जुम्लामा भालुको आक्रमणबाट एक घाइते

गाेल्डेन बुढा

जुम्ला,६ जेठ ।

जुम्लामा भालुको आक्रमणबाट एक युवक गम्भीर घाइते भएका छन्। गुठिचौर गाउँपालिका–३ गर्याङ्गकोटका २४ वर्षीय सरचिन बुढालाई बुधबार बिहान जङ्गली भालुले आक्रमण गरेको हो।प्रहरीका अनुसार बिहान करिब ६ बजेतिर सरचिन सोही वडाको छल्लाटिया खोलास्थित राष्ट्रिय जङ्गल क्षेत्रमा भेडा–बाख्रा चराइरहेका थिए। त्यही क्रममा जङ्गलबाट निस्किएको भालुले एक्कासी उनीमाथि आक्रमण गरेको बताइएको छ।घटनापछि स्थानीय पूर्ण बुढाले प्रहरी चौकी झारज्वालामा फोनमार्फत खबर गरेका थिए।

सूचना प्राप्त हुनासाथ प्रहरी नायव निरीक्षक तारा केसीको नेतृत्वमा चार सदस्यीय प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।दुर्गम जङ्गली क्षेत्रमा भएको घटनापछि प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा घाइते सरचिनको उद्धार गरिएको प्रहरीले जनाएको छ। प्रारम्भिक उद्धारपछि उनलाई गुठिचौर गाउँपालिकाको एम्बुलेन्समार्फत थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।भालुको आक्रमणबाट उनको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको बताइएको छ। प्रतिष्ठानमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।

जुम्लामा भालुको आक्रमणबाट एक घाइते

जुम्लामा अझै चर्पी(शाैचालय) विहीन सयौं परिवार

Leave a comment

Your email address will not be published. Required fields are marked *