घुयँत्राे:कर्मचारी भागाभाग, सरकार रमिते : बालेन सरकारमा जागिरभन्दा राजीनामा प्यारो !

सरकार बनेकाे छ मैना चल्दैछ तर,याे बीच धेरै कर्मचारीहरु (खर्दारदेखि सहसचिव सम्म)ले दैनिकरुपमा राजिनामा दिएर जागिर छाेडेर घरतिर गैरहेका छन । सरकार गठनहुने बित्तिकै हाउगुजिकाे रुपमा निशेनिकाे संसाेधन र कर्मचारी ओभरहाेलिङकाे कुरा गरे पनि किन हाे कुन्नि सरकारले निसेनि ल्याउनै सकेन बरु उफल्टै कर्मचारीहरुलाई राजिनामा दिएर जान बाध्य पार्याे र पारि पनि रहेकाेछ ।आँफुलाई जेनजीकाे सरकार भनेर नअघाउने बालेन र रबिकाे सरकारले घाेक्र्याएर निकालि दिएर घरकाे न घाटकाे हुनुभन्दा आँफै किनारा लाग्नु ठिक भनेर दैनिकरुपमा जेनजी कर्मचारीहरु जागिर छाेडेर गई रहेका छन । याे सरकारका लागि पुराना कर्मचारी जागिर छाेडेर जानुमा राम्रो पनि हाेला उसले चाहेकाे संख्यामा नयाँ भर्नापनि गर्ला तर कैयौं कर्मचारी त्यस्ताछन जसलाई बनाउन राज्यले कराेडाैँ लगानी गरेर दक्ष र तालिम प्राप्त गराएकाे हाेला तर त्यतातिर पनि ध्यान नदिई खुशिसाथ राजिनामा स्वीकृत गर्ने र हर्ष बढाँईँ गर्नु क्षणिक रुपमा त राम्रै हाेला तर अन्तत यसकाे परिणाम भने पक्कै नराम्राे हुनेछ। सरकारले १७ मन्त्रालय कायम गरि त्यस अन्तरगत रहने कर्मचारीकाे संख्या तय गरिएकाे भनिएकाेछ । त्यसरी तय गरिएका कर्मचारीमा पुराना कसैलाई पनि नराखेर सबै आँफुले नयाँ भर्ना गर्ने र ती नयाँले मात्र बालेन सरकारलाई साथ र सहयाेग दिन्छन भन्ने जुन मानसिकता बनाईएकाेछ त्यै मानसिकताले बालेनलाई डुबाउन सक्दछ । हिजाे गिरिजाले नि आँलाई सहयाेग गर्ने कर्मचारी राख्ने भन्ने साेच बनाएर पुराना कर्मचारी हटाएकै हुन । खै त ऐलेकाे सरकार त तिनै कर्मचारी खराब र भष्टाचारी भन्दै तिन्लाई पनि खेद्दैछ । त्यसैले राजनीतिक प्रतिसाेधका आधारमा पुराना कर्मचारी घर पठाएर नयाँबाट काम गर्छु भन्दा पनि कर्मचारीलाई काम गर्ने र काम ठगेमा तत्काल निकाल्न सक्ने र निकाल्ने कानून ल्याउनुस र राम्रो काम गर्नेलाई हाैसला, पुरस्कृत र वृतिविकासकाे अबसर दिनाेस तर काम ठग्ने, विगार्ने र भष्टाचार गर्नेलाई उसकाे गल्ति हेरी सजाय गर्ने बानिकाे विकास गर्नाेस त त्यति भएछि निजामती सेवा भनाैँ वा देशका सम्पूर्ण कर्मचारीहरु देशले चाहेजस्तै बन्न सक्छन । तर ऐले सरकारले स्पष्ट रुपमा कानुन बनाएर पास गरेर अगाडि बढन सक्ने अबस्थामा पनि सदनमा ऐन ल्याउनुकाे सट्टा हरेक कुरामा समिति र आयाेग मात्रै बनाउने अनि सल्लाहकारहरुमात्रै राख्ने तर वास्तवमा गर्नु पर्ने काम नगर्नाले याे ६ मैनाकाे दाैरानमा जनता र देशका निम्ति कुनै काम भएकाे देखिँदैन भने खालि हरेक क्षेत्रलाई गिजाेल्ने र अस्थिर बनाउने काम मात्रै भएकाे देखिन्छ । बालेन सरकार आउने बित्तिकै जनताले अब हरेक क्षेत्रमा सुधार हुने आशा लगाएर बसे । तर सरकार त जनताका हितका निम्ति भन्दा पनि जनतासित कुनै उपलब्धि र सराेकारै नराख्ने विषय लिएर अगाडि बढि रहेकाेछ । जनताका निम्ति दैनिकरुपमा चाहिने उपभोक्ता सामग्रीकाे मूल्य पटकै पिच्छे बढि रहेकाेछ । हिजाेभन्दा आजकाे बजार मूल्य दुईसय देखि पाँचसय प्रतिसतसम्म बढि रहेकाेछ । जनता भाेकभाेकै पर्ने अबस्थामा पुगिसके , राेजगारी दिने संस्था छैनन । खेति गर्ने बेलामा किसानले मल पाएनन विनामल गरिएकाे खेतिले आउने बर्ष आधाभन्दा नि कम उब्जनि दिने निश्चित छ । बजारमा ग्याँस छैन ।दिनहुँ जनता लाईनमाछन । भएकाे के हाे सरकारले चासाे नलिएकाे हाे कि लिएर नि भेउ पाउन नसकेकाे हाे जनता आश्चर्यमाछन । लगानिका लागि सरकारले अनुराेध गरेकाे गर्यैछ तर लगानि गर्न काेहि आएका छैनन् । बाहिरी लगानि त छाेडाैँ स्वदेशि उद्योगीहरु पनि बैंकबाट ऋण लिन र लगानी गर्न तयार छैनन । जसले गर्दा बैंकमा पैसा थुप्रिएकाेछ । यसरी बाहिरी र भित्रीरुपमानै उद्याेग नखुल्नुका पछाडि लगानी गरिसकेपछि बैंकले मनपरि ब्याज हान्ने र उद्योग खाेल्ने कानुन सहज नहुनु र याैटा कम्पनी दर्दा गर्न लाखौं रूपैयाँ घुस खुवाउनु पर्ने र महिनाैँ महिना झुल्नु पर्ने कारण त छँदैछ । त्यसमा पनि गएकाे भदाै २४ मा जेनजीहरुकाे ईशारामा एकै पटक देशभर जसरी आगाे लगाईयाे र खरानी बनाईयाे ।अनि खरानी बनाएकाे रमिता सेना र पुलिसले जसरि हेरेर देशका प्राचीन संस्कृति र धराेघर समेत खरानी बनाएर जेनजीले जुन हर्ष बढाईँ गर्याे ! त्यस्तै स्थिति हामी लगानि कर्ताका उद्योग धन्दालाईनि गराउँछन भनेर नि याे देशमा लगानि गर्न उद्योगपति तयार छैनन्। त्यसैले सरकार अब आफ्नै लगानिमा केही गर्न सकिन्छ गराैँ । अरुले केही गर्देलान र जनतालाई खुशि बनाम्ला भनेर साेच्नु भएकाे छ भने तपाईंका यी जेनजी कार्यकर्ताबाट त हिजाेका बुढा दलका बुढा नेता जत्तिकै पनि हाेला जस्ताे देखिन्न । कर्मचारी हटाएर र नयाँ नियुक्ति गरेर मात्रै जनतालाई कुनै उपलब्धि हुँदैन उनिहरुका लागि त हरेक कुरामा सकारात्मक परिणाम चाहिएकाेछ । जनताले सुख्ख र समृद्धि पाउने गरि सरकारले काम कैले गर्ने हाे त ! हाम्ले त्यसका लागि कैलेसम्म पर्खिनु पर्ने हाे जानकारी पाउन सकियला बालेन सरकार !






