पूर्पक्षका लागि नायब सुब्बा थुनामा

सुर्खेत, १० भदौ । 

एकीकृत कृषि प्रयोगशाला सुर्खेतको आवास गृहमा मृत भेटिएकी २७ वर्षीया कर्मचारी चन्द्रा सिंहको मृत्यु प्रकरणमा जोडिएका नायब सुब्बा कविलाल बिसीलाई जिल्ला अदालत सुर्खेतले पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । 

अदालतका न्यायाधीश नरेन्द्रबहादुर बुढाको एकल इजलासले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा कार्यरत नायब सुब्बा बि.सी.लाई थुनामा पठाउन आदेश दिएको सूचना अधिकारी उज्ज्वल रावलले जानकारी दिए । 

प्रहरीले बीसीविरुद्ध ८ साउनमा अदालतमा आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको थियो । जाजरकोटको भेरी नगरपालिका–१ घर भई विगत दुई वर्षदेखि प्रयोगशालामा नायब प्राविधिक सहायक पदमा कार्यरत चन्द्रा सिंह वीरेन्द्रनगर–७, इत्रामस्थित कार्यालयकै आवास गृहको शौचालयमा बेहोस अवस्थामा भेटिएकी थिइन् । 

सिंहलाई उद्धार गरी तत्काल देउती अस्पताल हुँदै प्रदेश अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । घटनालाई अस्वाभाविक मान्दै मृतकका श्रीमान् महेश बस्नेतले बिसीविरुद्ध किटानी जाहेरी दिएका थिए । 

सोही जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले साउन १६ गते वीरेन्द्रनगर–८, खजुराबाट उनलाई नियन्त्रणमा लिएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा मृतक चन्द्रा र नायब सुब्बा बि.सी. बिच सामाजिक सञ्जाल फेसबुकमा भएका कुराकानी तथा केही शंकास्पद च्याट संवादहरू फेला परेको भन्दै प्रहरी नियन्त्रणमा लिएको हो ।

पूर्पक्षका लागि नायब सुब्बा थुनामा

पाथिभरा माता भनेर चिनिने  युवक पुर्पक्षका लागि

पूर्पक्षका लागि नायब सुब्बा थुनामा

अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता 

Leave a comment

Your email address will not be published. Required fields are marked *