महिनावारी चक्रबारे अभिमुखिकरणका साथै ब्रासलेट बनाएर बितरण

बाँके ,१५ जेठ ।  १३ औं अन्तराष्ट्रिय महिनावारी दिवसको अवसरमा आज नेपालगञ्जमा महिला तथा किशोरीहरुलाई महिनावारी चक्रबारे अभिमुखिकरण दिनुका साथै ब्रासलैट बितरण गरिएको छ ।एफकेबी यूकेको सहयोग तथा बास नेपालको आयोजनामा सञ्चालीत नेपालमा बसोबास गर्ने महिला तथा किशोरीहरुलाई महिनावारी स्वच्छता तथा ब्यवस्थापन परियोजनाले उक्त दिवसमा एक कार्यक्रमको आयोजना गरि महिला तथा किशोरीहरुलाई महिनावारी चक्रबारे अभिमुखिकरण […]

गणतन्त्रको रक्षा र सुदृढीकरणमा एकताबद्ध हुन मुख्यमन्त्री आचार्यको आह्वान

दाङ ,१५ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले गणतन्त्रको रक्षा, सुदृढीकरण र संस्थागत विकासका लागि सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभएको छ । १९ औँ गणतन्त्र दिवसको अवसरमा शुक्रबार एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले गणतन्त्र नेपाली जनताको लामो संघर्ष, त्याग, बलिदान र जनआन्दोलनको उपलब्धि भएकाले यसको संरक्षण र प्रभावकारी कार्यान्वयन […]

कर्णाली प्रदेशस्तरिय प्रथम  मेयर कप फुटबल आजदेखि

सुर्खेत ,१४ जेठ। चार लाख राशिको कर्णाली प्रदेशस्तरिय प्रथम मेयर कप फुटबल प्रतियोगिता शुक्रबार (आज) देखि आयोजना  भएको छ । बिहिबार प्रतियोगिताको तयारी बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजक कर्णाली प्रदेश फुटबल संघले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोगमा २१ जेठसम्म सञ्चालन हुने प्रतियोगिता प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा […]

बालिका तथा समावेशी शिक्षा  सञ्जालको क्षमता बढाउन कार्यशाला

सुर्खेत ,१४ जेठ । कर्णालीमा बालिका तथा समावेशी शिक्षा सञ्जालको क्षमता विकासका लागि कार्यशाला सम्पन्न भएको छ । बिहिबार वीरेन्द्रनगरमा प्रदेश र स्थानीय तहमा रहेका बालिका तथा समावेशी शिक्षा सञ्जाललाई सदृढ र कार्यान्वयमुखी बनाउन क्षमता विकास कार्यशाला सम्पन्न गरिएको हो । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वयमा भएको कार्यशाला एक्सेस परियोजनाको अगुवाईमा सम्पन्न भएको हो […]

जेसीजले सुर्खेतले सप्ताहव्यापी कार्यक्रम गर्दै

सुर्खेत ,१४ जेठ । युवाहरूको नेतृत्व तथा व्यक्तित्व विकासमा सक्रिय संस्था सुर्खेत महिला जेसीजले सप्ताहव्यापी जेसीज सप्ताह–२०२६ वीरेन्द्रनगर सुर्खेतमा आयोजना गर्ने भएको छ । संस्थाले विभिन्न सामाजिक, शैक्षिक तथा नेतृत्व विकास सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै सप्ताहव्यापी कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्ने तयारी गरेको जनाएको छ । सुर्खेत महिला जेसीजको अध्यक्ष मनु सुनारका अनुसार कार्यक्रम अन्तर्गत […]

काङ्ग्रेसबाट निर्वाचित अध्यक्ष बुढा रास्वपामा प्रवेश, पद फाल्न सभापति गगनथापालाई कडा चुनौती

गाेल्डेन बुढा जुम्ला ,१४ जेठ। नेपाली काङ्ग्रेसबाट निर्वाचित जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। बिहीबार गाउँपालिकामा आयोजित भेलामार्फत उनले आफू रास्वपामा प्रवेश गरेको सार्वजनिक घोषणा गरेका हुन्।रास्वपा प्रवेशसँगै अध्यक्ष बुढाले नेपाली काङ्ग्रेस नेतृत्वलाई खुला चुनौती दिएका छन्। आफू संविधानअनुसार सार्वभौम जनताबाट निर्वाचित भएको उल्लेख गर्दै उनले पार्टीले […]

घुयँत्राे:नेपालमा आयोग जन्मिन्छ, न्याय मर्छ !

नेपालाँ छिसिक्क केही भयाे कि आयाेग बन्ने चलन नयाँ हैन । हवाई जहाज ,बस दुर्घटना ,आन्दोलन देखि कसैकाे मृत्यु र बिहेबारीसम्ममै आयाेगहरु बनेकाछन । तर बनेका ती आयाेगले दिएका रिपाेटहरु कैल्यै कार्यार्न्वयन भएकाे भने छैन । आयाेग बन्न थाल्या चाईँ ४६ सालदेखि हाेला । अरु त अरु देशमा रहेकाे सिंगाे राजतन्त्र र त्यसकाे समुल राजपरिवारकाे […]

महिलाको आर्थिक सशक्तीकरणका लागि संवादमुखी परियोजना शुभारम्भ

सुर्खेत ,१४ जेठ । वीरेन्द्रनगर नगरपालिकामा संवादमार्फत महिलालाई आर्थिक पहुँच प्रदान गर्ने उद्देश्यले संवादमार्फत महिलाको आर्थिक उन्नती नामक परियोजना शुभारम्भ भएको छ । प्रो पब्लिक जनहित संरक्षण मञ्चको समन्वयमा उक्त परियोजना शुभारम्भ भएको हो । बिहिबार वीरेन्द्रनगर नगरपालिकाको सभाहलमा परियोजना शुभारम्भ कार्यक्रममा बोल्दै प्रो पब्लिक नेपालका कार्यक्रम संयोजक कमला रानाले महिलाको सशक्तिकरणका क्षेत्रमा परियोजनाले काम […]

गणतन्त्र दिवसकाे पूर्वसन्ध्यामामा लुम्बिनी प्रदेशमा दिप प्रज्वलन

दाङ ,१४ जेठ । लुम्बिनी प्रदेश सरकारले १९ औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइरहेको छ । दिवसको पूर्वसन्ध्यामा बिहिवार बेलुका राप्ती उपत्यका (देउखुरी) स्थित प्रदेश राजधानी परिसरमा दीप प्रज्वलन गरिएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले दीप प्रज्वलन गर्दै गणतन्त्र ठूलो त्याग, संघर्ष र बलिदानीबाट प्राप्त ऐतिहासिक उपलब्धि भएकाले यसको रक्षा […]

नेपालगञ्जमा धार्मिक सद्भावसहित मनाइयो बकर इद, सबै समुदायबीच भाइचाराको सन्देश

बाँके ,१४ जेठ । मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) बाँकेसहित देशभर हर्षोल्लास, धार्मिक श्रद्धा र आपसी सद्भावका साथ मनाइएको छ । नेपालगञ्जमा भने यो पर्व मुस्लिम समुदायमा मात्रै सीमित नभई विभिन्न धर्म र समुदायबीचको एकता तथा भाइचाराको प्रतीकका रूपमा मनाइएको छ । त्याग, समर्पण, बलिदान र मानवताको सन्देश बोकेको बकर इदका […]

थारु समुदायको हक–अधिकार र पहिचानका मुद्दा उठाउने तयारीमा नेपाल थारु संघ: प्रथम राष्ट्रिय महाधिवेशन जेठ १६ र १७ गते ललितपुरमा हुने

ललितपुर ,१४ जेठ । नेपाल थारु संघको प्रथम राष्ट्रिय महाधिवेशन आगामी जेठ १६ र १७ गते ललितपुरस्थित वी.पी. स्मृति भवन, वी.पी. नगरमा आयोजना हुने भएको छ । लोकतन्त्र, समाजवाद, राष्ट्रियता र थारु एकताको मूल नारासहित हुन लागेको महाधिवेशनमा देशभरका २६ जिल्लाबाट ५०६ जना प्रतिनिधिहरू सहभागी हुने आयोजकले जनाएको छ । महाधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका […]

चन्दननाथको शेरा खेतमा रोपाइँ

गाेल्डेन बुढा जुम्ला,१४ जेठ । जुम्लाको प्रसिद्ध धार्मिकस्थल चन्दननाथ भैरवनाथ मन्दिरको शेरा खेतमा बुधबार परम्परागत रूपमा जुम्ली कालीमार्सी धान रोपाइँ गरिएको छ। धार्मिक आस्था, ऐतिहासिक विरासत, कृषि सभ्यता र जुम्ली पहिचानसँग गाँसिएको उक्त शेरा जिउलोमा हरेक वर्षको जेठ १४ गते मार्सी धान रोप्ने परम्परा रहिआएको छ।परम्परागत रूपमा रोपिँदै आएको जुम्ली कालीमार्सी धानलाई चन्दनाथ बाबाले भारतको […]

गणतन्त्र दिवसको अवसरमा लुम्बिनी प्रदेश गणतन्त्र दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारद्वारा प्रशासनिक केन्द्र परिसरमा सरसफाई

दाङ,१४ जेठ । गणतन्त्र दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले प्रदेश राजधानी क्षेत्र राप्ती उपत्यका (देउखुरी) स्थित प्रशासनिक केन्द्र परिसरमा सरसफाई कार्यक्रम सञ्चालन गरेको छ । प्रदेश सरकारले जेठ १४ गते बिहान सरसफाई कार्यक्रम आयोजना गर्ने, साँझ दीप प्रज्वलन गर्ने तथा जेठ १५ गते बिहान मूल समारोह आयोजना गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार प्रशासनिक […]