पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड होः सभामुख अर्याल

काठमाडौँ, ३१ साउन । 
सभामुख डोलप्रसाद (डिपी) अर्यालले पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएको बताएका छन् । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को ५९ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले विदेशी मुद्रा आर्जन गर्ने यो क्षेत्रको विकासका निम्ति सम्बद्ध सबै पक्ष क्रियाशील हुनुपर्नेमा जोड दिए ।
सभामुखले पर्यटन क्षेत्रका नीतिगत र संरचनागत समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्ने बताउँदै नाट्टाजस्ता व्यावसायिक सङ्गठनले पर्यटन उद्योगको विकासमा सक्दो योगदान गर्नुपर्छ भने । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स र नेपाल पर्यटन बोर्ड देशको आर्थिक उन्नयनको मेरुदण्ड मानिएको पर्यटन क्षेत्रको विकासमा इमान्दारीपूर्वक लाग्नुपर्नेमा जोड दिए ।
पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरिने
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले मुलुकको पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
नेपाल एशोसिशयन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को आयोजित ५९ औँ वार्षिक साधारणसभामा उनले वर्तमान सरकार पर्यटन क्षेत्रको विकासका निम्ति लागिपरेको बताए । देशको पर्यटन क्षेत्रको विकासका खातिर  नीतिगत र संरचनागत समस्या समाधान गर्न आफू क्रियाशील रहेको बताउँदै मन्त्री पौडेलले निजी क्षेत्रसँगको साझेदारीमा राष्ट्रलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउनुपर्नेमा जोड दिए ।
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)ले स्नातक र स्नातकोत्तर तहमा आरोग्य पर्यटनसम्बन्धी अध्यापनको व्यवस्था गर्न लागेको मन्त्री पौडेलले जानकारी दिए । फरक प्रसङ्गमा पर्यटनमन्त्री पौडेलले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई सार्वजनिक निजी साझेदारीमा सञ्चालन गरिने बताए ।
पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड होः सभामुख अर्याल

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड होः सभामुख अर्याल

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५

Leave a comment

Your email address will not be published. Required fields are marked *