अतिक्रमण हटेपछि चिटिक्क बन्दै सडकपेटी

बाँके, ६ जेठ ।  नेपालगञ्ज उपमहानगरपालिकाले सहरको मुख्य सडक सुर्खेतरोडमा अतिक्रमण हटाएर सडकपेटीलाई व्यवस्थित बनाउने अभियान सुरु गरेसँगै सडकको मुहार फेरिएको छ । उपमहानगरपालिकाले सडकपेटी कब्जा गरेर बनाइएका अवैध संरचनालाई धमाधम हटाएर नयाँ स्वरूपमा फुटपाथ निर्माण गरिरहेको छ । अहिले गणेशमानचोकदेखि सुर्खेतरोडको पश्चिमतर्फ बीपीचोक हुँदै धम्बोझी चोकसम्मको क्षेत्रमा सडकपेटी निर्माण कार्य सम्पन्न भइसकेको छ । […]

नीति र कार्यक्रमको आलोकमा ऊर्जा क्षेत्रले आगामी बजेटमा खोजेको ‘डिपार्चर’

काठमाडौँ, ६ जेठ ।  मुलुकको आर्थिक समृद्धिको प्रमुख आधार स्तम्भको रुपमा हेरिएको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि सरकारले आफ्‌ना नीति तथा कार्यक्रम र बजेटमा विशेष प्राथमिकताका साथ स्थान दिएको छ । नीति तथा कार्यक्रममा समेत प्राथमिकता पाएपछि आगामी आवको बजेटमा समेत त्यसलाई थप महत्वपूर्ण स्थान पाउने विश्वास गरिएको छ । सरकार र निजी क्षेत्रको […]

किन भइरहेको छ रानीसैनमा  बाजुरा र हुम्लावासीबीच तनाव ?

ओम शाही सुर्खेत, ६ जेठ ।  बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार केही दिन अघि बाजुराको हिमाली गाउँपालिका–३, र हुम्लाको खार्पुनाथ गाउँपालिका–२, को सिमा लाम्पाटा च्याचौर क्षेत्रमा (यो क्षेत्र रानीसैनका नामले चिनिन्छ, जहाँ बहुमूल्य जडीबुटी र वन्यजन्तु पाइन्छन्, यो क्षेत्र पर्यटनको प्रचुर सम्भावना भएको क्षेत्र पनि हो) प्रहरी चौकी स्थापनाको काम अघि बढेको थियो […]

सम्पादकीय : शिक्षक अभावले थलिएका सामुदायिक विद्यालय

नेपालको संविधानले प्रत्येक नागरिकलाई आधारभूत तहसम्म अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्म निःशुल्क शिक्षाको हक सुनिश्चित गरेको छ । संविधानको धारा ३१ मा स्पष्ट रूपमा उल्लेख भएको यही व्यवस्थाले सामुदायिक विद्यालयलाई कुनै पनि शीर्षकमा शुल्क लिन नपाउने कानुनी दायित्व तोकेको छ । तर, व्यवहारमा भने देशका धेरै सामुदायिक विद्यालय, विशेषतः कर्णाली प्रदेशका विद्यालयहरू, अभिभावक सहयोग, […]

जुम्लामा बढ्दो वर्षपिच्छे भालु आतंक

गाेल्डेन बुढा जुम्ला,६ जेठ। बिहानको समय थियो। जुम्लाको गुठिचौर गाउँपालिका–३ गर्याङ्गकोटका २४ वर्षीय सरचिन बुढा दैनिकजस्तै भेडा–बाख्रा लिएर छल्लाटिया खोलातर्फको राष्ट्रिय जंगल पुगेका थिए। गाउँको सामान्य दैनिकीझैँ त्यो दिन पनि सुरु भएको थियो। तर बिहान करिब ६ बजेतिर जंगलको शान्त वातावरण अचानक चिच्याहटले चिरियो। जङ्गलबाट निस्किएको भालुले एक्कासी सरचिनमाथि आक्रमण गर्‍यो।दुर्गम जंगलमा भएको आक्रमणपछि उनी […]

वैदेशिक रोजगारीबाट फर्किएकाको सीप स्थानीय विकासमा जोड्दै कोहलपुरमा पुनः एकीकरण कार्यक्रम

बाँके,६ जेठ । बाँकेको कोहलपुर मा वैदेशिक रोजगारबाट फर्किएका नागरिकहरूको अनुभव, सीप, पुँजी र प्रविधिलाई स्थानीय उत्पादन तथा उद्यमसँग जोड्ने उद्देश्यले पुनः एकीकरण कार्यक्रम सम्पन्न गरिएको छ । आप्रवासी श्रमिक संरक्षण सञ्जालको संयोजन तथा कोहलपुर नगरपालिका रोजगार सेवा केन्द्रको आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै पूर्ण प्रसाद आचार्य ले वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूको […]

जुम्लामा भालुको आक्रमणबाट एक घाइते

गाेल्डेन बुढा जुम्ला,६ जेठ । जुम्लामा भालुको आक्रमणबाट एक युवक गम्भीर घाइते भएका छन्। गुठिचौर गाउँपालिका–३ गर्याङ्गकोटका २४ वर्षीय सरचिन बुढालाई बुधबार बिहान जङ्गली भालुले आक्रमण गरेको हो।प्रहरीका अनुसार बिहान करिब ६ बजेतिर सरचिन सोही वडाको छल्लाटिया खोलास्थित राष्ट्रिय जङ्गल क्षेत्रमा भेडा–बाख्रा चराइरहेका थिए। त्यही क्रममा जङ्गलबाट निस्किएको भालुले एक्कासी उनीमाथि आक्रमण गरेको बताइएको छ।घटनापछि […]

जुम्लामा अझै चर्पी(शाैचालय) विहीन सयौं परिवार

गाेल्डेन बुढा जुम्ला,६ जेठ । जुम्लालाई वि.सं. २०७२ फागुन २० गते खुला दिसामुक्त क्षेत्र घोषणा गरियाे।जुम्ला जिल्ला नेपालको ३४ औँ खुला दिसा मुक्त जिल्लाको रुपमा घोषणा भएको थियो। तत्कालीन खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंहले जुम्लालाई खुला दिशा मुक्त जिल्ला घोषणा गरेका थिए। जिल्ला खानेपानी तथा स्वच्छता समन्वय समिति सदस्य सचिव अर्जुन कुमार वमद्धारा प्रस्ततु […]

विकासे कार्यालयमा सांसद शाहीको छापा शैली अनुगमन, ढिलासुस्तीप्रति कडा चेतावनी

काली बहादुर परियार जुम्ला,६ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा सांसद ज्ञानेन्द्र शाही गृह जिल्ला जुम्ला पुग्ने बित्तिकै विकासे सरकारी कार्यालय माथि खरो रूपमा प्रस्तुत भएका छन् । मंगलबार एकाएक जुम्ला पुगेका सांसद शाहीले पूर्वसूचना बिना नै विभिन्न सरकारी कार्यालयमा पुगेर कामको अवस्था बुझ्दै अनुगमनलाई तीव्र बनाएका हुन् । सांसद शाहीले सघन शहरी तथा […]

कर्णालीका सामुदायिक  विद्यालयमा शिक्षकको अभाव 

ओम शाही सुर्खेत, ६ जेठ । हेरक वर्ष नयाँ शैक्षिक सत्र प्रारम्भ हुँदा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–६, स्थित जन नमुना माध्यमिक विद्यालय विद्यार्थी भर्ना शूल्कको विषयमा विवादमा परिरहन्छ । संविधानको धारा ३१ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क पाउने हक हुनेछ भन्छ ।  त्यस्तै, प्रत्येक नागरिकलाई राज्यबाट माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने […]

सम्पादकीय : वित्तीय अनुशासन कायम गराऊ

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३ औँ बार्षिक प्रतिवेदनले कर्णाली प्रदेशको सार्वजनिक वित्त व्यवस्थापनको पाटो अझै चुस्त हुन नसकेको देखाएको छ । प्रतिवेदन अनुसार प्रदेश सरकार अन्तर्गतका मन्त्रालय तथा निकायहरूको बेरुजु रकम घट्नुको साटो बर्षेनी बढ्दो क्रममा छ । आर्थिक वर्ष २०८०/०८१ मा चार अर्ब १२ करोडभन्दा बढी पुगेको बेरुजु रकम गत आर्थिक वर्ष २०८१/०८२ […]

‘राजधानीमा डिजिटल प्रविधिको कुरा हुन्छ, तर कर्णालीमा टेलिफोनका टावरले काम गर्दैन’

काठमाडौँ, ५ जेठ ।  सांसद टीका सङ्ग्रौलाले कर्णाली र सुदूरपश्चिम क्षेत्रको विकासको निम्ति राज्यले लगानी बढाउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकको शून्य समयमा उहाँले भन्नुभयो, “काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ, सहरमा अवसरको बहस भइरहँदा मधेसका युवा तातो घाममा बेरोजगार हिँडिरहेका छन्, राजधानीमा डिजिटल प्रविधिको कुरा चलिरहँदा […]

जडीबुटी प्रशोधन प्लान्ट अलपत्र

कञ्चनपुर, ५ जेठ ।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा स्थानीय बासिन्दाको आयआर्जन बढाउने उद्देश्यले दातृ निकायको सहयोगमा जडान गरिएका लाखौँ रुपैयाँ मूल्यका जडीबुटी प्रशोधन प्लान्ट बजार अभावका कारण अलपत्र परेका छन् । मध्यवर्ती क्षेत्रका किसानले जडीबुटी खेती गर्न छाडेपछि लाखौँ मूल्यपर्ने प्लान्ट अलपत्र अवस्थामा रहेका हुन् । शुक्लाफाँटा नगरपालिका–६ को कसरौल, वडा नं. ७ जुडा […]