कर्णालीबाट ‘ग्लोकल २० अन्डर २०’ मा छनौट भए किशोर न्यौपाने

सुर्खेत, २७ साउन । कर्णाली प्रदेशबाट किशोर न्यौपाने ‘ग्लोकल २० अन्डर २०–२०२६’ मा छनोट भएका छन् । २० वर्षमुनिका युवामध्ये नेतृत्व, नवीनता र समुदायमा पु¥याएको प्रभावका आधारमा छनोट गरिने उक्त सूचीमा कर्णालीबाट न्यौपाने मात्र समावेश भएका हुन् । जलवायु न्यायको क्षेत्रमा सक्रिय न्यौपानेले अनुमति वा सहयोगको प्रतीक्षा नगरी आफ्नै खर्चमा वातावरण संरक्षणसम्बन्धी प्रारम्भिक अभियान सुरु […]

रास्वपाले लुम्बिनीका जिल्लामा विविध कार्यक्रमसहित मनाउँदै अन्तर्राष्ट्रिय युवा दिवस

कपिल अन्जान कोहलपुर, २७ साउन अन्तर्राष्ट्रिय युवा दिवस–२०८३ (अगस्त १२) को अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेशअन्तर्गतका विभिन्न जिल्ला समितिहरूले युवालाई केन्द्रमा राखेर विविध सामाजिक तथा रचनात्मक कार्यक्रम सञ्चालन गरिरहेका छन् । ‘युवा सामाजिक उत्तरदायित्व, नेतृत्व विकास र मानवीय सेवामा’ जोड दिने उद्देश्यसहित श्रावण २३ गतेदेखि ३० गतेसम्म प्रदेशका विभिन्न जिल्लामा कार्यक्रम आयोजना गरिएको […]

नापतौल यन्त्र दर्ता तथा नवीकरण शिविरमा दुई दिनमै ६५ व्यवसायी फर्मले लिए सेवा

कोहलपुर, २७ साउन । कोहलपुर उद्योग वाणिज्य संघको आयोजना तथा गुणस्तर तथा नापतौल कार्यालय, बाँकेको सहकार्यमा सञ्चालित नापतौलका यन्त्र दर्ता तथा नवीकरण शिविरमा दुई दिनमै ६५ वटा व्यवसायिक फर्मले सेवा लिएका छन् । व्यवसायीहरूलाई नापतौलका यन्त्र तथा सामग्रीको दर्ता र नवीकरणका लागि सहज वातावरण सिर्जना गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको हो। शिविरमा व्यवसायिक फर्महरूले प्रयोग […]

डोकोको दुःख घटाउँदै पातारासीमा कृषि एम्बुलेन्स सञ्चालनको तयारी

काली बहादुर परियार जुम्ला ,२७ साउन । बिहानको झिसमिसे उज्यालो भुइँमा झर्न नपाउँदै पातारासीका गाउँहरूमा महिलाको चहलपहल सुरु हुन्छ। घरको चुलो देखि गोठ सम्मको काम सकेर उनीहरू खेतबारीतिर लाग्छन् । दिनभरि माटो सँग संघर्ष गर्छन्, पसिना बगाउँछन् र खेतबारीमा उत्पादन भएको सागसब्जी, सिमी, आलु, फापर, स्याउ लगायतका कृषि उपज बोकेर बजारतर्फ लाग्छन् । तर उनीहरूको […]

लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ १ मा विश्वासको मत लिँदै

दाङ ,२७ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ १ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ । नेपाली कांग्रेसले साउन १२ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्राबधान अनुसार विश्वासको मत लिन थाल्नु भएको हो । मुख्यमन्त्री आचार्यले विश्वासको […]

युवालाई उद्यम र समाज रूपान्तरणको अभियानसंग जोड्नुपर्छ: मुख्यमन्त्री आचार्य

दाङ,२७ साउन  । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवालाई उद्यम, उत्पादन र समाज रूपान्तरणको अभियानसँग जोड्नुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले युवाको ऊर्जा, क्षमता, सिर्जनशीलता र नवीन सोचलाई सही दिशामा परिचालन गर्न सके समृद्ध र आत्मनिर्भर समाज निर्माण गर्न सकिने बताउनुभएको हो । मुख्यमन्त्री आचार्यले युवालाई रोजगारीका […]

छोटी भन्सार पुनःसञ्चालनको माग गर्दै ज्ञापनपत्र

कैलाली, २७ साउन ।  कैलालीको पृथ्वीपुर छोटी भन्सार कार्यालय पुनःसञ्चालन तथा स्तरोन्नतिको माग गर्दै सोमबार अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई ज्ञापनपत्र बुझाइएको छ । कैलालीका सात स्थानीय तहका जनप्रतिनिधि र भजनी उद्योग वाणिज्य सङ्घले संयुक्त रूपमा ज्ञापनपत्र बुझाउँदै लामो समयदेखि बन्द रहेको भजनी नगरपालिका–५ लालबोझीस्थित पृथ्वीपुर छोटी भन्सार कार्यालय तत्काल पुनःसञ्चालन गर्न माग गरेका हुन् । […]

उत्तरगङ्गा जलविद्युत् आयोजनालाई उत्पादन अनुमति 

बागलुङ २७ साउन ।  लामो समयदेखि चर्चामा मात्रै रहेको उत्तरगङ्गा जलायशयुक्त जलविद्युत् आयोजना निर्माणका लागि थप प्रक्रिया अघि बढेको छ । विद्युत् विकास विभागले आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको छ । आयोजना उत्तरगङ्गा पावर कम्पनीले निर्माण गर्दैछ । विभागले यही साउन २० गते उत्पादन अनुमतिपत्र प्रदान गरेको हो । उक्त निर्णयसँगै २०६१ सालदेखि चर्चामा […]

बूढीगङ्गाको १५ शय्याको अस्पताल निर्माण अलपत्र

बाजुरा, २७ साउन । बाजुराको बूढीगङ्गा नगरपालिकामा निर्माणाधीन १५ शय्याको अस्पताल पाँच वर्षदेखि अलपत्र परेको छ । निर्माण सम्पन्न गर्ने म्याद सकिएको लामो समय बितिसक्दा पनि अस्पतालको भवन निर्माणले गति लिन सकेको छैन । नगरपालिकाले २०७८ कात्तिक २२ गते स्काई निशान अधिकारी जेभीसँग रु १८ करोड ८४ लाख ९४ हजार ८६० मा अस्पताल निर्माणको ठेक्का […]

ग्यास पर्याप्त, माग अस्वाभाविक

कैलाली, २७ साउन ।  सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै ग्यास बिक्री तथा आपूर्ति दुवै बढेको छ ।  धनगढीस्थित नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक कार्यालयले चालु आर्थिक वर्षको साउन २४ गतेसम्म मात्रै प्रदेशमा एक लाख १५ हजार ९९० सिलिण्डर ग्यास बिक्री भइसकेको जनाएको छ । कार्यालय प्रमुख मनोहर डिसीले विगत दुई वर्षको तथ्याङ्कमा […]

डिजिटल अर्थतन्त्रको दायरा फराकिलो बन्दै 

काठमाडौं ,२७ साउन ।  डिजिटल अर्थतन्त्रको दायरा फराकिलो बन्दै गएको छ ।  वित्तीय प्रविधि (फिनटेक) र डिजिटल भुक्तानीमा मात्र सीमित नरही कन्टेन्ट क्रिएसन, गिग इकोनोमी, एल्गोरिदमलगायत क्षेत्रमा विस्तारभइ फराकिलो हँुदै गएको विज्ञहरूले बताएका छन् । राष्ट्रिय सभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिद्वारा आयोजित ‘डिजिटल अर्थतन्त्र’ सम्बन्धी छलफलमा विज्ञ रमाकान्त पाण्डेले डिजिटल अर्थतन्त्रको प्रभाव नेपाली […]

मिल्यो एमाले–नेकपाबीच  प्रदेशमा सत्ताको भागवण्डा

ओम शाही सुर्खेत, २७ साउन ।  नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीच प्रदेश सरकार गठन तथा मन्त्रालय बाँडफाँडका विषयमा सहमति भएको छ । दुई दलबीच प्रदेश सरकारमा सहकार्य गर्ने सन्दर्भमा भएको तीन बुँदे सहमति कार्यान्वयनका लागि प्रदेश सरकार गठन र मन्त्रालय बाँडफाँडको आधारसमेत तय गरिएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट […]

सम्पादकीय :  साझा स्रोतमा एकलौटी अधिकार किन ?

सुर्खेतका झुप्रा र गिरीघाट खोलाले पालिकाको भौगोलिक सीमा छुट्याउँछन्, तर प्राकृतिक स्रोतको उपयोग र त्यसबाट प्राप्त हुने राजस्वले भने स्थानीय तहबीचको सम्बन्धमा सीमा कोरिदिएको छ । साझा खोलाबाट एउटै पालिकाले वर्षौंदेखि राजस्व उठाउने र अर्को पालिका आफ्नो हिस्सा माग्दै पत्राचारमै सीमित हुने अवस्था संघीय शासन व्यवस्थाकै कमजोरीको उदाहरण हो । प्राकृतिक स्रोत साझा छ भने […]