खानेपानी पूर्वाधारको संरक्षणमा ध्यान दिन मुख्यमन्त्री आचार्यको आग्रह

अर्घाखाँची ,३१ साउन ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खानेपानीका पूर्वाधारको सुरक्षा र संरक्षणमा विशेष ध्यान दिन आग्रह गर्नुभएको छ । अर्घाखाँचीको शितगंगा नगरपालिका-८ मा निर्माण गरिएको लाहापे डिप बोरिङ खानेपानी आयोजनाको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले खानेपानी आयोजना निर्माणसँगै त्यसको संरक्षण र दिगोपनामा ध्यान दिनुपर्ने बताउनुभएको हो ।

मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले खानेपानी क्षेत्रमा लगानी बढाउँदै गएको बताउँदै निर्माण भएका आयोजनालाई दीर्घकालीन र प्रभावकारी रुपमा सञ्चालन गर्न उपभोक्ताको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । उहाँले खानेपानीका संरचनाको नियमित मर्मतसम्भार, खानेपानी पाइपकाे सुरक्षा तथा संरक्षणका लागि उपभोक्ता समितिहरू जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।
‘खानेपानी आयोजनालाई दिगो रुपमा अघि बढाउन उपभोक्ताको महत्वपूर्ण भूमिका रहन्छ,’ मुख्यमन्त्री आचार्यले भन्नुभयो, ‘उपभोक्ता समितिले आन्तरिक कोषको व्यवस्थापन गरेर साना खालका समस्या समाधान गर्ने प्रणाली विकास गर्नुपर्छ ।’

उहाँले खानेपानीका संरचना निर्माणमा मात्रै सीमित नभई त्यसको नियमित सञ्चालन, मर्मतसम्भार र संरक्षणमा समेत ध्यान दिनुपर्ने बताउनुभयो । प्रदेश सरकारले नागरिकलाई स्वच्छ र सहज रुपमा खानेपानी उपलब्ध गराउने उद्देश्यले विभिन्न क्षेत्रमा खानेपानीका आयोजना सञ्चालन गरिरहेको उहाँको भनाइ थियो ।

मुख्यमन्त्री आचार्यले प्रदेशमा निर्माणाधीन तथा अधुरा रहेका खानेपानी आयोजनालाई प्राथमिकताका आधारमा सम्पन्न गर्ने लक्ष्य सरकारको रहेको बताउनुभयो । नागरिकको आधारभूत आवश्यकतासँग प्रत्यक्ष जोडिएको खानेपानी सेवाको विस्तारलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले खानेपानी आयोजना निर्माणका क्रममा स्थानीय आवश्यकता, स्रोतको उपलब्धता र दीर्घकालीन सञ्चालनलाई समेत ध्यान दिनुपर्ने बताउँदै आयोजना सम्पन्न भएपछि त्यसको स्वामित्व उपभोक्ताले लिनुपर्नेमा जोड दिनुभयो ।
लाहापे डिप बोरिङ खानेपानी आयोजना सञ्चालनमा आएपछि शितगंगा नगरपालिका-८ का स्थानीय बासिन्दालाई खानेपानीको सहज पहुँच पुग्ने अपेक्षा गरिएको छ ।

खानेपानी पूर्वाधारको संरक्षणमा ध्यान दिन मुख्यमन्त्री आचार्यको आग्रह

लागु औषध विरुद्ध सचेतना अभियान

खानेपानी पूर्वाधारको संरक्षणमा ध्यान दिन मुख्यमन्त्री आचार्यको आग्रह

जनहितकारी साकोसको आ.व. २०८२/०८३ को वार्षिक समीक्षा

Leave a comment

Your email address will not be published. Required fields are marked *