रोल्पाका पीडितलाई राहतमा कमी हुन दिँदैनौँः मुख्यमन्त्री आचार्य

दाङ ,६ भदौ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रोल्पामा मनसुनजन्य विपद्बाट प्रभावित परिवारलाई सरकारले उपलब्ध गराउनुपर्ने राहतमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रदेश विपद् व्यवस्थापन परिषद्को १५औँ बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले विपद्बाट ठूलो जनधनको क्षति भएकाले प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने, क्षतिग्रस्त सडक तथा पूर्वाधार मर्मत गर्ने विषयमा सरकारले […]

घुयँत्राे:अख्तियारले उजुरी खोल्यो, घण्टीले गिरफ्तारीको साइरन बजाउन थाल्यो!

त्यसै त ऐलेकाे सरकार र त्यसका पाटिका नेता,कार्यकर्ता र सांसदहरु पुराना पाटिका नेताहरुलाई सिध्याउन गाैँडा कुरेर बसीरा` छन ! यै बेलाँ अख्तियारकाे प्रमुख आयुक्त प्रेम कुमार राईले याे देशका सबै पूर्वप्रधानमन्त्री बिरुध्द अख्तियारमा मुद्दा आएकाे कुरा सरकारी कार्यक्रम मै सार्वजनिक गरेछि अब घण्टीहरु उनिहरुलाई पक्राउ गर्न र कार्वाहि गराउन आँफुले सक्ने सबै हर्कत गर्नमा उत्रिने […]

विपद्ले घेरिएको जाजरकोट  भूकम्पले घर चर्कायो पहिरोले बासै खोस्यो

ओम शाही सुर्खेत, ६ भदौ । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङकी सपना वलीको परिवार अहिले त्रिपालमुनि रात कटाइरहेको छ । १० जनाको परिवार बस्दै आएको घर र जग्गा साउन ३० गतेको अविरल वर्षापछि आएको पहिरोले बगाएपछि उनीहरूको ओत लाग्ने ठाउँसमेत खोसिएको छ ।  दुई वर्षअघि गएको भूकम्पले घर चर्किएपछि वली परिवार अस्थायी बसोबासमा थियो । भूकम्पले […]

भारतमा विषाक्त मदिरा सेवनका कारण आठ जनाको मृत्यु

नयाँदिल्ली, ५ भदौ (रासस/सिन्ह्वा)। भारतको पश्चिमी राज्य गुजरातमा मेथनोल मिसाएको नक्कली मदिरा पिएपछि विगत २४ घण्टामा कम्तिमा आठ जनाको मृत्यु हुनुका साथै करिब ४० जना बिरामी परेको जनाइएको छ । गुजरातको भावनगर क्षेत्रबाट मानवीय क्षति भएको खबर आएको जनाइएको छ भने बिरामी परेका व्यक्तिलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । गुजरात भारतको सुक्खा राज्यहरूमध्ये एक […]

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु 

मनिला, ५ भदौ (रासस/सिन्ह्वा)। मध्य फिलिपिन्सको इलोइलो प्रान्तमा विगत आठ महिनामा लेप्टोस्पाइरोसिस सङ्क्रमणका कारण कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय मिडियाले शुक्रबार जनाएका छन् । इलोइलो प्रान्तमा सन् २०२५ को सोही अवधिमा यस रोगबाट मृत्यु हुनेहरुको सङ्ख्याभन्दा दोब्बर छ । स्थानीय स्वास्थ्य अधिकारीहरूका अनुसार बासिन्दाहरूलाई जोखिमको सामना गर्नुपर्दा प्रोफिलेक्सिस वा निवारक एन्टिबायोटिकहरू लिन आग्रह गरिएको […]

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

न्यानिङ, ५ भदौ (रासस/सिन्ह्वा)। जुलाईको सुरुमा मेसाक चत्रवातले निम्त्याएको गम्भीर बाढीले दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रका दुई वटा सहरमा १५९ जनाको मृत्यु हुनुका साथै १० जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले शुक्रबार घोषणा गरेका छन् ।   प्रभावित सहरहरूमा आयोजित प्रकोपपछिको उद्धार तथा निर्माण कार्यक्रमको तथ्याङ्कअनुसार चक्रवात मेसाकले निम्त्याएको भारी वर्षाले गर्दा आएको बाढीले क्षेत्रीय […]

कर्णालीमा नेकपाले अझै छान्न सकेन मन्त्री

सुर्खेत, ५ भदौ कर्णाली प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट मन्त्री हुनेको नाम टुङ्गो नलाग्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । १२ साउनमा मुख्यमन्त्री बनेका नेकपा संसदीय दलका नेता मंगलबहादुर शाहीले तीन साता बित्दापनि मन्त्रीपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।  सुरुमा सत्तारुढ दल नेकपा एमालेसँग मन्त्रालय भागवण्डामा कुरा नमिलेपछि शाहीले तीन सातासम्म एक्लै सरकार […]

सिञ्जा उपत्यकामा नेपाल टेलिकमको फोर–जी सेवा

काठमाडौँ, ५ भदौ ।  नेपाली भाषा (खस भाषा) को उद्गमस्थल जुम्लाको हाट सिञ्जामा नेपाल टेलिकमको फोर–जी सेवा सञ्चालनमा आएको छ । कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा आजदेखि फोर–जी सेवा सुरु भएको हो । नेपाल टेलिकम जुम्ला कार्यालयका प्रमुख पारस पुजाराका अनुसार त्यहाँ नयाँ टावर स्थापना गरी सेवा सञ्चालनमा ल्याइएको हो । नयाँ टावरबाट कनकासुन्दरी गाउँपालिकाका […]

विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा प्रदेशसभाको जोड

सुर्खेत, ५ भदौ ।  कर्णाली प्रदेशसभा सदस्यले प्राकृतिक विपद्बाट भएको क्षति, प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनालगायतका विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । कर्णाली प्रदेशसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले हुम्लाको नेप्का, कालिकोटको दाहाँ र जाजरकोटको रिसाङमा प्राकृतिक विपद्बाट ठूलो क्षति भएको बताए । उनले विपद् प्रभावितलाई […]

बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता

बाँके, ५ भदौ ।  बाँकेमा एक महिनाको अवधिमा ३६ वटा आर्थिक अपराधका मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बैंकिङ कसुरका १९, ठगीका १४, सहकारी रकम हिनामिना एक तथा नेपाल राष्ट्र बैंकअन्तर्गतका कसुरका दुई मुद्दा रहेका छन् ।  त्यस्तै, अपराध अनुसन्धान तथा नियन्त्रणतर्फ कुल १४४ मुद्दा दर्ता भएका छन् । तीमध्ये जघन्य […]

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण

बागलुङ, ५ भदौ ।  नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक वर्षमा २१ नाउर र ११ झारलको सिकार गरिएको छ । विदेशी सिकारीले प्रतिस्पर्धामार्फत नाउर र झारलको सिकार गर्न वन्यजन्तु विभागलाई राजस्वबापत रु चार करोड १७ लाखभन्दा बढी बुझाएका छन् ।  ढोरपाटनमा वर्षमा दुई चरणमा सिकार हुने गर्छ । पहिलो चरणमा रु तीन करोड […]

मेलौलीमा प्रशासनिक सेवा, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

बैतडी, ५ भदौ ।  मेलौलीमा इलाका प्रशासन कार्यालय स्थापना भएसँगै स्थानीयवासीलाई प्रशासनिक सेवा लिन सहज भएको छ । कार्यालय स्थापनापछि मेलौली नगरपालिकासहित शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका नागरिकलाई जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको हो । यसअघि नागरिकता, नागरिकताको प्रतिलिपि र राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यता थियो । गत वैशाख २४ गते इलाका प्रशासन कार्यालय […]

पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

बाजुरा, ५ भदौ ।  गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्‍याएपछि उच्च जोखिममा रहेका १४ घरका  ११५ जनालाई सुरक्षित स्थानमा सारिएको छ । बिहीबार दिउँसो अविरल वर्षासँगै खसेको पहिरोले ५७ वर्षीय पूर्णिमल बोहरा र ३८ वर्षीया बुदी बोहराको तीनतले घर पूर्ण रूपमा क्षति भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता  नरेशबहादुर शाहीका […]