नेपालगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा ओली निर्वाचित

बाँके ,७ भदौ ।
नेपालगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली निर्वाचित हुनुभएको छ । संघको निर्वाचनमा ओलीले १ हजार ३ सय ९२ मत प्राप्त गर्दै अध्यक्षका अर्का उम्मेदवार ध्रुवप्रसाद दाहाललाई पराजित गर्नुभएको हो । दाहालले ३ सय ७६ मत प्राप्त गर्नुभयो ।

निर्वाचन आयुक्तको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार ओली नेतृत्वको समूहका सबैजसो उम्मेदवार विजयी भएका छन् । ओलीलाई अध्यक्षमा निर्वाचित घोषणा गर्दै निर्वाचन आयुक्त तीर्थराज ज्ञवालीले अन्य पदाधिकारी तथा सदस्यहरूको पनि अन्तिम परिणाम सार्वजनिक गर्नुभएको हो ।
वाणिज्य उपाध्यक्षमा विष्णु प्रसाद श्रेष्ठ र उद्योग उपाध्यक्षमा कमल कुमार कार्की निर्विरोध निर्वाचित हुनुभएको छ । महिला उपाध्यक्षमा भने रुपा ओझा (सानु) विजयी हुनुभएको छ । उहाँले १ हजार १५२ मत प्राप्त गर्दा उहाँकी प्रतिस्पर्धी उमा ग्राण्डन ९डाँगी० ले ५०४ मत पाउनुभयो ।
महासचिवमा विष्णु श्रेष्ठ १ हजार २९० मतसहित विजयी हुनुभएको छ । उपमहासचिवमा प्रदीप आचार्य ८६६ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा टीकामणि उपाध्याय ९१९ मतसहित विजयी हुनुभयो ।
सदस्यतर्फ तोपबहादुर थापा १ हजार ३५०, सन्तोषकुमार पौडेल १ हजार ४५६, नन्दाराम जैसी १ हजार ३४९, जहाँगीर मुसलमान १ हजार १६०, आदित्य गुप्ता १ हजार ३४०, अतुलकुमार गुप्ता १ हजार १२३, शारदरराज अधिकारी १ हजार ३३१, नगेन्द्र शाही १ हजार २८८, शरदप्रसाद रिजाल १ हजार १२८ र सुरजबहादुर भण्डारी १ हजार १२५ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
त्यस्तै सम्बद्ध सदस्यतर्फ फणाधर भण्डारी र सुरेशजंग बन्जारा तथा एशोसिएट सदस्यतर्फ राजीव तलंगा र अब्दुल वाहिद अन्सारी निर्विरोध निर्वाचित हुनुभएको छ । नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो ।

 

 

 

 

 

 

 

Leave a comment

Your email address will not be published. Required fields are marked *