निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने

काठमाडौँ, १ भदौ ।  मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई यसमा सहभागी गराउनुपर्नेमा ऊर्जा क्षेत्रका जानकारहरूले बताएका छन् । उनीहरूले विद्युत् बजार विस्तार गर्न नयाँ कानुन आवश्यक नरहेको र विद्यमान विद्युत् ऐन, २०४९ का आधारमा निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमतिपत्र दिन सकिने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ नेपाल (इप्पान)ले हालै ललितपुरमा […]

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौँ, १ भदौ।  विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी पाएसँगै प्रक्रिया सुरु गरेको छ । आयोगले पहिलो चरणमा करिब ३० जनाको समकक्षता निर्धारण गरेको छ । यसअघि त्रिभुवन विश्वविद्यालयले गर्दै आएको समकक्षता निर्धारणको जिम्मेवारी सरकारले विश्वविद्यालय अनुदान आयोगलाई दिएपछि आयोगले काम सुरु गरेको हो । आयोगका […]

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी,१ भदौ ।  कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका भूभागलाई सदुपयोग गर्दै काठ, फलफूल, जडीबुटी, घाँस तथा बहुउपयोगी प्रजातिका बिरुवा रोप्न थालिएको छ । संरक्षणसँगै वनबाट उपभोक्ताको दैनिक आवश्यकता पूरा गर्ने र भविष्यमा आयआर्जनको आधार बनाउने उद्देश्यले उत्पादनमुखी वृक्षरोपणलाई प्राथमिकता दिन थालिएको हो । घोडाघोडी नगरपालिका–८ को जरही सामुदायिक वनमा पनि पछिल्लो समय […]

विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड

कैलाली, १ भदौ । सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका लागि पूर्वतयारी र प्रतिकार्य संयन्त्रलाई चुस्त बनाउँदै प्रदेश, जिल्ला, स्थानीय तह तथा सुरक्षा निकायबीच प्रभावकारी समन्वयमा जोड दिएको छ । मुख्यमन्त्री खगराज भट्टले आज प्रदेश विपद् व्यवस्थापन परिषद्को सचिवालयका रूपमा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अधिकारीसँग प्रदेशको समग्र विपद् जोखिम, सम्भावित […]

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली, १ भदौ ।  कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह दुई उत्पादन अभियान’अन्तर्गत विशेष पकेट क्षेत्र विकास कार्यक्रम सञ्चालन गरी गत आर्थिक वर्षमा रु पाँच करोड ५० लाख अनुदान उपलब्ध गराइएको छ । कार्यक्रमबाट जिल्लाका ३७३ किसान लाभान्वित भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जनाएको छ । किसानलाई स्थानीयस्तरमै व्यवसाय सञ्चालन गर्न […]

जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन जना बेपत्ता

सुर्खेत, १ भदौ । अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ । जाजरकोट जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुधीरकुमार खड्काका अनुसार रिसाङका ५२ वर्षीय केदार कार्कीको मृत्यु भएको हो । पहिरोमा परी सोही वडाका ५४ वर्षीय उमासिंह खत्री, ७० वर्षीय भीमबहादुर कार्की र ८७ वर्षीय रती खत्री बेपत्ता भएका […]

कम्युनिष्ट एकताबिना मुलुकको समृद्धि र रक्षा सम्भव छैनः नेता गुरुङ 

सुर्खेत, १ भदौ।  नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता देवप्रसाद गुरुङले कम्युनिष्ट एकताबिना मुलुकको समृद्धि र रक्षा सम्भव नभएको बताएका छन् । पुष्पलाल मित्रता केन्द्रद्वारा ४८ औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचारगोष्ठीमा नेता गुरुङले कम्युनिष्ट एकताबाट मात्र मुलुकको विकास, समृद्धि र रक्षा हुने बताए […]

प्याब्सन सुर्खेतको आफ्‌नै भवन निर्माण अभियान सुरु

सुर्खेत,१ भदौ । प्याब्सन सुर्खेतको जिल्ला भेला शनिबार वीरेन्द्रनगरमा सम्पन भएको छ । संस्थाको आफ्‌नै भवन निर्माणका लागि आवश्यक आर्थिक स्रोत संकलन गर्ने सम्बन्धि महत्वपूर्ण प्रस्ताव पारित गर्दै भेला सम्पन्न भएको छ । यो ऐतिहासिक भेलाले सुरु गरेको “आफ्नै भवन निर्माण” अभियानलाई सफलताको शिखरसम्म पुर्‍याउन सम्पूर्ण प्याब्सन परिवारको निरन्तर साथ, सहयोग र एकताको अपेक्षा गरिएको […]

भन्सार कडाइले सार्थकता पाएकोमा खुशी 

बाँके, १ भदौ ।  नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्यले अहिलेको सरकार स्पष्ट जनादेशसहित आएको भएको बताएका छन् । शनिबार नेपालगन्ज उद्योग वाणिज्य महासङ्घको ३४ र ३५ औँ वार्षिक साधारणसभामा उनले पाँच वर्षका लागि जनताले म्यान्डेट दिएको सरकार भएको उल्लेख गर्दै सरकारले सय दिनमै सबै कुरा गरिसक्नुपर्छ भन्ने नभएको र सबै कुरा […]

दुई दिनमै फेरियो कर्णाली स्वास्थ्य विज्ञान  प्रतिष्ठानको रजिष्ट्रार नियूक्तिको शैक्षिक योग्यता

ओम शाही सुर्खेत, १ भदौ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जारी भएको दुई दिनमै पदाधिकारी छनौंट तथा सिफारिसमा विवादास्पद निर्णय गरेको छ । प्रतिष्ठानले २७ साउनमा ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पदाधिकारी छनांैट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३’ जारी गरेको थियो । कार्यविधिमा रजिस्ट्रार पदका लागि मान्यता प्राप्त विश्वविद्यालय वा शिक्षण संस्थाबाट चिकित्साशास्त्र वा जनस्वास्थ्य वा […]

सम्पादकीय : खेलकुदलाई उपेक्षा कहिलेसम्म ?

संघीय सरकारले खेलकुदको महाकुम्भ मानिने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति पाँचौँ पटक तोकेको छ । राष्ट्रिय खेलकुद परिषद्को १२५ औँ बोर्ड बैठकले आगामी १६ देखि २९ मंसिरसम्म कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको छ । यसअघि चार पटक मिति तोकेर पनि प्रतियोगिता आयोजना गर्न नसकेको सरकारले पाँचौँ पटकको मितिलाई भने अन्तिम […]

रोल्पा पहिरो पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउने सत्ता साझेदार दलको निर्णय

दाङ ,१ भदौ। रोल्पाको थबाङ गाउँपालिका-५ मा पहिरोमा परी निधन भएका परिवारलाई प्रदेश सरकारका तर्फबाट तत्काल राहत उपलब्ध गराउने विषयमा लुम्बिनी प्रदेशका सत्ता साझेदार दलबीच छलफल भएको छ । पहिरोमा परी ज्यान गुमाएका परिवारलाई राहत उपलब्ध गराउनुका साथै घाइतेको उपचार, खोज तथा उद्धार र प्रभावितको पुनःस्थापनालाई प्रभावकारी बनाउने विषयमा बैठकमा छलफल भएको हो । नेकपा […]

नागपञ्चमी, गुरही र गुडिया पर्वले सामाजिक सद्भाव बलियो बनाउँछ:मुख्यमन्त्री आचार्य

दाङ ,१ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागपञ्चमी, गुरही तथा गुडिया पर्वले सामाजिक सद्भाव, आपसी सम्मान र एकतालाई बलियो बनाउने बताउनुभएको छ । नागपञ्चमी तथा थारु समुदायले मनाउने गुरही र मधेसी समुदायको गुडिया पर्वको अवसरमा सोमवार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशको विविधतायुक्त सांस्कृतिक पहिचानलाई समृद्ध बनाउन मौलिक पर्वहरूको महत्वपूर्ण योगदान […]