वैदेशिक रोजगारीबाट फर्किएकाको सीप स्थानीय विकासमा जोड्दै कोहलपुरमा पुनः एकीकरण कार्यक्रम

बाँके,६ जेठ ।
बाँकेको कोहलपुर मा वैदेशिक रोजगारबाट फर्किएका नागरिकहरूको अनुभव, सीप, पुँजी र प्रविधिलाई स्थानीय उत्पादन तथा उद्यमसँग जोड्ने उद्देश्यले पुनः एकीकरण कार्यक्रम सम्पन्न गरिएको छ । आप्रवासी श्रमिक संरक्षण सञ्जालको संयोजन तथा कोहलपुर नगरपालिका रोजगार सेवा केन्द्रको आयोजनामा कार्यक्रम गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै पूर्ण प्रसाद आचार्य ले वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूको सीप र अनुभवलाई स्थानीय विकासमा उपयोग गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले वैदेशिक रोजगारमा जान चाहनेदेखि विदेशबाट फर्किएकासम्मलाई लक्षित गर्दै नगरपालिकाले छुट्टै शाखा स्थापना गरी सीपमूलक तथा पुनःस्थापना कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
नगर प्रमुख आचार्यले वैदेशिक रोजगारीमा रहेका व्यक्तिका परिवारलाई वित्तीय साक्षरता, मनोसामाजिक परामर्श तथा सामाजिक सुरक्षासम्बन्धी सेवा समेत प्रदान गर्दै आएको उल्लेख गर्नुभयो । उहाँका अनुसार वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्थानीय स्तरमै उद्यमशीलता र आत्मनिर्भरतासँग जोड्ने योजनामा नगरपालिका सक्रिय रहेको छ ।
कार्यक्रममा बोल्दै संगिता सुवेदी ले वैदेशिक रोजगारबाट फर्किएका युवाको सीप र अनुभव नै स्थानीय सरकारको महत्वपूर्ण पुँजी भएको बताउनुभयो । उहाँले विदेशमा सिकेको ज्ञान, सीप र प्रविधिलाई स्थानीय उत्पादन, उद्यमशीलता तथा रोजगारीसँग जोड्नुपर्नेमा जोड दिनुभयो ।
आप्रवासी श्रमिक संरक्षण सञ्जालका अध्यक्ष खड्क चन्द को अध्यक्षतामा सम्पन्न कार्यक्रममा रोजगार सेवा केन्द्रका संयोजक आशिष वर्मा ले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा सामाजिक विकास समिति संयोजक इश्वरी प्रसाद विक लगायत जनप्रतिनिधि, पत्रकार तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो । सहभागीहरूलाई लोकराज सञ्जाल र दिपेन्द्र जोशी लगायतले सहजीकरण गर्नुभएको थियो ।
रोजगार सेवा केन्द्रका संयोजक वर्माका अनुसार वैदेशिक रोजगारबाट फर्किएका नागरिकलाई पुनःस्थापनासँगै उनीहरूको सीप, अनुभव र पुँजीलाई स्थानीय अर्थतन्त्रसँग जोड्दै आत्मनिर्भर समाज निर्माणमा टेवा पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा सहभागीहरूले आफ्ना अनुभव, समस्या तथा स्थानीय सरकारसँगका अपेक्षाहरू खुलेर राखेका थिए ।

वैदेशिक रोजगारीबाट फर्किएकाको सीप स्थानीय विकासमा जोड्दै कोहलपुरमा पुनः एकीकरण कार्यक्रम

जुम्लामा भालुको आक्रमणबाट एक घाइते

वैदेशिक रोजगारीबाट फर्किएकाको सीप स्थानीय विकासमा जोड्दै कोहलपुरमा पुनः एकीकरण कार्यक्रम

जुम्लामा बढ्दो वर्षपिच्छे भालु आतंक

Leave a comment

Your email address will not be published. Required fields are marked *