घुयँत्राे:एक महिना पुग्न लाग्दा पनि कर्णाली सरकार अधुरै, मन्त्री खोज्दै मुख्यमन्त्रीको दौडधुप !

हैन ! के भा हुन कर्नालिका मुख्यमन्त्री ? बल्लबल्ल एमालेहरलाई सरकाराँ मिसाएछि अब प्रदेश सरकार राम्ररी चल्छ कि भन्या त फेरि माओवादि अर्थात आफ्नै दलबाट मन्त्री बनाएर सपथग्रहणका लागि समय ताेकेर निम्ता समेत पठाई सक्दानि सपथग्रहण गराउन नसकेर कार्यक्रम नै ढिसमिस बनाए त हँ मुख्यमन्त्रीले त ! हैन यिनी ( मुख्यमन्त्री मंगल शाहि) त माओवादि भएर नि मुटुनै नभा मान्छे रैछन कि क्या ? यिनकाे यस्ताे चालाले हिजाे माओवादि संगठनाँ बसेर कसरी काम गरे हाेलान । आफू मुख्यमन्त्री भा १ मैना हुुन लाईगाे बल्लबल्ल एमालेले माग्या मन्त्रालयजति उसलाई देछि अब सरकार बन्छ कि त भनेर आँखा च्याति च्याति मुख्यमन्त्रीतिर हेर्दानि सरकाराँ मन्त्रीले पूर्णता पाउने जस्ताे देख्खियनत हँ ! विपक्षिले त क्वाईँ घचक गर्छन गर्छन ह्याँ त आफ्नैले पाे क्वाईँघचक गर्या देख्खियाे त हँ । १ मैना पुग्दानि मन्त्रीहरु बनाउन नसकेछि विचरा मुख्यमन्त्रीलाई याे मुख्यमन्त्रीकाे पद नि ” दिनभरिकाे सिकार कान्छा बाउकाे अनुहार” भा छकि जस्ताेपाे मान्याछु मैले त ! ऐलेसम्म सबै मन्त्रालयाँ मन्त्री नबनेछि कर्मचारी त्यसै छाडाछन । याे भदाै मैनासम्म विकास निर्माणका टेण्डर सकेर दशैंपछियाट भकाभक् विकास निर्माणका कामकाे शुरु गर्नु पर्ने हाे तर, मन्त्रालयमा मन्त्री छैन । सचिव मन्त्रालय बस्दैन अनि कर्मचारीहरु छाडा बनेर हिँडि रहेकाछन । उनिहरुमा मन्त्री नभएनि आँफुलाई ताेकियकाे काम गर्नु पर्छ भन्ने जिम्मेवारी नै बाेध छैन । हिजाेदेखि जसरि प्रशासन चलाउँदै आए आजनि त्यसरिनै चल्नु पर्छ भन्ने मानसिकताबाट चलेका कर्मचारीहरु समय अनुसार परिवर्तन भएर चल्नु पर्छ भन्नेतिर ध्याननै छैन । त्यसैले सरकार परिवर्तन हाेस कि नहाेस आफ्नाे बानि कतै नजाने भन्याझैँ टाङाकाे घाेडाजस्ताे एकाेहाेराे नेपालकाे प्रशासनले जनताकाे जिवनस्तरमा केही परिवर्तन ल्याउला त्यस्ताे संकेत कर्मचारीकाे काम गराईमा छैन । सुन्नमा आएअनुसार माधब नेपालका मान्छेहरुले याैटा मन्त्री पद मागेका तर,माओवादिहरुले उनिहरुलाई नदिएछि उठेकाे बखेडाले मन्त्रीहरुकाे सपथ हुन सकेन भन्ने बजारहल्ला छ । यसरि मुख्यमन्त्रीले क्याविनेटलाई पूर्णता दिन नसकेछि कर्नालि प्रदेशसभा कुनचाहिँ सदस्यकाे कमाण्डमाछ उसले तत्काल समाधान दिन सक्नु पर्छ यदि समाधान भएन भने मन्त्री बनाउन वलि र प्रचण्डले हस्तछेप गर्न सक्छन । प्रदेशकाे अधिकार बारम्बार हस्तछेप गरेर कर्नालिका कमिनिष्ट नेताहरुलाई पुङभाङ बनाउँदै आएका वलिले यसपटक त मुख्यमन्त्री बनाउन मात्रै हैन मन्त्रीहरुनै बनाउन हस्तछेप गरे भने पक्कै पनि वाग्मतीको मुख्यमन्त्री जस्तै चलअचल सबै कुराले वलिलाई भरिपूर्ण बनाउने मान्छे नै खाेज्छन त्यसमा दुईमत छैन । त्यसैत हरेक कुरामा पछि परेकाे कर्नालि प्रदेश अँझ भएन भनेर सम्बन्धित मन्त्रालयमा मन्त्री नै नभएछि कर्मचारीले कुनैपनि काम अघि नबढाई दिएछि प्रदेशकाे विकास त त्यसै पनि ठप्प हुन्छ । सरकारले चाहेर नि याेजनामा छुट्याईएका बजेट खर्च हुन सक्ने छैनन र अनि विकास निर्माण र त्यसमा खर्च हुने वजेटकाे हविगत विगतका बर्षहरुकाे जस्तै हुनेछ भने विकास निर्माण नि याैटादलका कारण अलपत्र पर्ने निश्चित छ । त्यसैले वलि हुन कि प्रचण्ड ,कर्नालिकाे सरकारलाई तत्काल पूर्णता दिएर प्रदेशकाे अन्याैलता हटाउ !याे प्रदेशकाे राजनीतिलाई कति नाङ्गो बनाउछाै । कि त तिमरु नि सडकमा नाङ्गिएर हिँडेछि मात्रै समस्याले समाधान पाउने हाे र ! हैन भने त १ मैना भयाे सरकार बन्दैन कमिनिष्टहरु कति निकम्मा भै सकेछन भन्लान त जनताले ! कति चेतना शून्य भएर बाँच्छाै हाे कमिनिष्ट हाे । जनतालागि न सहि तिमरकै लागि भएनि सरकारलाई पूर्णता त देओ ।





