सम्पादकीय: संवाद र प्रमाणका आधारमा समाधान खोजौँ

बाजुरा र हुम्लाको सिमावर्ती क्षेत्र रानीसैन–लाम्पाटा क्षेत्रमा देखिएको विवादले स्थानीय तहबीचको सीमा व्यवस्थापन, प्रशासनिक समन्वय र राज्यको उपस्थितिमा दरार पैदा गर्ने संकेत देखिएको छ । बहुमूल्य जडीबुटी, वन्यजन्तु तथा पर्यटनको प्रचुर सम्भावना बोकेको उक्त क्षेत्रमा अस्थायी प्रहरी चौकी स्थापना गर्न खोज्दा उत्पन्न विवादले दुई जिल्लाबीचको पुरानो सीमा समस्या सतहमा ल्याएको छ । अझ दुःखद पक्ष […]

दलित महिला जनप्रतिनिधिका लागि कोहलपुरमा पत्रकारिता तथा उद्घोषण तालिम सुरु

बाँके ,७ जेठ । बाँकेको कोहलपुरमा दलित महिला जनप्रतिनिधि तथा सम्भावित महिलाहरूलाई लक्षित गर्दै ६ दिने पत्रकारिता तथा उद्घोषण तालिम सुरु गरिएको छ । महिलाहरूको नेतृत्व क्षमता, सञ्चार सीप तथा सार्वजनिक अभिव्यक्ति विकास गर्ने उद्देश्यसहित तालिम सञ्चालन गरिएको हो । सामाजिक विकास डिभिजन कार्यालय नेपालगन्जको आर्थिक सहयोगमा सञ्चालन भएको तालिममा कोहलपुर नगरपालिकाका १५ वटै वडाबाट […]

उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित हुने लुम्बिनीको बजेट मन्त्री कार्कीद्वारा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत

दाङ ,७ जेठ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३\८४ को बजेट उत्पादन, रोजगारी, पूर्वाधार विकास, सुशासन र सामाजिक न्यायमा केन्द्रित हुने बताएको छ । आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की ले लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनको दोस्रो बैठकमा विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै सीमित स्रोत र बढ्दो दायित्वका बीच यथार्थपरक, […]

मानवता र करुणायुक्त प्रदेश निर्माणमा सरकार प्रतिबद्ध: मुख्यमन्त्री आचार्य

दाङ ,७ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले लुम्बिनी प्रदेशलाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त प्रदेश घोषणा गर्नेगरी आवश्यक कार्यविधि निर्माणको काम छिट्टै सम्पन्न गरेर कार्यान्वयनमा लैजाने बताउनुभएको छ । मानवसेवा आश्रम ले सञ्चालन गरेको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रामा सहभागी टोलीसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यकामा बिहिवार छलफल गर्दै मुख्यमन्त्री आचार्यले मानवता र करुणायुक्त […]

जुम्लाका आठ वटै स्थानीय तह पूर्ण खोप सुनिश्चितता घाेषणा

गाेल्डेन बुढा जुम्ला,७ जेठ । जुम्लाका आठ स्थानीय तह पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएसँगै जिल्लाले बालस्वास्थ्य सुरक्षातर्फ महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। जिल्लाको एक मात्रै चन्दननाथ नगरपालिका र सात गाउँपालिकाले राष्ट्रिय खोप निर्देशिकाअनुसार आवश्यक मापदण्ड पूरा गरेपछि पूर्ण खोप सुनिश्चितता घोषणा गरेका हुन्। बिहीबार पातारासी गाउँपालिकालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना […]

लुम्बिनी प्रदेश समन्वय परिषद्को बैठक योजना छनोटमा प्रदेश सरकार‘निर्मम’ बन्छःमुख्यमन्त्री आचार्य

दाङ ,७ जेठ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि आयोजना बैंकमा समावेश भएका योजनालाई मात्रै बजेट तथा कार्यक्रममा समेट्ने स्पष्ट नीति अघि सारेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका(देउखुरी)मा बिहिवार सम्पन्न प्रदेश समन्वय परिषद्को आठौं बैठकलाई सम्वोधन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्य ले योजना छनोटमा प्रदेश सरकार‘निर्मम’बन्ने बताउनुभएको हो । मुख्यमन्त्री आचार्यले आयोजना […]

हुम्ला र बाजुराको सिमा विवाद र घटनाको छानविन गरि समाधान गर्न सांसदहरुको माग

काठमाण्डौ ,७ जेठ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले हुम्ला र बाजुराको सिमानाको विषयलाई लिएर भएको घटनाको सन्दर्भमा सरकारको ध्यानाकर्षण गराउदै तत्काल सिमा विवाद समाधान गर्न सरकारसँग माग गर्नुभएको छ । सांसदहरु केपी खनाल, जनकराज गिरी, टिका संग्रौला लगायतले हुम्ला र बाजुरामा लामो समयदेखि सिमा बिबाद रहदै आएको भन्दै समस्या छिटो समाधान गर्न सरकारको ध्यानाकर्षण […]

लुम्बिनी प्रदेश सभा को बैठक आज बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने

दाङ ,७ जेठ । लुम्बिनी प्रदेश सभा को आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा धारणा राख्ने कार्यसूची रहेको छ । त्यसैगरी, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की ले आगामी आर्थिक वर्षको ‘बजेटका सिद्धान्त […]

दैलेखको ग्यास उत्खनन अन्योलमा, दबाब बढाउँदै स्थानीय तह

दैलेख, ६ जेठ ।  यहाँको भैरवी गाउँपालिका–१ स्थित जलजले क्षेत्रमा जमिनमुनि ठूलो परिमाणमा प्राकृतिक ग्यास रहेको पुष्टि भइसकेको छ । तर, दोस्रो चरणको मुख्य काम अगाडि बढ्न नसक्दा यो महत्त्वपूर्ण परियोजना अहिले अन्योलमा परेको छ । प्रारम्भिक अध्ययनले नेपाललाई वर्षौँसम्म पुग्ने ग्यासको सम्भावना देखाएपछि एक समय राष्ट्रिय चर्चामा रहेको यो आयोजना अहिले ठोस कार्यतालिका अभावमा […]

नगर प्रहरीले दुर्व्यवहार गरेकी  महिलालाई १० हजार क्षतिपूर्ति

सुर्खेत, ६ जेठ । सुरर्खेतको वीरेन्द्रनगर नगरपालिकाले सडकमा काफल बेच्न हिँडिरहेकी एक महिलामाथि नगर प्रहरीले दुर्व्यवहार गरेको विषयमा माफी मागेको छ । मंगरबार साझ वीरेन्द्रनगर नगरपालिका–६, स्थित सिटी बसपार्क क्षेत्रमा सडक पेटी र फुटपाथ व्यवस्थापन गर्ने क्रममा नगर प्रहरीले डालोमा काफल बेच्दै गरेकी महिलामाथि दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । उक्त भिडियोमा […]

कञ्जगाउँवासीको कहरः ‘गाउँ छाडेर जाऔँ कहाँ जाने, बसौँ बस्न सक्ने अवस्था रहेन’

कञ्चनपुर, ६ जेठ ।  वि.सं. २०७९ असार २५ को साँझ । सिमसिम पानी त परिरहेकै थियो । थप ठूलो पानी पार्ने सङ्केत आकाशमा थिएन । गाउँ नजिकको दोदा नदीमा बेग उर्लिएको थिएन । आकाश र नदी हेरेर केही ढुक्क भएर कञ्ज गाउँवासी सुत्ने तरखरमा थिए, निदाउन भने भ्याएका रहेनछन् । वर्षाका समय । एक्कासी गाउँको […]

सेनालाई विश्व वन्यजन्तु कोषको सम्मान

काठमाडौँ, ६ जेठ ।  विगत करिब ५० वर्षदेखि प्रकृति तथा पर्यावरण संरक्षण सुरक्षा कार्यमा पुर्याएको योगदानको कदरस्वरुप विश्व वन्यजन्तु कोष नेपालले नेपाली सेनालाई विशेष सम्मान प्रदान गरेको छ । कोषको ३३औँ स्थापना दिवसका अवसरमा प्रकृति र पर्यावरण संरक्षणका क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप मङ्गलबार सो सम्मान प्रदान गरिएको नेपाली सेनाले जनाएको छ । यसअघि पनि सन् […]

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

हुम्ला, ६ जेठ ।  हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गए राति खसेको पहिरोले चङ्खेली–५  डाँफेस्थित आधारभूत विद्यालय भवनमा क्षति पुर्‍याएको छ । एक्कासी असिनापानी परेपछि खसेको पहिराले विद्यालय भवनसहित खेतीयोग्य जग्गा र गोठ पनि क्षति पुर्‍याएको चङ्खेली–५ का बासिन्दा छक्कबहादुर तामाङले जानकारी दिए । चङ्खेली–५ वडाध्यक्ष हर्कधन तामाङ र धनसिंह तामाङका गोठ पनि पहिरोले पुरेको […]