घुँयत्राे:काँग्रेसको पुरानो ‘जनलहर’देखि रास्वपाको नयाँ ‘लकेट लहर’सम्म : कार्यकर्ता गन्दैगन्दै नेपालै नअटाउला !

देशाँ बहुदल आउने बित्तिकै जब गिरिजाप्रसाद काेेईराला देशाँ आकाेबहुदलकाे प्रचार गर्दै देश दाैडाहामा हिँडे । उनी जाँजाँ भाषण गर्न जान्थे त्याँत्याँ मान्छेकाे लत्काे लागेर मान्छे काँग्रेस पस्थे । गिरिजाकाे हातकाे अबिर दलिमाग्न मान्छे यसरी घाेप्टिन्थेकि टीका लाउँदा लाउँदा गिरिजाका हातै दुखेर कटकटि खान्थे । त्यतिमात्र हाे र काँग्रेस प्रवेश गर्नेकाे नामै पढदापढदा र प्रवेश गर्नेकाे संख्या लेख्दा लेख्दै रेडियाे नेपाल र गाेर्खापत्र अनि राससका हामी पत्रकार भै खाका मान्छेहरुनि थाक्थिम । ऐलेकाे जस्ताे सामाजिक सन्जालनि थिएन । मान्छेलाई अघिल्लाे दन रेडियोले नाम भनेकै हुनु पर्थ्याे । नाम नलेखेर संख्यामात्रै भन्दा चम्चाहरले नेताकाँ खबर पुर्याउँथे र भाेलिपल्ट फेरि नेताकाे आदेशाँ नालिबेलि लेखेर रेडियाेमा प्रशारण गर्नु पर्थ्याे । ऐलेकाे जस्ताे सामाजिक सन्जाल भैद्याभा फाेटाेखिचेर त्यै फाेटाे सामाजिक सन्जालाँ हाल्दा कमसेकम यति धेरै कागजका ढड्डा र लेखाईकाे बेथा त व्यहाेर्नु पर्थेन । नेताले जिल्ला दाैडाहा लगाए सँगै व्यहाेर्नु पर्ने दुख्ख ऐलेका पत्रकारलाई छैन । देशैभरि काँग्रेसमा कति जना छिरे भनेर लेख्दा लेख्दै बनेकाे चाङ देखेरै गनि नसक्नु भएर हरेक दिन प्रबेश गर्नेकाे संख्याकाे कुल जम्मा समेत नगरेर राख्न थालियाे । अन्तत नेताजीहरुकाे देश दाैडाहा सकियाे चुनाब आयाे । चुनाबमा हारजित भयाे । एक दिन ठट्टै ठट्मा साथिहरुले साँच्चै देशभर काँग्रेस पाटि भित्र कति जनाले प्रवेश गर्या रैछन त पाटि प्रवेश गर्नेकाे संख्यात अत्यन्त धेरै थियाे तर जम्मा १ सय १३ सिटमात्रै किन ल्यायो ? भन्ने कनैतुहलता जागेर काँग्रेस प्रवेश गर्नेकाे संख्या जाेडियाे । संख्या जाेडेर हेर्दा त नेपालकाे कुल जनसंख्या भन्दा धेरै पाे देखियाे । त्याे देखेर हामी तिरिमिरि झ्याईँ भईम । हाँस्दा हाँस्दै पेटका नसा चुटलान जस्ता भए । त्याे दिनबाट बुझियाे कि राजनीति भन्या झुठकाे खेलहाे । अनि जल्लाई जुनबेला जे भनेर मख्ख पार्नु पर्ने हुन्छ त्यै उसका लागि तयार गरिने जेल हाे । ऐले पनि याे देशाँ दलहरु ठ्याक्कै त्यै खेलाँ ब्यस्त छन । हिजाे ४७ काे निर्वाचनाँ जसरि राप्रपा भन्ने पाटि दुलाेबाट बाईर निस्कन सक्थेनन त्यस्तै हालत काँग्रेस कमिनिष्टकाे भा छ । भदौ २३/२४ पछि देखापरेकाे पाटि रास्वपा दैनिक मान्छे हरुलाई पाटिमा छिराउँदै, छातिमा लकेट टाँस्दिँदै घण्टी बजाउँदै पठाउन ब्यस्तछ । तर ती पुरानादल भनाउँदाहरु विचरा चल्ला काेरल्न बसेकाे पाेथिझैँ थुपुक्क कुनाँ बस्याछन । यिनरकाे पाटिमा मान्छे भित्रिने हैन कि बाहिर काे काे गए भनेर लेखेर बस्नु पर्ने स्थिति छ । ४७ मा बहुमत ल्याएर काँग्रेसले सरकार बनाएझैँ ऐले रास्वपालेनि झन दुई तिहाईकै सरकार बनाएकाेछ । बिपक्षिहरुकाे बाधाबिराेधबिना निर्धक्क सरकार चलाउन पाईएकाेछ । तर सरकार भने सरकारी स्तरबाट गरिने हरेक निर्णयबाट विवादित बनी रहेकाेछ । जसरि काँग्रेस पहलाे चुनाबपछि ओरालो झर्दै गयाे र उसलाई ओरालाे झर्न गाेडा बिसेक बर्ष लाग्याे तर याे जेनजी अर्थात रास्वपाकाे सरकारकाे गतिविधि हेर्दा त यसलाई पनि ओरालाे झर्न काँग्रेसलाई जति पनि लाग्ला जस्ताे देखिएन । प्रधानमन्त्री र पाटि अध्यक्ष हिँडने प्रस्ट दुईटा बाटोका कारण दुई तिहाईकाे सरकार निर्णयपिच्छे बिवादमा तानिएकाेछ । जबकि उनिहरुले लिएकाे उद्देश्य र लक्षलाई हेर्दा त सरकनरले जे निर्णय गर्छ त्यसकाे पक्षमन वनहवाहि हुनु परेने हाे तर त्यस्ताे भै रहेकाे छैन । त्यसकारण याे रास्वपानि नेपालकाे जनसंख्या भन्दा बढि पाटि कार्यकर्ता बनाउने खेलमा नलाग्दै राम्रो । चेतना भया ।

घुँयत्राे:काँग्रेसको पुरानो ‘जनलहर’देखि रास्वपाको नयाँ ‘लकेट लहर’सम्म : कार्यकर्ता गन्दैगन्दै नेपालै नअटाउला !

कर्णालीको स्वास्थ्य सेवा सुधारका लागि वार्षिक समीक्षा,

Leave a comment

Your email address will not be published. Required fields are marked *