हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

काठमाडौँ, २१ साउन ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्‍नति गरी नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन प्रणालीका रूपमा विस्तार गर्ने तयारी गरेको छ ।  त्यसका लागि विस्तृत अवधारणापत्र र कार्ययोजनाको मस्यौदा तयार गरी छलफलका लागि पेस गरिएको हेलो सरकार शाखाका उपसचिव कृष्ण सापकोटाले […]

बीजक लिन–दिन आन्तरिक राजस्व विभागको आग्रह

काठमाडौँ, २१ साउन ।  आन्तरिक राजस्व विभागले वस्तु तथा सेवा खरिद–बिक्री गर्दा अनिवार्य रूपमा बीजक (बिल) लिन र दिन सबै उपभोक्ता तथा व्यवसायीलाई आग्रह गरेको छ । विभागले सार्वजनिक सूचना जारी गर्दै वस्तु तथा सेवा खरिद–बिक्रीमा बीजक लिने–दिने संस्कृतिको विकास गर्न अनुरोध गरेको हो ।  कर अनुपालन अभिवृद्धि तथा वास्तविक कारोबारको अभिलेखीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले […]

बाँकेका सिमावर्ती बस्ती डुबानको उच्च जोखिममा स्थायी समाधानका लागि कूटनीतिक पहलको माग

बाँके, २१ साउन । भारतले नेपाल–भारत सीमावर्ती क्षेत्रमा निर्माण गरेको तटबन्ध र अग्लो सडकका कारण बाँकेका दक्षिणवर्ती बस्तीहरू हरेक बर्ष बाढी र डुबानको जोखिममा पर्दै आएका छन् । स्थानीयवासीका अनुसार राप्ती नदीको प्राकृतिक बहाव अवरुद्ध हुँदा वर्षायाममा नेपाली भूभागमा पानी जम्ने, खेतीयोग्य जमिन डुब्ने र बस्ती जलमग्न हुने समस्या वर्षेनी दोहोरिने गरेको छ । प्रभावित […]

कर्णालीमा सडक मर्मतको तिथी बसालिँदै  बनाउने तर छाड्ने परिपाटीको अन्त्य  गर्न मर्मतसम्भार निर्देशिका लागू

सुशील खड्का सुर्खेत, २१ साउन ।  कर्णालीका उब्जाउ उपत्यकादेखि विकट हिमाली डाँडाकाँडासम्म पुग्ने कच्ची र पक्की सडकहरू विगतमा एकपटक ट्रयाक खोलेपछि वा कालोपत्रे गरेपछि अलपत्र पर्ने गर्थे । वर्षायाम सुरु हुनासाथ भेल–पहिरोले सडक कटान गर्ने, नाली थुनिने, ठूला–ठूला खाल्डाखुल्डी पर्ने र अन्ततः करोडौँको लगानीमा बनेका सडकहरू केही महिनामै काम नलाग्ने स्थितिमा पुग्नु कर्णालीको नियति नै […]

सम्पादकीय : जगदुल्लाले जगाएको आशा

कर्णालीको जलस्रोतलाई समृद्धिको आधार बनाउने चर्चा दशकौँदेखि हुँदै आएको छ । तर, सम्भावनाको चर्चा धेरै भए पनि त्यसलाई व्यवहारमा रूपान्तरण गर्ने आयोजनाहरू भने औँलामा गन्न सकिने मात्र छन् । यस्ता परियोजनामध्ये १२४.३५ मेगावाट क्षमताको जगदुल्ला–‘ए’ जलविद्युत आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग गरेको ग्रिड जडान सम्झौता कर्णालीको ऊर्जा विकास यात्रामा एउटा महत्त्वपूर्ण उपलब्धि हो । यसले आयोजना […]

राजापुर नगरपालिकामा मानव बेचबिखन नियन्त्रण स्थानीय समितिको बैठक सम्पन्न

बर्दिया, २० साउन । बाँके युनेस्को क्लबले बर्दियाको राजापुर नगरपालिकामा मानव बेचबिखन नियन्त्रण स्थानीय समितिको बैठकको समन्वय तथा सहजीकरणमा सहयोग गरेको छ । क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत सो बैठकमा सहयोग गरेको हो । राजापुर नगरपालिकाकी उपप्रमुख तथा स्थानीय मानव बेचबिखन नियन्त्रण समितिकी संयोजक मनकला कुमारी चौधरीको अध्यक्षतामा सम्पन्न बैठकमा […]

नेपालगञ्जको इट्टा भट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

बाँके ,२० साउन ।  बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इट्टा भट्टामा पर्खाल भत्किँदा दुई जना मजदुरको मृत्यु भएको छ। घटनापछि स्थानीय क्षेत्रमा शोक छाएको छ भने प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ। सोमबार  इट्टा भट्टाको पर्खाल एक्कासि भत्किँदा ५२ वर्षीय वर्षादी लोधको घटनास्थलमै मृत्यु भएको थियो। सोही घटनामा ४५ वर्षीय राम फेरन कोरी गम्भीर […]

घुयँत्राे:”कमरेडको सपना : एकीकरणको लड्डु, हातमा फेरि फुस्रो डल्लो !”

हेलाे कमरेड प्रचण्ड जी ! वलिजीसित मिलेर प्रदेश सरकारलाई गर्ल्यामगुर्लुम ढालेर नयाँ सरकार त बनाउनु भाे तर कर्नालियाँ र पूर्वान्चलाँ त सरकार तुर्लुङ झुन्ड्या झुन्ड्यै भाेनि ! त्यसाे त सुदुरपश्चिमकाे सरकारकाे हालत नि त्यै हाे । बिचरा मुख्यमन्त्रीहरु मन्त्रीमण्डल बनाउन नसकेरै रुवाबासी गर्यायाछ । ढाल्ने बेलाँ बाले आफ्नो अधिनायक वाद देखाएर ढाल्दे । सरकार बिस्तार […]

कर्णालीको ऊर्जामा लगानी: जगदुल्लाबाट उत्पादित विजुली  राष्ट्रिय ग्रीडमा जोड्न बाटो खुल्यो

ओम शाही सुर्खेत, २० साउन ।  कर्णालीको ऊर्जा विकासमा महत्वपूर्ण मानिएको १२४.३५ मेगावाट क्षमताको जगदुल्ला–‘ए’ जलविद्युत आयोजनाले नेपाल विद्युत प्राधिकरणसँग ग्रिड जडान सम्झौता (ग्रीड कनेक्सन एग्रिमेन्ट–जीसीए) गरेको छ । योसँगै लामो समयदेखि कार्यान्वयनमा जान नसकेको डोल्पा जिल्लामा कार्यान्वयन भइरहेको जगदुल्लाको निर्माण प्रक्रियामा अर्को महत्वपूर्ण उपलब्धि हाँसिल भएको छ । १८ साउन (सोमबार) जगदुल्ला हाइड्रो पावर […]

निर्माण व्यवसायी महासंघ कर्णालीको अध्यक्षमा बम 

सुर्खेत, २० साउन । कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघ कर्णाली प्रदेशको अध्यक्षमा मानव बम निर्विरोध निर्वाचित भएका छन् । मंगलबार सम्पन्न महासंघको ७ औँ साधारणसभा तथा तेस्रो अधिवेशनबाट बमको नेतृत्वमा नयाँ कार्यसमितिका चयन भएको हो । बम कर्णालीमा इमानदार र अनुभवी निर्माण व्यवसायीको रुपमा परिचित छन् । अन्तिम मतपरिणाम अनुसार संघको उपाध्यक्षमा तुलाराज शाही (राज), […]

पाँच लाख नगदसहित लागुऔषध कारोबारी पक्राउ

नेपालगन्ज, २० साउन । प्रहरीले बाँकेमा नगद रु पाँच लाखसहित अवैध लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा सोमबार दुई जनालाई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–४ स्थित न्युरोडमा लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा र वडा प्रहरी कार्यालय नेपालगन्जको संयुक्त टोलीले ५२६ दशमलव २९० ग्राम लागुऔषधसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको […]

राप्ती स्वास्थ्य प्रतिष्ठानमा सेवाग्राही बढ्दै

दाङ, २० साउन ।  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा सोमबार एक हजारभन्दा बढी सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन् । प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईका अनुसार एकैदिन एक हजार २८५ जनाले स्वास्थ्य सेवा लिएका हुन् । यो सङ्ख्या प्रतिष्ठान स्थापनायता एकैदिन सेवा लिने बिरामीमध्ये सबैभन्दा धेरै भएको जनाइएको छ । प्रतिष्ठानका अनुसार एक हजार १८० जनाले […]

देवदारको रुख ढलेपछि …

जुम्ला, २० साउन ।  जुम्लाको तिला गाउँपालिका–३ लुम्सेरा गाउँमा रहेको विशाल देवदारको रूख ढलेपछि स्थानीयवासी चिन्तित भएका छन् । पुस्तौँदेखि आस्था, छायाँ र प्रकृतिको धरोहरका रूपमा चिनिएको रूख ढलेसँगै स्थानीयले एउटा इतिहास नै समाप्त भएको अनुभूति गरेका छन् । स्थानीयवासीले उक्त रुख चारसय वर्ष पुरानो भएको अनुमान गरेका छन् । यसको वैज्ञानिक पुष्टि भने हालसम्म […]