तीन सय ३८ स्थानीय तहबाट भू–उपयोग वर्गीकरण

काठमाडौँ, १२ जेठ ।  देशभर तीन सय ३८ स्थानीय तहले भू–उपयोग वर्गीकरण गरेका छन् । भूउपयोग योजना तर्जुमा र कार्यान्वयन गर्ने उद्देश्यले गत चैत मसान्तसम्म ती स्थानीय तहले वर्गीकरण सम्पन्न गरेका हुन् । ती स्थानीय तहले आधार तथा मापदण्ड, नक्सा अद्यावधिक गरी कित्तागत सकेका हुन् । देशभरका एक सय ६९ स्थानीय तहले आधार तथा मापदण्ड […]

भूमिगत पानी संरक्षण गर्न  एकीकृत जलाधार गुरुयोजना लागू   

ओम शाही सुर्खेत, १२जेष्ठ । कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगर नगरपालिकाको उपत्यका क्षेत्रमा भूमिगत पानीको संरक्षण, जल र वायुजन्य प्रकोपको जोखिम न्यूनिकरण गर्न एकिृत जलाधार व्यवस्थापन गुरुयोजना कार्यान्वयनमा ल्याएको छ । बार्षिक नीति, कार्यक्रम तथा बजेटमा समावेश भएको यो योजना चालु आर्थिक वर्ष २०८२/०८३ बाट कार्यान्वयनमा आएको हो ।  पछिल्लो समय कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेतको […]

रक्तनलीको सुजन (भास्कुलाइटिस) रोग स्थिति र चुनौती

डा कृष्ण अधिकारी हाम्रो समाजमा जीउ दुख्यो, झमझम भयो वा हातखुट्टा गल्यो भने धेरैले त्यसलाई नसा बाथ भन्ने गर्छन् । कतिले त खुट्टामा देखिने फुलेका नीला नसासँग पनि यसलाई जोड्छन् । तर, ती फुलेका नीला नसा बेग्लै कुरा हुन्‌—ती त रगतलाई फेरि मुटुतिर फर्काउने सामान्य नसा मात्र हुन्, र तिनलाई ‘वेरिकोज भेन्स’ भनिन्छ । यो […]

बौद्ध सजगताः तनाव व्यवस्थापनको वैज्ञानिक उपाय 

भरत केसी/रासस विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सन् २०२१ मा प्रकाशित तथ्याङ्क अनुसार विश्वमा एक अर्बभन्दा बढी मानिस पागलपन, डिपे्रसन, चिन्ता, वाइपोलार डिसअर्डर, हाइपर एक्टिभिटीजस्ता कुनै न कुनै मानसिक समस्याका साथ गुज्रिरहेका छन् । यो संख्या विश्वको कुल १४ प्रतिशत हुन आउँछ । यसमा पनि पुरुष (पुरुष १३ प्रतिशत) भन्दा महिलाको संख्या (१४.८ प्रतिशतं बढी […]

सम्पादकीय : बेरुजु नियन्त्रणमा जिम्मेवार वन

कर्णाली प्रदेश सरकार र मातहतका निकायमा अझै पनि बेरुजुको ग्राफ घट्नुको साटो बढ्दै गएको छ । महालेखापरीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आठौं बार्षिक प्रतिवेदन अनुसार कर्णाली प्रदेश सरकार र मातहतका निकायले वित्त व्यवस्थापनको पाटोलाई चुस्त बनाउन सकेका छैनन् । प्रदेश सरकार स्थापना भएयताका तथ्यांक केलाउने हो भने वर्षेनी बेरुजुको ग्राफ उकालो लाग्दै गएको देखिन्छ । […]

साक्षर जिल्ला घोषणा भए पनि जुम्लामा अझै हजारौं निरक्षर

गाेल्डेन बुढा जुम्ला,११ जेठ । राज्यले विद्यालय विस्तार, निःशुल्क शिक्षा, साक्षरता अभियान र शिक्षामा पहुँच बढेको दाबी गरिरहँदा जुम्लाको भने फरक तथ्यांक देखिएको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लाका हजारौं नागरिक अझै अक्षर चिन्न नसक्ने अवस्थामा छन्। अझ गम्भीर पक्ष, पुरुष र महिलाबीचको साक्षरताको खाडल अहिले पनि गहिरो छ।जिल्लाका अधिकांश स्थानीय तहमा पुरुष साक्षरता दर […]

ढटेलाे तेल तिर,जुम्ली महिलाको आकर्षण

 गोल्डेन बुढा जुम्ला,११ जेठ । बिहानको उज्यालोसँगै जुम्लाको चन्दननाथ नगरपालिका–४ की मुनकौरा बुढा काँडाले भरिएको ढटेलोको झाङतिर लाग्छिन्। पिठ्युँमा निगालोको छान्नो, हातमा पञ्जा र लठ्ठी बोकेर उनी दिनभरि ढटेलो टिपिरहन्छिन्। साँझ घर फर्किँदा उनीसँग केवल दाना हुँदैन, परिवार पाल्ने आशा पनि हुन्छ।जंगलमा बेवारिसे उम्रिने ढटेलो अहिले जुम्लाका ग्रामीण महिलाका लागि नगद आम्दानीको मुख्य आधार बन्दै […]

घुयँत्राे:“पत्रकार महासंघमा कोरम हरायो, अब विज्ञापन खोज्न बालेन दरबारतिर जुलुस जाने तयारी !”

राज्यले निजि पत्रिकाहरलाई दिँदै आएकाे विज्ञापनकाे अधिकार बालेन सरकारले खाेसेर लगेर सबैभन्दा पैला स्वतन्त्र पत्रकारिता माथि प्रहार गरेर पत्रकारिता पेशामै तालालाएर हिन्न पर्ने बनाएछि बिचरा हामी पत्रकार ऐले ईन्तुन चिन्तुकाे अबस्थाँ छम् । अलिअलि आर्थिक जाेहाे हुने सरकारी विज्ञापन टाेटल्लि बन्द गर्न सरकारी कार्यालयलाई निर्देशनका निर्देशन जारी गर्दै अब उप्रान्त सरकारी विज्ञापन निजि क्षेत्रलाई नदिनु […]

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

दाङ ,११ जेठ । लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३\०८४ को वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत भइरहेको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर ले प्रदेश सभामा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिरहनुभएको हो । प्रदेश प्रमुख घर्तीमगरलाई प्रदेश सभा भवनमा मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तीमगर सहित मन्त्री तथा प्रदेश सभा […]

फेरिए सुर्खेतका प्रहरी प्रमुख

सुर्खेत ,११ जेठ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका नयाँ प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले शान्ति सुरक्षा कायम गर्ने कुरामा कुनै कसर बाँकी नराख्ने बनाएका छन् । आइतबार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पत्रकारसँगको परिचयात्मक कार्यक्रममा पोखरेलले कार्यसम्पादनलाई उत्कृष्ट र जनमुखी बनाइने बताए । ‘प्रहरीको एक्लो प्रयासले केही हुँदैन,’ उनले भने, ‘समाजमा शान्ति सु–व्यवस्था कायम गर्न सबैको भूमिका महत्वपूर्ण […]

बाजुरा–हुम्ला विवाद अध्ययन गर्न समिति गठन

सुर्खेत ,११ जेठ ।  सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्न  नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा एक समिति गठन गरेको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा २०८३ जेठ १० गते सिंहदरबारमा बसेको बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको […]

भौतिक मन्त्रालयमा बेरुजुको चाङ 

ओम शाही सुर्खेत ,११ जेठ । कर्णाली प्रदेश सरकार र मातहतका निकायमा अझै पनि बेरुजुको ग्राफ घट्नुको साटो बढ्दै गएको छ । महालेखापरीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आठौं वार्षिक प्रतिवेदन अनुसार कर्णाली प्रदेश सरकार र मातहतका निकायले वित्त व्यवस्थापनको पाटोलाई चुस्त बनाउन सकेका छैनन् । प्रदेश सरकार स्थापना भएयताका तथ्यांक केलाउने हो भने वर्षेनी बेरुजुको […]

सम्पादकीय: उत्पादनमुखी अर्थतन्त्र निर्माणमा जोड देऊ 

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/०८३ को प्रक्षेपणले कर्णाली प्रदेशको अर्थतन्त्र दुई खर्ब ७७ अर्ब रुपैयाँ पुग्ने देखाएको छ । प्रदेश स्थापना यताकै सन्दर्भमा यो सकारात्मक संकेत अवश्य हो । तर, तथ्यांकको सतहभन्दा गहिरिएर हेर्दा कर्णालीको आर्थिक संरचना अझै कमजोर र असन्तुलित अवस्थामै छ । अर्थतन्त्रको आकार बढ्दै जानु मात्रै पर्याप्त होइन, […]