बैतडीका १७८ जनाले घरमै पाए राहदानी

बैतडी, २४ साउन । 

सरकारले शासकीय सुधार कार्यक्रमअन्तर्गत सुरु गरेको हुलाकमार्फत घरमै राहदानी पुर्‍याउने सेवा प्रभावकारी बन्दै गएको छ । बितेका तीन महिनामा १७८ जनाले घरमै राहदानी प्राप्त गरेका छन् । जिल्ला हुलाक कार्यालयका प्रमुख प्रकाशसिंह कार्कीका अनुसार कार्यालयले २४८ राहदानी वितरणको लक्ष्य लिएकामा १७८ जनालाई उनीहरुका घरमै सेवा प्रदान गरिएको छ । 

उनले भने, “बाँकी राहदानी पनि सम्बन्धित पालिकामार्फत सेवाग्राहीका घरमा पठाइसकेका छाँै ।” जिल्लाका सबै स्थानीय तहमा सेवा पुगेको छ । नौ वटा पालिकामा हुलाक कार्यालय स्थापना गरि सेवा प्रवाह गरिएको उनले बताए । दशरथचन्द नगरपालिकामा जिल्ला हुलाक कार्यालयले नै सेवाप्रवाह गरिरहेको छ ।

बैतडीका १७८ जनाले घरमै पाए राहदानी

सम्पादकीय : ग्यास अभावमा सरकारको जवाफदेहिता खै

बैतडीका १७८ जनाले घरमै पाए राहदानी

सिकाइ चौतारी : शिक्षामा गुणस्तर र पहुँच

Leave a comment

Your email address will not be published. Required fields are marked *