हुम्ला र बाजुराको सिमा विवाद र घटनाको छानविन गरि समाधान गर्न सांसदहरुको माग

काठमाण्डौ ,७ जेठ ।
सांसदहरु केपी खनाल, जनकराज गिरी, टिका संग्रौला लगायतले हुम्ला र बाजुरामा लामो समयदेखि सिमा बिबाद रहदै आएको भन्दै समस्या छिटो समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुुभयो ।
उहाँहरुले जडीबुटीको भण्डार र पर्यटकीय क्षेत्रका रुपमा रहेको उक्त क्षेत्रको संरक्षण गर्नुपर्ने, घटनाका पिडितलाई उपचार क्षतिपूर्तिको व्यवस्था गर्न र दोषीलाई कारवाहीको माग गर्नुभयो ।
नेपाली कांग्रेसका सचेतक निश्कल राईले संसदको मर्यादा र गरिमा कायम राख्ने जिम्मेवारी सभामुख, सरकार र सांसद सबैको भएको भन्दै सबैलाई जिम्मेवार बन्न आग्रह गर्नुभयो ।
पछिल्लो केही बैठकदेखि प्रतिपक्षी दलले सरकारलाई जबाफदेही बनाउन खोजिरहेको भएपनि सभामुखकले साथ नदिएको आरोप लगाउनुभयो ।
श्रम संस्कृति पार्टीले सरकार खोज्दै प्लेकार्ड देखाएको सन्र्दभमा विगतमा रास्वपाले निलो स्कार्फ बाँधेर सदनमा आएको स्मरण गराउदै विगतको र अहिलेको दुवै कार्य अमर्यादित भएकाले संसदको गरिमा कम हुन नदिन सभामुखले भूमिका खेल्नुपर्ने बताउनुुभयो ।
सांसदहरुले सिराहा लगायत मधेशमा नालाको व्यवस्था तथा पानीको निकास प्रभावकारी नहुँदा लामखुट्टे बढेको र रोग फैलिएको भन्दै त्यसको व्यवस्थापनका लागि माग गर्नुभयो ।
सांसदहरुले दुग्ध उत्पादक किसानले समयमा भुक्तानि पाउन नसकेको भन्दै १५ दिनभित्र अनिवार्य रकम भुक्तानिको व्यवस्था गर्न माग गर्नुभयो ।
सांसदहरुले बैदेशिक रोजगारीमा जाने श्रमिकका लागि व्यवस्था गरिएको फ्रि भिसा फ्रि टिकटको व्यबस्थालाई प्रभावकारी बनाउन माग गर्नुभयो ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सदनमा आज पनि प्रधानमन्त्री बालेन्द्र शाहको खोजी गर्दै प्ले कार्ड देखाएर विरोध गर्नुभएको छ ।
बैठकमा अध्यक्ष राइले संसदप्रति प्रधानमन्त्री र सरकार उत्तरदायी हुनुपर्ने भन्दै प्रतिनिधिसभा नियमावली १५ को उपनियम २ अनुसार प्रधानमन्त्रीले आफूहरूले उठाएको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नुभयो।






