भेरी नदीमा जीप खस्दा दुई जना वेपत्ता

सुर्खेत, २८ साउन ।

सल्यानमा भेरी नदीमा जिप खस्दा बेपत्ता भएका दुई जनाको अवस्था अज्ञात छ । उनीहरुको खोजी कार्य भइरहेको छ । बुधबार दिउँसो करिब २ बजेको समयमा छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१, बाङ्गिरह नजिकै लु १ ज ३०२२ नम्बरको जिप भेरी नदीमा खसेको थियो । उक्त जिपमा सवार चार मध्ये दुई जना नदीमा बेपत्ता भएका छन् । 

बालुवा सङ्ग्रीबाट सल्लीबजारतर्फ फर्किँदै गरेको जिपमा सवार बनगाड कुपिण्डे नगरपालिका–१, आपखोली निवासी २९ वर्षीय प्रेम विक र सोही स्थानका २१ वर्षीय खुमलाल बुढाथोकी सामान्य घाइते भएका थिए । उनीहरू भेरी नदीमा पौडेर बाहिर निस्कन सफल भएका थिए । बेपत्ता हुनेमा जिप चालक दाङका अन्दाजी २३ बर्षिय हेमराज बिसी र सल्यानको सिद्धकुमाख गाउँपालिका–४, का अन्दाजी ४३ वर्षीय खलबहादुर राना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरूको खोजीमा नेपाली सेना, सशस्त्र प्ररही बलको गोताखोरसहितको सुरक्षाकर्मीहरु उद्दारमा खटिएका छन् । 

भेरी नदीमा जीप खस्दा दुई जना वेपत्ता

‘नागरिकलाई न्यायको अनुभुति दिलाउन राज्यका सबै तह

भेरी नदीमा जीप खस्दा दुई जना वेपत्ता

मल मागको उच्च, आपूर्ति कम

Leave a comment

Your email address will not be published. Required fields are marked *