विकासे कार्यालयमा सांसद शाहीको छापा शैली अनुगमन, ढिलासुस्तीप्रति कडा चेतावनी

काली बहादुर परियार
जुम्ला,६ जेठ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा सांसद ज्ञानेन्द्र शाही गृह जिल्ला जुम्ला पुग्ने बित्तिकै विकासे सरकारी कार्यालय माथि खरो रूपमा प्रस्तुत भएका छन् ।

मंगलबार एकाएक जुम्ला पुगेका सांसद शाहीले पूर्वसूचना बिना नै विभिन्न सरकारी कार्यालयमा पुगेर कामको अवस्था बुझ्दै अनुगमनलाई तीव्र बनाएका हुन् ।

सांसद शाहीले सघन शहरी तथा भवन निर्माण आयोजना, सडक डिभिजन कार्यालय जुम्ला लगायत विकास निर्माण सँग सम्बन्धित सरकारी कार्यालयमा पुगेर योजनाको प्रगति, बजेट कार्यान्वयन र निर्माणको वास्तविक अवस्था बारे जानकारी लिएका छन् ।

लामो समय देखि अलपत्र परेका तथा कागजमै सीमित योजना प्रति उनले तीव्र असन्तुष्टि जनाएका छन्। अनुगमनका क्रममा उनले समयमै काम सम्पन्न नगर्ने ठेकेदार र जिम्मेवार निकाय प्रति कडा चेतावनी दिँदै जनताको करबाट आएको बजेट दुरुपयोग गर्न नहुने बताए ।

काम नगरी पटक–पटक म्याद थप्ने प्रवृत्ति अब सह्य नहुने बताउँदै सांसद शाहीले अधुरा योजनाको ठेक्का तत्काल तोडेर नयाँ प्रक्रिया अघि बढाउन सम्बन्धित कार्यालयलाई निर्देशन दिएका छन् ।

सांसद शाहीले निर्माण व्यवसायीलाई लक्षित गर्दै काम नगर्ने ठेकेदार माथि कानुनी कारबाही गरिने चेतावनी समेत दिएका छन् । अब कागजी प्रगति होइन, मैदानमा काम देखिनु पर्ने भन्दै उनले विकास निर्माणमा ढिला सुस्ती गर्ने जोसुकैलाई नछाडिने बताएका छन् ।

उनको अचानक गरिएको अनुगमन पछि जुम्लाका सरकारी कार्यालयहरूमा हलचल बढेको छ भने स्थानीयवासीले पनि विकास निर्माणमा देखिएको सक्रियताप्रति चासो व्यक्त गरेका छन्।

विकासे कार्यालयमा सांसद शाहीको छापा शैली अनुगमन, ढिलासुस्तीप्रति कडा चेतावनी

कर्णालीका सामुदायिक  विद्यालयमा शिक्षकको अभाव 

विकासे कार्यालयमा सांसद शाहीको छापा शैली अनुगमन, ढिलासुस्तीप्रति कडा चेतावनी

जुम्लामा अझै चर्पी(शाैचालय) विहीन सयौं परिवार

Leave a comment

Your email address will not be published. Required fields are marked *