राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

काठमाडौँ, ३ भदौ ।  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ३५ अर्ब बराबरको छ महिने निक्षेप सङ्कलन गर्ने भएको छ । केन्द्रीय बैंकले आज सूचना जारी गर्दै १८० दिनका लागि निक्षेप सङ्कलन उपकरणको बोलकबोल तथा निष्कासन गर्न लागेको जनाएको हो । बोलकबोल आज अपराह्न ३ः०० बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत मात्र हुने  बैंकले […]

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी 

काठमाडौँ, ३ भदौ ।  सरकारले बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र पारेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा गत साउन १३ मा विद्युत् महसुल दरको पुनरावलोकन गर्न समिति गठन गरिएको थियो ।  नेपाल विद्युत् प्राधिकरणले उपभोक्ता र उद्योगहरूलाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने गृहकार्य अगाडि बढाएको हो ।  त्यसैबीच प्राधिकरणका सञ्चालक समिति सदस्य […]

वनस्पति अनुसन्धान केन्द्रद्वारा जडीबुटीका बिरुवा वितरणसँगै किसानलाई तालिम

कैलाली, ३ भदौ। वनस्पति अनुसन्धान केन्द्रअर्न्तगत रहेको देवहरिया वनस्पति उद्यान, धनगढीले किसानलाई जडीबुडीका बिरुवा वितरणसँगै तालिम पनि प्रदान गरेको छ । व्यवसायीक रूपमा जडीबुटीखेती गर्न इच्छुक किसान तथा व्यक्तिगत प्रयोजनको लागि बिरुवा रोप्ने  व्यक्तिलाई आर्थिक वर्ष २०८२/८३ मा १८ हजार ८२६ वटा विभिन्न प्रजातिका जडीबुटीका बिरुवा वितरण गरेको वनस्पति अनुसन्धान केन्द्र कार्यालयका निमित्त प्रमुख मदनराज […]

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसङ्घबीच सहकार्यमा जोड

काठमाडौँ, ३ भदौ ।  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ र संयुक्त राष्ट्रसङ्घका नेपालस्थित आवासीय संयोजक लिना पिटरबीच भेटवार्ता भएको छ । भेटवार्तामा नेपालको आर्थिक तथा सामाजिक विकासका लागि सरकार, निजी क्षेत्र, विकास साझेदार र संयुक्त राष्ट्रसङ्घलगायत सबै पक्षबीच परिणाममुखी सहकार्य आवश्यक रहेकामा जोड दिइएको छ । अध्यक्ष श्रेष्ठले सीप विकास, उद्यमशीलता, लगानी प्रवद्र्धन […]

भेरीमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज, ३ भदौ ।  भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ चिकित्सकीय अभिलेखीकरण प्रणाली सुरु गरिएको छ । जनावरको टोकाइ, सर्पदंश तथा अन्य विषालु वा हानिकारक जीवजन्तुसँग सम्बन्धित घटना र चोटपटकका बिरामीको उपचारसम्बन्धी विवरण सङ्कलन तथा अभिलेखीकरण गर्न प्रणाली सुरु गरिएको हो ।  अस्पतालका अनुसार हालसम्म बाँके र बर्दियाका २०५ महिला र १९३ […]

सामुदायिक वनभित्र बन्दुक पड्किँदा मृत्यु

कैलाली, ३ भदौ ।  बर्दगोरिया गाउँपालिका–३ स्थित लालीगुराँस सामुदायिक वनमा बन्दुक पड्किँदा ४२ वर्षीय पदम विश्वकर्माको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार बर्दगोरिया–३ का विश्वकर्माको गए राति सामुदायिक वनभित्र बन्दुक पड्किएपछि मृत्यु भएको जानकारी दिए । उनले विश्वकर्मासँगै जङ्गल गएका एक जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको र घटनास्थलको  […]

महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण 

कञ्चनपुर, ३ भदौ ।  महाकाली नदीको बाढी नियन्त्रणका लागि कञ्चनपुरमा एक हजार २२० मिटर पक्की तटबन्ध निर्माण सम्पन्न भएको छ । महाकाली नदीको बाढीबाट बर्सेनि नदी किनारका बस्ती र खेतीयोग्य जमिनमा हुँदै आएको क्षति न्यूनीकरणका गर्न तटबन्ध निर्माण गरिएको हो ।  सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय कञ्चनपुरले रु ११ करोड ६५ लाख रकम खर्च […]

नेपाल–जापानसम्बन्धमा जापानी भाषा र संस्कृतिको भूमिका

डा. रामचन्द्र भुसाल नेपाल र जापानबीचको मैत्री सम्बन्ध धेरै पुरानो र महत्वपूर्ण छ । नेपालको विकासमा निरन्तर रूपमा सहयोग गर्दै आएका मित्र राष्ट्रहरूमध्ये जापान अग्रस्थानमा छ । सन् १९५६ सेप्टेम्बर १ मा दुई देशबीचमा औपचारिक रुपमा कूटनीतिक सम्बन्ध स्थापना भएपछि सात दशक लामो दुईपक्षीय मित्रता आपसी हित, नेपालको विकासमा जापानको साझेदारी र दुई देशका नागरिकबीचको […]

घुयँत्राे:काँग्रेसको घरझगडा, एमालेको ओली–दोस्रो पुस्ता भिडन्त; घण्टीचाहिँ ताली बजाउँदै!

विगत ८ मैनादेखि काँग्रेसीहरु नेता र नेतृत्वलाई बिषय बनाएर लडाइँकाे मैदानमा छन । आँफुभित्रकाे लडाइँकाे दुई महिनाकाे अबधिमा देशमा भएकाे निर्बाचनमा जनताले देशकाे सबैभन्दा पुरानाे र जेठाे पाटिलाई नाङ्गै बनाई दिएका छन । यतिसम्मकि पाटिसभापति गगन थापादेखि लिएर आँफूलाई मैहुँ भन्ने नेताहरुलाई समेत चुनाबमा उत्तानाेटाङ लगाईदिएछि ऐले नेताहरु भूइँमा न भाँडाेमा भएका छन । जेनजि […]

बालविवाह न्यूनीकरण र बाल संरक्षणमा बर्दियाका सात स्थानीय तहको प्रतिबद्धता

बर्दिया ,३ भदौ। बालविवाह न्यूनीकरण, बाल संरक्षण तथा समावेशी समाज निर्माणका लागि बर्दियाका सातवटा स्थानीय तहमा पालिकास्तरीय अभिमुखीकरण तथा परियोजना परिचयात्मक बैठक सम्पन्न भएका छन्। प्लान इन्टरनेसनल नेपालको सहयोग तथा बाँके युनेस्को क्लब (BUC) र राधाकृष्ण थारू जनसेवा केन्द्र (RKJS) को संयुक्त साझेदारीमा सञ्चालन भइरहेको ‘सेफ फ्युचर प्रोजेक्ट’ अन्तर्गत गुलरिया, मधुवन, राजापुर, बारबर्दिया र ठाकुरबाबा […]

औद्योगिक सुरक्षा बल स्थापना गरिँदै 

काठमाडौँ, ३ भदौ ।  सरकारले निजी क्षेत्रको लगानीको सुरक्षा, संरक्षण तथा प्रवद्र्धन गर्दै लगानीकर्ताको मनोवल उच्च बनाउने उद्देश्यले ‘निजी लगानी संरक्षण तथा प्रवद्र्धन रणनीति’ जारी गरेको छ ।  देशमा तीव्र आर्थिक विकास र रोजगारी सिर्जनाका लागि निजी क्षेत्रलाई उच्च मनोवलका साथ लगानी गर्ने वातावरण निर्माण गर्न रणनीति ल्याइएको सरकारले स्पष्ट गरेको छ । लगानीकर्ता एवं […]

प्रतिनिधि सभा बैठक आज पनि बस्दै, दुई विधेयक पेश हुँदै

काठमाडौं ,३ भदौ। प्रतिनिधि सभाको बैठक आज (बुधबार) पनि बस्ने भएको छ । संघीय संसद भवन सिंहदरबारमा बस्ने बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ । आजको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौं संसोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । क्स युवा श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा […]

तीन सातासम्म पनि भएन कर्णालीमा मन्त्रिपरिषद् विस्तार आज विश्वासको मत  लिँदै मुख्यमन्त्री शाही 

ओम शाही सुर्खेत, ३ भदौ । कर्णालीका प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार (३ भदौ) संसदमा विश्वासको मत लिने तयारी गरेका छन् । १२ साउनमा मुख्यमन्त्री नियूक्त भएका शाहीले २३ औं दिनमा विश्वासको मत लिन लागेका हुन् । नेकपा एमालेको समर्थनमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता शाही मुख्यमन्त्री नियूक्त भएका थिए । ४० […]