जाजरकोटमा बाढीले घर र पुल बगायो

काठमाडौँ, ३० साउन । 
अविरल वर्षाका कारण गएराति जाजरकोटको नलगाड नगरपालिका–१० मा तासुघाट आएको बाढीलेले एउटा खाजा पसलसहित चार वटा घर र झोलुङ्गे पुल बगाएको छ । बाढी पहिरोबाट भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको तथा घटनामा मानवीय क्षति नभएको सशस्त्र प्रहरी बलका नायब उपरीक्षक एवं सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
जाजरकोटको दल्लीस्थित सशस्त्र प्रहरीको अस्थायी मनसुन विपद् व्यवस्थापन बेस र स्थानीय प्रहरी चौकीबाट प्रहरी जनशक्ति प्रभावित क्षेत्रतर्फ खटाइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
जाजरकोटमा बाढीले घर र पुल बगायो

अटो चालकलाई सेफ्टी ज्याकेट

जाजरकोटमा बाढीले घर र पुल बगायो

आलेखः ‘प्याराग्लाइडिङ’ सुदूरपश्चिमको आकाशमा नयाँ अवसर

Leave a comment

Your email address will not be published. Required fields are marked *