पर्यटकीय गन्तव्यका रुपका विकास हुँदै च्यामा गाउँ

नेपालगन्ज, ९ जेठ ।

बाँकेको वैजनाथ गाउँपालिका–१ मा रहेको च्यामा गाउँलाई पर्यटकीय गन्तव्यका रुपका विकास गर्न थालिएको छ । केही दिनअघि मात्रै वैजनाथको च्यामा गाउँ ‘नमूना थारु गाउँ’ घोषणा भएसँगै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न स्थानीय तहले समेत सहयोग गरेको वैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले जानकारी दिए ।

“यसको विकास र प्रवद्र्धनका लागि मापदण्ड र कार्यविधि बनाइरहेका छौँ र यो अन्तिम चरणमा छ”, उनले भने ।  सो गाउँलाई पर्यटकीय गन्त्यका रुपमा विकास गर्न  नमूना थारु गाउँ व्यवस्थापन समिति गठन भएको जानकारी दिँदै अध्यक्ष शाहीले तत्कालका लागि एक लाख अनुदान उपलब्ध गराइएको बताए ।

उनले व्यवस्थापन समितिको मागअनुसार लगानी बढाइने उल्लेख गर्दै थारु समुदायको सशक्तीकरण र उनीहरुलाई स्वरोजगार बनाउन पर्यटन प्रवद्र्धन आवश्यक रहेको धारणा व्यक्त गरे । अध्यक्ष शाहीले भने, “थारु समुदायको मौलिक भाषा, संस्कृति, परम्परा तथा जीवनशैलीको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्य च्यामा गाउँमा राखिएको छ ।” सो गाउँमा २००५ सालदेखि करिब १०० घर परिवार थारु समुदाय बस्दै आएका छन् ।

उनका अनुसार थारु समुदायको मौलिक पहिचान जोगाउँदै पर्यटनलाई प्रर्वद्धन गर्न  र त्यसले आर्थिक समृद्धिमा टेवा पुर्‍याउने लक्ष्य राखिएको छ । पछिल्लो समय आधुनिकताका कारण लोप हुँदै गएका स्थानीय भाषा, वेशभूषा, संस्कार तथा परम्परागत जीवनशैलीको संरक्षणमा नमूना गाउँ मोडेलका रुपमा स्थापित हुने अध्यक्ष शाहीको भनाई छ ।

नमूना थारु गाउँ घोषणाले ठूलो सहयोग पुगेको उल्लेख गर्दै नमूना थारु गाउँ घोषणा समितिका अध्यक्ष मेघराज थारुले  गाउँको पहिचासँगै आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने बताए ।

गाउँमा थारु समुदायको परम्परागत घर, खानपान, नृत्य, कला र सांस्कृतिक गतिविधिलाई व्यवस्थित रूपमा संरक्षण गरिने उनको भनाई छ । अध्यक्ष थारुले भने, “गाउँलाई सांस्कृतिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले स्थानीय रुपमा रोजगारी सिर्जना र  घरेलु उत्पादनको प्रवद्र्धन हुनेछ ।”

जिल्लाको वैजानाथ गाउँपालिकामा रहेको बोटानिकल पार्क पनि अर्को पर्यटकीय गन्तव्य हो । त्यहाँ पर्यटन विकासका लागि तत्कालिन लुम्बिनी प्रदेश सरकारले लगानी गरे पनि अपेक्षा गरेअनुसारको प्रतिफल आउन सकेको छैन । यसबाहेक गाभर भ्यालीलाई पनि वैजनाथको पर्यटकीय गन्तव्यका रुपमा लिन सकिने स्थानीय बताउँछन् ।

पर्यटकीय गन्तव्यका रुपका विकास हुँदै च्यामा गाउँ

आलुखेतीबाट आत्मनिर्भर बन्दै किसान

पर्यटकीय गन्तव्यका रुपका विकास हुँदै च्यामा गाउँ

कञ्चनपुरमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याइँदै

Leave a comment

Your email address will not be published. Required fields are marked *