राप्तीसोनारीको सञ्चार नीतिको मस्यौदामाथि छलफल
बाँके ,१२ जेठ । बाँकेको राप्तीसोनारी गाउँपालिकाको सञ्चार नीतिको मस्यौदामाथि नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमितिसँग छलफल गरिएको छ । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा आज छलफल गरिएको हो । राप्तीसोनारी गाउँपालिकाले नेपाल पत्रकार महासंघलाई सञ्चार नीति निर्माणको जिम्मा दिएको छ । त्यही अनुसार आज कार्यसमितिमा छलफल गरिएको महासंघ बाँकेका अध्यक्ष गिरीले बताउनुभयो […]



