घुयँत्राे:देउबाको अबिरयात्रा : फर्किए उपचारबाट, भेटिए आफ्नै पार्टीमा ‘उपचार’ खोज्दै!

हिजाे देउबाकाे अबिरयात्रा भाे । आैषधि उपचार गर्न गा का देउबा ५ मैनापछि फर्केर घर आए । जेनजी आन्दोलनाँ जेनजीहरले बेसरी थतमर्याएछि आैषधि उपचारका लागि सिंगापुर पुग्या देउबा बिचरालाई बिदेश गएछि आउनै नदेर हैरान गराका जेनजीले धन्न नेपाल आएछि पक्रेर भित्र हुलेनन । हुन पनि ३५ बर्ष शासन चलाउँदानि सामान्य नागरिकका लागि नभएनि भिआईपिहरुकाे उपचार गर्ना लागिनि अस्पताल नबनाएर त हाेला उपचार गर्न विदेश गा । हिजाेसम्म अस्पताल कनाउने साेच नआएनि आज भाषणभिषण गर्दा काँग्रेसका नेताहरु अब आफ्नै देशाँ अस्पताल बनाउने कुरा गर्छन कि उई विशेष अधिबेशन महाधिवेशन र गुठ उपगुठ भित्रकाे रमाईलाे मात्रै देउबाका अगाडि भनेर देउबाका साख्खै बन्लान त्याे त भाेलिमात्रै था हाेला । पैला त यतिका दिनदेखिकाे बह नेताहरका अगाडि कसरी पाेख्ने हुन था छैन । तर गुठभित्र बाँडिएका नेतामा मारकाट भनाभन्, चर्काचर्कि ,तेराे मेरा,काँग्रेस गैर काँग्रेस , रुख बुट्यान जस्ता अनेकन कुराकाे हिलाे छ्यापाछ्यापकाे कथा अबस्यै भन्ने हाेलान । ऐले देशाँ ग्याँस नभएर जनताकाे घराँ चुल्हाे जल्नै छाेडेकाे र सामान्य नागरिकले नत दाउरा जलाउने विकल्प भेटाका न विजुलिमानै खाना पकाउने अबसर जुटाउने काम सरकारले गरेकाे भन्ने बिषयाँ त सायद कुरा हुन्न हाेला । किनभने जनताकाे सराेकार राख्ने विषयाँ कुरा हुनेभए याे ३५ बर्षसम्म गरेकाे यिनरकाे कामकाे विरुद्ध जनताहरु किन सडकाँ जानू पर्थ्याे र नेताहरकाे भागाभाग र लखेटालखेट किन हुन्थ्यो । बरु यिनरका बीचाँ हुने कुरा भन्या ” गगनले हाम्लाई नेतै मानेन, पाटिअफिसमै छिर्न नदेछि हामी याे घराँ भाडाँ बसेर पाटि अफिस चलाई रा छम् ।” भनेर भाँति बिन्ति चढाउने त हाेलान । तर के गर्नु जति कुरा गरेनि गगनका कार्यकर्ता ले उनरलाई पर्न दिने छैनन् । अनि कार्यकर्ता कुरा सुनेर केई गर्ने सक्नेवाला छैनन । आँफै त आैषधि उपचाराँ घरबार बेचेर नाङ्गै भएर देश फर्क्या देउबाले अब त कार्यकर्ता र पाटिलाई केही दिन पनि सक्ने छैनन । बिचरा बुढा निलकण्ठाँ भाकाे सबैजग्गा बेचेर आैषधि मुलाे गरेभन्छन । अब जग्गाजमिन पनि नहुने सत्ता पनि नहुने अनि पाटिकाे कमाण्डिङनि अर्कैकाे हाताँ गैसकेछि अब देउबा पछिनि काे लाग्लान र ? हिजाेसम्म पाे हिङ नभएनि हिङ बान्या टालाे भन्याजस्ताे जग्गाजमिन,बैंक ब्यालेन्स उद्योग धन्दा व्यापार ब्यबसाय अनि रावनितिमानि पहँच थियाे अब त बिचरा देउबानि हामीजस्तै भिखमङ्गा भएछि उनकाे हैसियत नि हाम्राे जस्ताे त भाे अनि कल्ले टेर्छ । त्यै भएर त हाेला गगनलेनि हेप्या ! त्यसैले काँग्रेस भित्र ऐले ईतर भनिने नेताजीहरु देउबासित भलाकुसारी गर्ने,दुखसुख बिसाउने , रिसाउने झगडने ,पाखुरा सिउरिने अर्थातजे जे गर्न सकिन्छ सबैचिजगर्ने माैकायै हाे । गगनले अन्तिम चेतावनि दिई सकेकि अबती कुनै पनि नेताहरलाई पाटियाँछिर्न दिईने छैन । हामी त अदालतबाटै एथेन्टिक भएर पाटि चलाउँदैछम् कार्यकर्ता र अदालत दुबैबाट खराे उत्रिएका हाम्ले चारतारे झण्डा र रुख छाेडनेवाला छैनम् । त्यतिमात्रै काँ हाे र अब म भन्दा बुढाकाे याे पाटियाँकाम छैन ।त्यसैले देउबादेखि शेखर,पूर्ण देखि निधि अनि प्रकाशदेखि गछ्छदार जस्ताकाे याे पाटियाँ काम छैन त्यसैले अब काँग्रेस पुराना नेताहरकाे जमातबाट हैन युवा जेनजीबाट चिनिनु पर्छ त्यसैले अरुकाे काम छैन भनेछि अब गगनले ऐले उनकाे खेमा बाईर भाका कसैलाई नि पाटिमा छिर्न दिनेवाला छैनन् त्यसैले नयाँ सदस्यतालेर काँग्रेस मै जाने भए गगनले स्वागत गर्लान अन्था उनले देउबा प्यानललाई बाईबाई गरि सके ।नेताजीहरु त्यसैले राजनीति नै गर्ने भए अर्काे उपाए खाेज्नाेस । हैन भने राजनिती लाईनै बाई गर्नाेस । तपाईंहरका लागि देउबा बिदेशाट फर्केनि हर्ष न बिस्माथ ।


