सम्पादकीय : कहिले हुन्छ मन्त्रीपरिषद् विस्तार ?

कर्णाली प्रदेश सरकार गठन भएको १२ दिन बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । १२ साउनमा मुख्यमन्त्री नियुक्त भएका नेपाली कम्यूनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाहीले भोलीपल्ट पद तथा गोपनीयताको शपथ लिए । तर, मुख्यमन्त्रीसहित सात सदस्यीय मन्त्रिपरिषद् हुनुपर्ने कर्णाली सरकार अहिले एक्ला मुख्यमन्त्रीको भरमा सञ्चालन भइरहेको छ । सत्ता साझेदार नेकपा […]

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रणको काम रोकिँदैन : मुख्यमन्त्री आचार्य

सुस्ता ,२४ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा बढिरहेको नदी कटान र त्यसबाट उत्पन्न हुनसक्ने जोखिमको स्थलगत अनुगमन गर्नुभएको छ । सुरक्षा निकाय तथा स्थानीय बासिन्दाको उपस्थितिमा आइतबार मुख्यमन्त्री आचार्यले सुस्ता क्षेत्रको नदी कटान प्रभावित क्षेत्रको अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा मुख्यमन्त्री आचार्यले नदी कटान नियन्त्रणलाई प्रदेश सरकारले प्राथमिकतामा […]

डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम

बाँके ,२४ साउन । डुडुवा गाउँपालिकाका स्वास्थ्यकर्मीहरूको कुपोषण पहिचान, उपचार तथा व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको तीनदिने कुपोषणको एकीकृत व्यवस्थापन (Integrated Management of Acute Malnutrition–IMAM) तालिम सम्पन्न भएको छ। Nutrition for Life (N4L) Project अन्तर्गत बाँके युनेस्को क्लब (BUC) को प्राविधिक सहयोग, Helen Keller International (HKI) Nepal को आर्थिक सहयोग तथा स्वास्थ्य कार्यालय, […]

तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै

कर्णाली ,२४ साउन । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले चाँडै मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच भएको  तीनबुँदे सहमतिअनुसार  मन्त्रिपरिषद् गठन हुने बताउनुभयो । मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् विस्तारबारे प्रदेशमा छलफल  जारी रहेको र सहमतिको चरणमा आफूहरू पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “केही दिनमा मन्त्रिपरिषद्ले पूर्णता पाउँछ […]

बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण 

बर्दिया,२४ साउन ।  बर्दियाको बारबर्दिया नगरपालिकाका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूकालागि प्रारम्भिक पहिचान तथा विविध शैक्षिक आवश्यकतासम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । बालबालिका, किशोरकिशोरी तथा युवाका लागि प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र राधाकृष्ण थारु जनसेवा केन्द्रको कन्सोर्टियममार्फत कार्यान्वयन भइरहेको सेफ फ्युचर परियोजना अन्तर्गत सो अभिमुखिकरण सम्पन्न भएको हो । बारबर्दिया नगरपालिकाका सबै सामुदायिक विद्यालयलाई समेट्दै […]

गोरुसिङ्गे जंगलमा मृत भेटिए कांग्रेस नेता एवं पुर्व मेयर किरण सिंह 

कपिलवस्तु ,२४ साउन  । नेपाली कांग्रेसका नेता एवं कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंह मृत भेटिएका छन् । शुक्रबार दिउँसोदेखि सम्पर्कविहीन सिंह गोरुसिङ्गेको जंगलमा मृत अवस्थामा फेला परेको प्रहरी निरीक्षक दीपक कुँवरले जानकारी दिए । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ। शुक्रबार दिउँसोबाट उनी सम्पर्कविहीन भएका थिए । तौलिहवा गोरुसिङ्गे सडक अन्तर्गत ढेकारी नजिकैबाट […]

आदिवासी जनजातिको पहिचान र अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध: मुख्यमन्त्री आचार्य

दाङ ,२४ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आदिवासी जनजाति समुदायको मौलिक पहिचान, भाषा, संस्कृति, परम्परा, ज्ञान र सीपको संरक्षणसँगै आर्थिक तथा सामाजिक सशक्तीकरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । विश्व आदिवासी दिवसका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विविधताले सम्पन्न लुम्बिनी प्रदेशको समृद्धिमा आदिवासी […]

एमाले–नेकपाबीच भागवण्डा नमिल्दा कर्णालीको क्याविनेटमा एक्लै छन् मंगलबहादुर

ओम शाही  सुर्खेत, २४ साउन कर्णाली प्रदेश सरकार गठन भएको १२ दिन बित्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । १२ साउनमा मुख्यमन्त्री भई त्यसको भोलिपल्ट पद तथा गोपनियताको सपथ ग्रहण गरेका नेपाली कम्यूनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाहीले एकल सरकार सञ्चालन गरिरहेका छन् ।  नेकपा एमालेसँग मन्त्रालय भागवण्डामा कुरा नमिलेपछि मुख्यमन्त्री नियूक्त भएको […]

आइपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

काठमाडौँ, २४ साउन ।  विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आइपीपी)बीच भएको सहमति कार्यान्वयन गर्दा नेपाल विद्युत् प्राधिकरणलाई रु एक अर्बभन्दा बढी आर्थिक दायित्व सिर्जना हुने जोखिम देखिएको छ । प्रसारण लाइन तथा सम्बन्धित सबस्टेसन पूर्णरूपमा निर्माण सम्पन्न नभइसकेको अवस्थामा विद्युत् व्यापार विभागले आइपीपीसँगको पूर्वसहमति तथा प्रतिबद्धताअनुसार प्रसारण संरचना निर्माण सम्पन्न भएको मान्दै वैकल्पिक […]

कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण 

सुर्खेत, २४ साउन ।  कर्णाली प्रदेशसभा सदस्यले मनसुनजन्य विपद्को प्रतिकार्यदेखि लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको २६औँ बैठकको शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य बेदराज सिंहले वर्षाको समयमा आउने बाढी पहिरो जस्तो विपद्का कारण कर्णाली प्रदेशका दशवटै जिल्ला पुग्ने बाटो बन्द हुँदै गएको उल्लेख गरे ।  […]

रुग्ण राष्ट्रिय उद्योगमा सुधारका आशालाग्दा परिणाम

काठमाडौँ, २४ साउन ।  रुग्ण राष्ट्रिय उद्योग तथा संस्थानलाई इमान्दार प्रयास, कानुनको कार्यान्वयन र निरन्तरको सामूहिक प्रयासबाट पुनः सञ्चालन गरी तिनलाई प्रतिस्पर्धी बनाउन सकिने आशालाग्दा परिणाम देखिएका छन् । नेपाल औषधी लिमिटेड, हेटौँडा कपडा उद्योग, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान र सिंहदरबार वैद्यखानामा प्रारम्भ भएका सुधारले रुग्ण राष्ट्रिय उद्योग तथा संस्थानको पुनःरुत्थान सम्भव रहेको […]

सिकाइ चौतारी : शिक्षामा गुणस्तर र पहुँच विस्तारको डिजिटल यात्रा

काठमाडौँ, २४ साउन । गुणस्तरीय शैक्षिक सामग्रीमा सहज पहुँच विस्तारका लागि नेपाल सरकारले ‘सिकाइ चौतारी’ नामक आधिकारिक डिजिटल सिकाइ प्लेटफर्मलाई सक्रिय बनाएको छ ।  विद्यालय तह (कक्षा १ देखि १२) सम्मका विद्यार्थी, शिक्षक र शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकार भएका निकायलाई प्रविधिमैत्री सिकाइको अवसर उपलब्ध गराउन शिक्षा तथा खेलकुद मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास […]

बैतडीका १७८ जनाले घरमै पाए राहदानी

बैतडी, २४ साउन ।  सरकारले शासकीय सुधार कार्यक्रमअन्तर्गत सुरु गरेको हुलाकमार्फत घरमै राहदानी पुर्‍याउने सेवा प्रभावकारी बन्दै गएको छ । बितेका तीन महिनामा १७८ जनाले घरमै राहदानी प्राप्त गरेका छन् । जिल्ला हुलाक कार्यालयका प्रमुख प्रकाशसिंह कार्कीका अनुसार कार्यालयले २४८ राहदानी वितरणको लक्ष्य लिएकामा १७८ जनालाई उनीहरुका घरमै सेवा प्रदान गरिएको छ ।  उनले भने, […]