कञ्चनपुरमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याइँदै

महेन्द्रनगर, ९ जेठ ।  कञ्चनपुरमा सेवाग्राहीको घर ठेगानामै राहदानी पुर्‍याउन थालिएको छ । सरकारको स्वीकृत १०० कार्यसूचीअन्तर्गत को बुँदा नं २७ मा उल्लेखित सरकारी सेवा घरमै उपलब्ध गराउने नीतिअनुसार यो सेवा कार्यान्वयनमा ल्याइएको जिल्ला हुलाक कार्यालय कञ्चनपुरले जनाएको छ । घर ठेगानामै राहदानी पुर्‍याउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय र हुलाक कार्यालयबीच गत वैशाख महिनामा सम्झौता […]

पर्यटकीय गन्तव्यका रुपका विकास हुँदै च्यामा गाउँ

नेपालगन्ज, ९ जेठ । बाँकेको वैजनाथ गाउँपालिका–१ मा रहेको च्यामा गाउँलाई पर्यटकीय गन्तव्यका रुपका विकास गर्न थालिएको छ । केही दिनअघि मात्रै वैजनाथको च्यामा गाउँ ‘नमूना थारु गाउँ’ घोषणा भएसँगै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न स्थानीय तहले समेत सहयोग गरेको वैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले जानकारी दिए । “यसको विकास र प्रवद्र्धनका लागि मापदण्ड […]

आलुखेतीबाट आत्मनिर्भर बन्दै किसान

बैतडी, ९ जेठ ।  बेलाबेला पानी परेकाले बैतडीको पाटन नगरपालिका–८ किसान केशव विष्ट यस वर्ष आलु राम्रो फल्ने आशामा छन् । बार्षिक आलुखेतीबाट आठदेखि १० लाख रुपैयाँसम्म आम्दानी गर्दै आउनुभएका विष्ट उत्पादनसँगै आम्दानी पनि बढ्ने भएकाले दङ्ग हुन्छन । “समयमै पानी परेका कारण उत्पादन राम्रो हुने आशामा छौँ । खेतहरू आलुखेतीले हरियाली भएका छन्‌”, विष्टले […]

सीमान्तकृत विद्यार्थीलाई उच्च शिक्षामा पहुँच अभिवृद्धि गर्न छात्रवृत्ति कार्यक्रम

कञ्चनपुर, ९ जेठ ।  आर्थिक अभावकै कारण उच्च शिक्षाबाट वञ्चित हुनसक्ने सीमान्तकृत तथा विपन्न समुदायका विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले कृष्णपुर नगरपालिकाले यस वर्षदेखि ‘लवरु राना थारू उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम’ सञ्चालनमा ल्याएको छ । सामाजिक न्याय, समावेशी शिक्षा तथा पछाडि पारिएका समुदायको शैक्षिक पहुँच विस्तार गर्ने लक्ष्यसहित नगरपालिकाले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेको हो । नगरपालिकाको […]

जुम्लाका स्थानीय तहको बेरुजु १८ करोडभन्दा बढी

काली बहादुर परियार  जुम्ला ,९ जेठ । जुम्लाका आठ वटा स्थानीय तहको बेरुजु १८ करोडभन्दा बढी देखिएको छ । महालेखा परीक्षकको कार्यालयले ६३ औं वार्षिक प्रतिवेदन अनुसार यहाँका एक नगरपालिका सहित सात गाउँपालिका गरी आठवटै स्थानीय तहको आर्थिक वर्ष २०८१/८२ को कुल बेरुजु रकम करिव १८ करोड ९१ लाख ६४ हजार बराबर रहेको महालेखाको सार्वजनिक […]

एक सय ९३ फार्म तथा व्यवसायको अनुगमन

कैलाली, ९ जेठ ।  कैलालीको टीकापुर नगरपालिकाले एक सातामा १९३ फार्म तथा व्यवसायको अनुगमन गरेको छ । बजार व्यवस्थापन तथा उपभोक्ता हितका लागि गरिएको बजार अनुगमनका क्रममा मापदण्डविपरीतका ६५ किलो प्लाष्टिकजन्य झोला जफत गरिएको हो । पालिकाले गत वर्षको साउनदेखि टीकापुरमा प्लाष्टिकजन्य झोला प्रयोगमा निधेष गरेको छ । लुकीछिपी मापदण्डविपरीतका प्लाष्टिकका झोला प्रयोग गरिरहेकामाथि निगरानी […]

आयोजना बैंकमा चार हजार तीन सय ९१ आयोजना दर्ता

काठमाडौँ, ९ जेठ ।  चालु आर्थिक वर्षको हालसम्म परियोजना बैंकमा दर्ता भएका परियोजनाको सङ्ख्या चार हजार ३९१ पुगेको छ । अर्थ मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार, नयाँ आयोजनाको सङ्ख्या ३९० छन् । त्यसमा आव २०८१/८२ को ६ वटा, गत चैत २२ मा १२६, गत वैशाख १० मा १३०, गत वैशाख १५ गते ३१ र यही जेठ […]

अतिक्रमण गरी बनाइएका संरचना हटाइने 

दाङ, ९ जेठ ।  सडक डिभिजन कार्यालय दाङले राजमार्ग तथा विभिन्न सडक क्षेत्रमा सीमा अतिक्रमण गरी बनाइएका संरचना हटाउन १५ दिने सूचना जारी गरेको छ ।  डिभिजनअन्तर्गत पर्ने विभिन्न सडक सीमा अतिक्रमण गरी व्यक्ति तथा संस्थाहरुले सार्वजनिक सडक ऐन २०३१ को बर्खिलाप हुने गरी बनाइएका घरटहरा र पर्खाल हटाउन जारी सूचनामा उल्लेख गरिएको छ । […]

पश्चिम नेपालको यात्रा :  प्रकृति, संस्कृति, इतिहाँस र अनुभूतिको संगम

देव बहादुर बुढा/छेडागाड २०८३ जेठ १ गते बिहान कर्णाली प्रदेशको सुन्दर शहर वीरेन्द्रनगर बाट हाम्रो ११ जनाको पारिवारिक भ्रमण उत्साह, जाँगर र नयाँ अनुभवको खोजी सहित सुरु भयो । यो केवल घुमफिर मात्र थिएन, नेपालका पहाड, हिमाल, संस्कृति, इतिहास, भूगोल र सभ्यताको विविध आयामलाई नजिकबाट अनुभूत गर्ने अवसर पनि थियो । मध्यपहाडी लोकमार्ग हुँदै पश्चिम […]

कर्णालीलाई पर्यटन गन्तव्य बनाउन  सरकार प्रतिबद्ध छ : मन्त्री अधिकारी

सुर्खेत, ९ जेठ ।  कर्णाली प्रदेश सरकारका उद्योग, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले कर्णाली प्रदेश सरकारले पर्यटन क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताएका छन् । शुक्रबारबाट जारी कर्णाली पर्यटन महोत्सवको उद्घाटन सत्रमा बोल्दै मन्त्री अधिकारीले आगामी बजेटमार्फत पनि पर्यटन प्रवद्र्धनका कार्यक्रमलाई थप सशक्त बनाइने दावी गरे । उनले कर्णालीलाई पर्यटन क्षेत्रमार्फत समृद्ध बनाउने […]

कर्णालीको अर्थतन्त्र दुई  खर्ब ७७ अर्ब पुग्ने प्रक्षेपण

ओम शाही सुर्खेत, ९ जेठ । राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ मा कर्णाली प्रदेशको कुल अर्थतन्त्रको आकार दुई खर्ब पुग्ने प्रक्षेपण गरेको छ । यो अन्य प्रदेशको तुलनामा निकै आर्थिक वृद्धिदर हो । तथ्यांक अनुसार प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा दुई खर्ब ७७ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ । आर्थिक वर्ष […]

बालबिवाह न्युनिकरण गर्न हुरेन्डेककाे फट्काे प्रभाकारी बन्दै

हस्त चाैलागाँई कालिकाेट,९ जेठ। कालिकाेटका स्थानीय तहमा बालबिवाह लगायत अन्य हानिकारक अभ्यास न्युनिकरण तथा अन्त्य गर्नका लागि मानव अधिकार तथा वातावरण बिकास केन्द्र हुरेन्डेक नेपालकाे पाईलाहरु अग्रसर छन् । विगत लामाे समयदेखी विकास निर्माणका काम देखि कुरीति कुसंस्कारका बिरुद्ध हुरेन्डेक नेपाल लागि परेकाे छ । प्लान इन्टरनेशनल नेपालको सहयोग, रास्कोट नगरपालिका को समन्वय र मानवअधिकार […]

खुला प्रतिस्पर्धाबाट छविराज पोख्रेल प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत नियुक्त

दाङ ,८ जेठ । लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतिस्पर्धामार्फत छविराज पोख्रेल नियुक्त भएका छन् । प्युठान झिमरुक गाउँपालिका-५ निवासी पोख्रेललाई शुक्रबार बसेको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले प्रमुख कार्यकारी अधिकृतका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले मन्त्रिपरिषद् […]