घुयँत्राे:दशौँ राष्ट्रिय खेलकुद : पाँचौँ पटकको घोषणा, अब खेल हुन्छ कि फेरि ‘घोषणा’मै सकिन्छ?

हैन याे दशाैँ राष्ट्रिय खेलकुद भन्ने चिज नि कति चाम्राे रैछ के ? गाेडा चारेक संघिय सरकार र त्यत्तिनै प्रदेश सरकार मिलेर आलाेपालाे चबाँउँदानि निल्न नसकेछि अब फेरि पाँचौ पटक निल्ने जमर्काेमा जेनजी सरकार लाग्या सुनियाे हेरम के गर्छन । यश अघिका सरकार कुनै पनि हालताँ कर्नालियाँ राष्ट्रिय खेलकुद् हुन नदिने र घाेषणा गर्दै छाेडदै गरेछि कर्नालि बासिनि याे राष्ट्रिय खेलकुदकाे नामै सुनेर वाक्क दिक्क भै सक्याछन । ऐले आएर फेरि उई पुरानाे राेगबल्झाएर १० आैँ राष्ट्रिय खेलकुद मंशिरकाे १६ देखि २९ सम्म कर्नालियाँ हुने भनेर सरकारले घाेषणा त गर्याे तर यसभन्दा अघि चारपटकसम्म घाेषणाँ हुँदै रद्द हुँदै गर्या हुनाले याे खेल हाेईजाला भन्नेमा नत सुर्खेतबासी नत खेलाडि काेहि विश्वस्त छैनन । खेलकुद खेलाउन हतार भाे भनेर बिचरा त्याे ठेकेदारलाई खेलकुद मैदान र स्टेडियम अर्थात खेलकुदका संरचना बनाउन कर्नालिकाे एमाले सरकार र त्यसका आसेपासे झाेले झ्याम्टेले खुब थर्काए । बिचराे ठेकदार पाउनु पर्ने पैसाे सरकारले नदिएनि रात दिन खटेर काम सम्पन्न गरे । सरकारले भनेकै बेलाँ काम सक्दानि न त खेलकुद भयाे न ठेक्दारले भन्या बेलाँ पैसा पाए । प्रदेशकाे याैटा जाबाे खेलकुद सदस्य सचिव बनाउन नसक्ने हलमुडाे सरकारले खेलकुद आयाेजना गर्न सक्ला? जनताले विश्वास त गर्याथेनन तैपनि गरि हाल्छकि भन्ने आशथियाे तर, भएन ।माथि वलि तल वलिका दाशहरुले सरकार चलाबेलाँ काँट सचिब नियुक्ति हाेस अनि काँट खेलकुद हाेस ! खेलकुद हाेला र खेलकुदका नामाँ राष्ट्रिय ढुकुटिकाे सत्यानास गरम्ला भनेर अनेकन तानाबाना बुनेर देउति बज्यै भक्कलेर बसेका एमालेका भुसतिघ्रेहरुका सपना पनि एमालेकाे सरकारले खाईदियाे । अन्तत बिचराहरु गल्लिका न घाटका भएर बस्या छन । हुनत याे पटकनि कर्नालि सरकारकाे डाडु पन्याे कमिनिष्टहरकै हाताँछ । कतै खेलकुद भै नै हाल्याे भने डाडु माओवादिले र पन्याै एमालेले समाउने हाेला । अनि कल्ले कति झिक्न सक्दा रैछन ,हामी हेरम्ला र था पाम्लानि ऐले त मंशिर आउननि धेरैछ । के कसाे ! फेरि पनि सरकारकाे केई ठेगान छैन । त्यसैले याे पाचौं पटककाे खेलकुदनि घाेषणा मात्रै भएर कर्नालिकाे स्टेडियम संग्रहालयमा परिणत हुननि सक्छ । किनभने जेनजीवालाहरले फेरि भदौ २३/२४ साँ जेनजी आन्दोलन हुन्छ र निर्णायक आन्दोलन हुन्छ भनेर घाेषणा गरिसके । साँच्चिकै अघिल्लाे जेनजी आन्दोलन जस्ताे पछिल्लाे आन्दोलन नि भाे भनेत ऐलेकै सत्तासिनहरु पछिनि काँ सत्ताँ रहलान त ? अनि यी संरचनाहरुनि सिंहदरबारकै हालताँ नपुग्लान भन्ने ग्यारेन्टी काँछ तनि ! आखिराँ देखासिकि त उहीँ पुरानै त हुने हाेला । त्यसैले सरकारले खेलकुद हुने मिति त घाेषणा गर्याे तर,मलाई त खेलकुद हाेला जस्ताे ला छैन है ! हेराैँ ,आगे जेनजीहरकै मर्जी ।



