मध्यपश्चिम विश्वविद्यालय गर्यो ५४ लाख बढी सहयोग

सुर्खेत, ९ असोज ।
रसुवाको भोटेकोशी तथा तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मध्यपश्चिम विश्वविद्यालयले बाढीपीडितका लागि ५४ लाख ४८ हजार २८९ रुपैयाँ सहयोग गरेको छ ।
विश्वविद्यालय परिवारले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । विश्वविद्यालयमा कार्यरत सम्पूर्ण पदाधिकारी, प्राध्यापक तथा कर्मचारीबाट एकमुष्ट संकलन गरिएको सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नेपाल बैंकमा रहेको खातामा विश्वविद्यालयका तर्फबाट जम्मा गरिएको विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयका उपकुलपति ई. डा. राजन सुवालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गर्दै सहयोग रकम कोषमा जम्मा गरिएको जानकारी दिए ।






