ठ महिलाको स्वास्थ्य, सक्रियता र पुस्तान्तरणलाई जोड दिँदै ‘भन्छिन् हजुरआमा’ अन्तरपुस्ता संवाद पनि हुने नेपालगञ्ज । ज्येष्ठ नागरिक महिलाको स्वास्थ्य, सक्रिय जीवनशैली, आत्मविश्वास तथा मनोसामाजिक सुस्वास्थ्य प्रवद्र्धन गर्दै पुस्ताबीचको सम्बन्धलाई थप आत्मीय बनाउने उद्देश्यले नेपालगञ्जमा आयोजना हुँदै आएको ‘दौडिन्छिन् हजुरआमा’ कार्यक्रमको दोस्रो संस्करण आगामी भदौ २१ गते आयोजना हुने भएको […]

नेपालगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा ओली निर्वाचित

बाँके ,७ भदौ । नेपालगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली निर्वाचित हुनुभएको छ । संघको निर्वाचनमा ओलीले १ हजार ३ सय ९२ मत प्राप्त गर्दै अध्यक्षका अर्का उम्मेदवार ध्रुवप्रसाद दाहाललाई पराजित गर्नुभएको हो । दाहालले ३ सय ७६ मत प्राप्त गर्नुभयो । निर्वाचन आयुक्तको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार ओली नेतृत्वको समूहका सबैजसो […]