भृकुटीमण्डपलाई नागरिकमैत्री सार्वजनिक केन्द्र बनाउने तयारी

काठमाडौँ, ५ भदौ ।  महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले भृकुटीमण्डपलाई व्यवस्थित, सुरक्षित, स्वच्छ, हरित, समावेशी तथा नागरिकमैत्री सार्वजनिक केन्द्रका रूपमा विकास गर्न आवश्यक अध्ययन अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । मन्त्री बादीले भृकुटीमण्डप परिसरमा सञ्चालन भइरहेका विभिन्न गतिविधि तथा संरचनाको निरीक्षण गर्दै खसी तथा तरकारी बजार, […]

जल, खाद्य, ऊर्जा तथा विपद् उत्थानका लागि अघि बढौँः मन्त्री श्रेष्ठ

काठमाडौँ, ५ भदौ ।  जल, खाद्य, ऊर्जा तथा विपद् उत्थानशीलताका क्षेत्रमा तत्काल पूर्वतयारीसाथ अघि बढ्नुपर्ने धारणा व्यक्त भएको छ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले आज ‘सुपर एल निनो र जलवायु जोखिमः नेपालमा जल, खाद्य, ऊर्जा तथा विपद् उत्थानशीलतामा पर्ने प्रभाव’ विषयक राष्ट्रिय गोष्ठीको उद्घटन समारोहलाई सम्बोधन गर्दै ‘सुपर एल निनो’को सम्भावित प्रभावलाई […]

आलेखः पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

सुवास दर्नाल/रासस सोलुखुम्बु, ५ भदौ ।  विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला हिमशृङ्खला र सयौँ आरोहणयोग्य हिमाल रहेको नेपालका लागि पर्वतीय पर्यटन केवल साहसिक गतिविधि मात्र होइन, विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, स्थानीय अर्थतन्त्रको विस्तार र राष्ट्रिय पर्यटन उद्योगको महत्वपूर्ण आधार बन्दै गएको छ । पछिल्ला वर्षमा पर्वतारोहण तथा पदयात्राका लागि नेपाल आउने पर्यटकको सङ्ख्या, […]

वीरेन्द्रनगरको योजना निर्माणमा सहयोग पु¥याउन ‘केयर प्रोफाइल’ तयार गरिँदै

वीरेन्द्रनगर ,५ भदौ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको योजना निर्माणमा सहयोग पु¥याउनका लागि ‘केयर प्रोफाइल’ तयार थालिएको छ। शुक्रबार नगरपालिकाको सभाहलमा किर्डाक नेपालको आयोजना र वीरेन्द्रनगर नगरपालिकाको समन्वयनमा ‘संशक्त महिला समृद्ध नेपाल’ नारा सहित केयर प्रोफाइल निर्माण सम्बन्धी परामर्श बैठक गरिएको छ। नगरपालिकाभित्र सामाजिक, आर्थिक तथा बालअधिकारसँग सम्बन्धित अवस्थाको विस्तृत अध्ययन गरी तथ्यमा आधारित योजना तथा […]

घुयँत्राे:कर्मचारी भागाभाग, सरकार रमिते : बालेन सरकारमा जागिरभन्दा राजीनामा प्यारो !

सरकार बनेकाे छ मैना चल्दैछ तर,याे बीच धेरै कर्मचारीहरु (खर्दारदेखि सहसचिव सम्म)ले दैनिकरुपमा राजिनामा दिएर जागिर छाेडेर घरतिर गैरहेका छन । सरकार गठनहुने बित्तिकै हाउगुजिकाे रुपमा निशेनिकाे संसाेधन र कर्मचारी ओभरहाेलिङकाे कुरा गरे पनि किन हाे कुन्नि सरकारले निसेनि ल्याउनै सकेन बरु उफल्टै कर्मचारीहरुलाई राजिनामा दिएर जान बाध्य पार्याे र पारि पनि रहेकाेछ ।आँफुलाई जेनजीकाे […]

इतिहासको साक्षी चौरजहारीको कुलामुर : संरक्षणको पर्खाइमा ऐतिहासिक भवन, नहर र जलविद्युत् योजना

रुकुम पश्चिम( चौरजहारी) ,५ भदौ । सामाजिक सञ्जालमा देखिएको चौरजहारी नगरपालिका–१०, साविक खोलागाउँ–९ चिसापानीस्थित कुलामुरको यो तस्बिरले पुराना सम्झना मात्र होइन, एउटा महत्वपूर्ण स्थानीय इतिहासलाई पनि फेरि सतहमा ल्याइदिएको छ। हरियालीले ढाकिएको डाँडाको काखमा जीर्ण अवस्थामा उभिएको यो पुरानो भवन हेर्दा सामान्य घरजस्तो देखिए पनि यससँग चौरजहारीको सिँचाइ, जलविद्युत् विकास, तत्कालीन राज्यव्यवस्था र स्थानीय जनजीवनसँग […]

तीला कर्णालीमा बन्ने दुई ठुला  जलविद्युत आयोजनामा जुट्यो लगानी

ओम शाही  सुर्खेत, ५ भदौ । कर्णाली प्रदेशको कालीकोट जिल्ला भएर बग्ने तीला कर्णाली नदीमा निर्माण गरिने दुई ठुला जलविद्युत आयोजनामा लगानी जुटेको छ । उक्त नदीका दुई छुट्टाछुट्टै स्थानमा विकास गरिने आठ सय ६० मेगावाट क्षमताका जलविद्युत आयोजना विकास गर्न प्रवद्र्धक कम्पनीले लगानी जुटाएका हुन् । सोमबार (१ भदौ) तीन नदीमा बन्ने ४२० मेगावाटको […]

सार्वजनिक संस्थानका कर्मचारीलाई सर्तसहित तलबभत्ता

काठमाडौँ, ५ भदौ ।  अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको साउन १ गतेदेखि लागू हुने गरी बढाइएको तलबमान, ग्रेड र प्रोत्साहनभत्ता विभिन्न सर्तसहित उपलब्ध गराउन दिशानिर्देश गरेको छ ।  अर्थमन्त्रीस्तरीय निर्णयअनुसार चारवटा सर्त पूरा गरी सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, निगम तथा समितिका कर्मचारीलाई तलबभत्ता, ग्रेड र प्रोत्साहनभत्ता उपलब्ध गराउन सम्बद्ध पक्षलाई निर्देशन दिइएको छ । अर्थ […]

आमाको नागरिकतामा छोराको हस्ताक्षर

सुर्खेत, ५ भदौ । रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ) केशवप्रसाद ओलीका लागि बुधबारको दिन अरू दिनभन्दा विशेष रह्यो । सरकारी जिम्मेवारी सम्हालिरहेका उनले आफ्नै आमाको नागरिकताको प्रतिलिपिमा हस्ताक्षर गरेर आमालाई बुझाउने अवसर पाए । आमाको नागरिकतामा आफ्नै हातले हस्ताक्षर गर्न पाउँदा उनी भावुक मात्र भएनन्, खुसी र गर्वले भरिए । केशवले उक्त […]

‘समस्याको खाल्डो देख्ने होइन, प्राथमिकता दिने हो’ 

सुर्खेत, ५ भदौ । कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले कर्णालीलाई समस्याको खाल्डोका रूपमा नभई विकास र समृद्धिको प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । बिहीबार कर्णाली प्रदेश स्थापना दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख जोशीले कर्णालीलाई सधैँ समस्याग्रस्त क्षेत्रका रूपमा हेर्ने सोचमा परिवर्तन आवश्यक रहेको बताए । सोचमा परिवर्तन नआएसम्म कर्णालीको मानक माथि उठ्न नसक्ने […]

धौवादी फलाम खानीबाट नौ करोड ६० लाख धाउ उत्खननको योजना

काठमाडौँ, ५ भदौ ।  धौवादी फलाम कम्पनी लिमिटेडले नवलपरासीको हुप्सेकोट गाउँपालिका–५, धौवादीमा रहेको फलाम खानी उत्खननसम्बन्धी योजना तयार गरेको छ । कम्पनीले करिब ४१ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको फलाम खानीबाट नौ करोड ६० लाख धाउँ फलाम उत्खनन गर्न सकिने योजनासहितको प्रतिवेदन खानी तथा भू–गर्भ विभागमा बुझाएको हो । खानी क्षेत्रलाई धौवादी पोखरी ब्लक र दुर्लुङ […]

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै 

नेपालगञ्ज, ५ भदौ ।  लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही भदौको अन्तिम सातादेखि पुनः सञ्चालन हुने भएको छ । निजी क्षेत्रको सेवा प्रदायक बुद्ध एयरले यही भदौ ३१ गतेदेखि नेपालगञ्ज–पोखरा उडान पुनः सञ्चालन गर्न लागेको जनाएको छ । बुद्ध एयर नेपालगञ्जका प्रमुख विनीतविक्रम शाहले यात्रुको माग बढेकाले उडान पुनः सञ्चालन गर्ने निर्णय भएको […]

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी 

बाँके, ५ भदौ ।  बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार वर्षअघि आफ्नो एक बिगाहा खेतमा ताइवानी अम्बा लगाउने निर्णय गर्दा भविष्यको आम्दानीबारे खासै अनुमान थिएन । धान र तोरी फलाउँदै आएको खेतमा सुरु गरिएको अम्बा खेतीले अहिले उनलाई परम्परागत खेतीभन्दा राम्रो आम्दानी दिन थालेको छ । “व्यावसायिक रूपमा गरेको अम्बा खेतीबाट एक […]