जुम्लाका स्थानीय तहको बेरुजु १८ करोडभन्दा बढी

काली बहादुर परियार
जुम्ला ,९ जेठ ।
जुम्लाका आठ वटा स्थानीय तहको बेरुजु १८ करोडभन्दा बढी देखिएको छ । महालेखा परीक्षकको कार्यालयले ६३ औं वार्षिक प्रतिवेदन अनुसार यहाँका एक नगरपालिका सहित सात गाउँपालिका गरी आठवटै स्थानीय तहको आर्थिक वर्ष २०८१/८२ को कुल बेरुजु रकम करिव १८ करोड ९१ लाख ६४ हजार बराबर रहेको महालेखाको सार्वजनिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु हिमा गाउँपालिकाको रहेको छ । हिमाको ८२ करोड २८ लाख ९० हजार लेखापरीक्षण गरिएकोमध्ये ३ करोड ३० लाख ७८ हजार अर्थात् ४ दशमलव ०२ प्रतिशत बेरुजु रहेको महालेखा परीक्षकको प्रतिवेदनले जनाएको छ ।
यसैगरी सबैभन्दा कम चन्दननाथ नगरपालिकाको बेरुजु रहेको छ । नगरपालिकाको १ अर्व ५३ करोड ९२ लाख ६६ हजार गरिएको लेखापरीक्षण रकममध्ये १ करोड ९३ लाख ६७ हजार अर्थात् १ दशमलव २६ प्रतिशत मात्र बेरुजु रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यसैगरी दोस्रोमा क्रमश तिला र सिंजा गाउँपालिकाको कम बेरुजु देखिएको छ । तिलाको १ अर्व १२ करोड ९७ लाख ३३ हजार रुपैयाँको गरिएको लेखापरीक्षणमध्ये १ करोड ९४ लाख १९ हजार अर्थात् १ दशमलव ७२ प्रतिशत मात्र बेरुजु देखिएको छ ।
यस्तै सिंजा गाउँपालिकाको ९२ करोड ८६ लाख ५० हजार रुपैयाँको लेखापरीक्षण गर्दा १ करोड ५९ लाख ६० हजार अर्थात् १ दशमलव ७२ प्रतिशत बेरुजु रहेको रहेको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा सार्वजनिक गरिएको छ ।
कनकासुन्दरी गाउँपालिकाको १ अर्व ५६ करोड ४१ लाख ४० हजार रुपैयाँ लेखापरीक्षण गर्दा १ करोड ४३ लाख १६ हजार अर्थात् २ दशमलव २६ प्रतिशत बेरुजु देखिएको छ । त्यस्तै तातोपानी गाउँपालिकाको १ अर्व १० करोड २९ लाख ७० हजार लेखापरिक्षण गरेको रकममध्ये ३ करोड ४३ लाख अर्थात् २ दशमलव ७६ प्रतिशत बेरुजु देखिएको छ ।
पातारासी गाउँपालिकाको ९५ करोड ७६ लाख ३५ हजार लेखापरीक्षण गर्दा २ करोड ८९ लाख ५० हजार अर्थात् ३ दशमलव ०३ प्रतिशत बेरुजु रहेको पाइएको छ । यसैगरी गुठीचौर गाउँपालिका ८७ करोड १२ लाख ५० हजार रुपैयाँ लेखापरीक्षण गरिएकोमध्ये २ करोड ८० लाख २० अर्थात् ३ दशमलव २२ प्रतिशत बेरुजु देखिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कर्मचारी र जनप्रतिनिधिले बजेट खर्चलाई मितव्ययी बनाएर काम गर्दा पालिकाको बेरुजु घटेको तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले बताउनुभयो । जुम्लाका स्थानीय तहले पछिल्लो आर्थिक वर्षमा आर्थिक सुशासन कायम गर्न ध्यान दिएको देखिन्छ ।
गत वर्षभन्दा यो वर्ष ५० प्रतिशतले यहाँका स्थानीय तहको बेरुजु घटेको महालेखा परिक्षकको ६३ औ प्रतिवदेनले जनाएको छ । प्रचलित कानून बमोजिम पु¥याउनु पर्ने रीत न¥याई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिव तरिकाले आर्थिक कारोबार गरेको भनी लेखापरीक्षण गर्दा औल्याइएको कारोबार बेरुजु हो।
जुम्लाका स्थानीय तहको आर्थिक वर्ष २०८१।८२ बेरुजु प्रतिशत
१, चन्दननाथ – १.२६ प्रतिशत
२, तिला – १.७२ प्रतिशत
३, सिंजा – १.७२ प्रतिशत
४, कनकासुन्दरी – २.२६ प्रतिशत
५, तातोपानी – २.७६ प्रतिशत
६, पातारासी – ३.०३ प्रतिशत
७, गुठीचौर – ३.२२ प्रतिशत
८, हिमा – ४.०२ प्रतिशत






