घुयँत्राे:”कमरेडको सपना : एकीकरणको लड्डु, हातमा फेरि फुस्रो डल्लो !”

हेलाे कमरेड प्रचण्ड जी ! वलिजीसित मिलेर प्रदेश सरकारलाई गर्ल्यामगुर्लुम ढालेर नयाँ सरकार त बनाउनु भाे तर कर्नालियाँ र पूर्वान्चलाँ त सरकार तुर्लुङ झुन्ड्या झुन्ड्यै भाेनि ! त्यसाे त सुदुरपश्चिमकाे सरकारकाे हालत नि त्यै हाे । बिचरा मुख्यमन्त्रीहरु मन्त्रीमण्डल बनाउन नसकेरै रुवाबासी गर्यायाछ । ढाल्ने बेलाँ बाले आफ्नो अधिनायक वाद देखाएर ढाल्दे । सरकार बिस्तार गर्ने बेलाँ कतै एमालेले टेर पुच्छर लाउन्नन् अनि कतै माओवादिले टेरपुच्छर लाउन्नन । बिचरा कतिले मन्त्री बनम्ला भनेर हत्त न पत्त सिलाका महेलपाेस सुरवालनि राख्दाराख्दै ढुँसी लाएर गन्हाउन पाे थाली सके । के गर्ने बिना महेलपाेस मन्त्री नै बन्न नसकिने अनि न सिलाउँ भनेनि भएन । अब सबै कमिनिष्ट एक हुने हाे । एमालेसित मिलेर सरकार बनाईयाे अब पाटि एकीकरण गरेर नि नेपालका सारा बाम एक ठाम भईन्छ र त्यसपछि आउने चुनाबाँ बाम बाहेक कसैले चुनाब जित्दैनन भनेर मख्ख पर्या प्रचण्ड कमरेड ! एमाले महासचिव शंकर पाेखरेलका टेढा बाङ्गा कुरा र एकिकरणमा धाेका देलान जस्ताे गरेछि प्रचण्ड कमरेड फेरिपनि घरकाे न घाटकाे हाेईन्छ कि भनेर पाे निसास्सिन थाल्या छन त ! पाटि एकीकरण गर्ने, गर्ने ,बेलाँ शंकर पाेखरेलले पाटि एकिकरणै गर्ने हाे भने नेकपा भन्ने पाटिलाई डिजल्भ गरेर आउनु पर्छ त्यसपछि बल्ल एकीकरण गर्ने नगर्ने भनेर साेचिन्छ हैनभने एकीकरण हुन्न भनेजस्ता कुरा महासचिवलशंकर पाेखरेलले सामाजिक सन्जालाँ गरेर छरपस्ट पार्देछि बिचरा प्रचण्डकाे पाटिएकिकरण गर्ने बने बनाकाे खेल बिग्रन्छ कि भने जस्ताे पाे देख्खियाछ त ! यता कमिनिष्टहरु एक हुन लाकाे देखेछि उता तराइका सम्पूर्ण दलका नेताहरुनि एकीकरण भएर राजनितीक चुनाैति दिनेभनेर मिटिङका मिटिङ गरेछि त्यसैपनि छटपटाका प्रचण्ड झन प्रभु शाह र उपेन्द्र यादब जस्ता सबैभन्दा ठूला शत्रुहरु एक ठाँ भएर जनार्दन शर्मा र सिके राउतलाई समेत मिसाएर फेरि एक ठाँ हुने जमर्काे गरेछि प्रचण्डलाई त त्यसै छट्पटी छुट्याछ अनि यै बेलाँ एमाल्या महासचिवले पाटि डिजल्भ गरेर एकीकृत हुन आउ भन्देछि एमाल्याँ जाम्ला र ठूलै भाग खाम्ला भनेर बस्या मान्छेलाई चिन्ता त त्यशै हुने भाे नि हैन र ? त्यसै त रास्वपाले बुढा नेता र पुराना पाटिलाई लखेटालखेट पार्याछ अँझ भएन भनेर वलिले आफू नदेख्खिएर शंकर पाेखरेललाई लगाएर प्रचण्डकाे पाटि एकीकरण र आउने चुनाँबाँ बहुमत ल्याएर सरकार बनाएर फेरि राष्ट्रिय ढुकुटीयाँ दाइ हालम्ला भन्ने सपना त त्यसै तुहिने भाे नि हैन र ?! प्रचण्ड कमरेड म त भन्छु वलिसित पाटि एक बनाएर सरकार बनाम्ला र दशबिस बर्ष मस्ति गरम्ला भन्नू भन्दा बरु तिनै तराईका धेरै सिटभाका र धेरै जनसंख्या भाका ठाउँका नेतासित भाका मिलाउनुस र पाटिकाे याैटा राम्रो नाम जुराएर अर्को दल बनाउनुस अनि सबै मधेसी नेतालाई एकीकरण गरेर जानाेस । त्यसले तपाईंको सपना पूरा हुन सक्छ । तर ,त्याे एमालेकाे पछि लाएर हिँडनु भाे भने तपाईँलाई पटकै पिच्छे फरक फरक नेताले भाँजाे हालेर तपाईंलाई एकीकरण हुन दिने वालै छैनन । त्यसैले सबै कमिनिष्ट एक हैनकि चुनाब जित्न सक्ने सबै एक हुनाेस र रास्वपालाई टक्कर दिनाेस । हैन भने रास्वपाकाे २० बर्षे अबछिन्न सत्ता स्विकार्नाेस, त्यसपछि तपाईंहरका दिन जान्छन । याैटा बृध्दाश्रममा जानाेस काल पर्खिनाेस बस्नाेस । उता छेउछाउमा बसेर वलि बा तालिपिटदै बस्दै गर्छन अनि यता प्रचण्ड तालिपिटदै बस्दै गर्ने । के गर्ने त बेलाँ मिलेर जानुकाे सट्टा एक अर्काकाे रिस गर्दै बस्दै गरेछि हुने यै त हाे । कि कसाे नेताजीहरु मैले ठिक भनेँ नि ।

घुयँत्राे:”कमरेडको सपना : एकीकरणको लड्डु, हातमा फेरि फुस्रो डल्लो !”

मनसुनजन्य विपद् न्यूनीकरणमा सचेतना अभियान तीव्र बनाउन

Leave a comment

Your email address will not be published. Required fields are marked *