कर्णाली याक्सको हेडगेयर पार्टनरमा पल्मबर पाइप

सुर्खेत ,९ असोज ।

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले पल्मबर पाइपसँगको सहकार्यलाई निरन्तरता दिएको छ  । कर्णाली याक्स र जय बागेश्वरी रोटो माउल्डिङ इन्डस्ट्रिजबीच एनपिएलको तेस्रो संस्करणका लागि सम्झौता भएको हो ।

सम्झौता पत्रमा बिहीबार कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्ल र जय बागेश्वरी रोटो माउल्डिङ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक नितिन जलानले हस्ताक्षर गरे । सम्झौतासँगै जय बागेश्वरी रोटो माउल्डिङ इन्डस्ट्रिजको उत्पादन पल्मबर पाइप सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग सिजन–३ मा कर्णाली याक्सको ‘हेडगेयर पार्टनर’ रहनेछ । सम्झौता तीन वर्षको लागि भएको हो ।

पल्मबर गत सिजन कर्णाली याक्सको प्रमुख प्रायोजकका रूपमा जोडिएको थियो । यसपटक भने साझेदारीको स्वरूप परिवर्तन भए पनि पल्मबरले कर्णाली याक्ससँगको सहकार्यलाई निरन्तरता दिएको हो ।

कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्लले गत सिजनदेखि सुरु भएको पल्मबरसँगको सहकार्यलाई यसपटक पनि निरन्तरता दिन पाउँदा खुसी लागेको बताए । ‘यो केवल प्रायोजन वा व्यावसायिक साझेदारी मात्र होइन, कर्णाली याक्सप्रतिको विश्वास र हाम्रो यात्रामा साथ दिने प्रतिबद्धताको निरन्तरता पनि हो । एनपिएलको तेस्रो संस्करणमा पनि पल्मबरको साथले हाम्रो टोलीलाई थप ऊर्जा र उत्साह दिने विश्वास लिएका छौं,’ उनले भने ।

साथै मल्लले पल्मबरले क्रिकेट विकासको लागि गत सिजनदेखि नै आफै अग्रसर भएर कर्णाली याक्ससँग जोडिनु भएको र निरन्तर सहयोगका लागि धन्यवाद पनि दिए । जय बागेश्वरी रोटो माउल्डिङ इन्डस्ट्रिजका नितिन जलानले ‘गत सिजनदेखि कर्णाली याक्ससँग जोडिएर काम गर्ने अवसर पाएका र त्यो सहकार्यलाई यस पटक पनि निरन्तरता दिन पाउँदा हामी उत्साहित छौं । कर्णाली याक्ससँगको हाम्रो साझेदारी केवल ब्रान्ड प्रवद्र्धनमा सीमित नभई नेपाली क्रिकेट र एनपिएलको विकासमा योगदान गर्ने हाम्रो प्रतिबद्धता पनि हो । आगामी दिनमा पनि कर्णाली याक्ससँगको सहकार्यलाई थप बलियो बनाउँदै लैजाने विश्वास लिएका छौं,’ उनले बताए ।  अक्टोबर २६ देखि सुरू हुने एनपिएल–३ सुरू हुँदैछ । यसको लागि कर्णाली याक्सले दुई विदेशी खेलाडी मार्क वाट र अक्बर अलिलाई पनि आबद्ध गरिसकेको छ‌ ।

कर्णाली याक्सको हेडगेयर पार्टनरमा पल्मबर पाइप

नरैनापुरमै आन्तरिक राजस्व सेवा सुरु, नेपालगञ्ज धाउनुपर्ने

कर्णाली याक्सको हेडगेयर पार्टनरमा पल्मबर पाइप

कर्णालीको स्वास्थ्य सेवा सुधारका लागि वार्षिक समीक्षा,

Leave a comment

Your email address will not be published. Required fields are marked *