जलाशययुक्त आयोजना अगाडि नबढेकामा महालेखापरीक्षकको कार्यालयको प्रश्न

काठमाडौँ, १० जेठ ।  ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका वार्षिक नीति तथा कार्यक्रम र बजेटमा समावेश भएका कार्यक्रमको कार्यान्वयन नभएकामा महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाएको छ । महालेखापरीक्षकको कार्यालयको ६३औँ वार्षिक प्रतिवेदनअनुसार, सुक्खायामको बिजुलीको माग सम्बोधन गर्न अगाडि बढाउने भनिएका जलाशययुक्त आयोजना अगाडि नबढाइएकामा किन त्यसो भएको हो भनेर जिज्ञासा राखेको छ । हरेक वर्ष एक […]

जुम्लामा घरमै पुग्यो राहदानी

जुम्ला, १० जेठ ।  जिल्ला प्रशासन कार्यालय जुम्लाले हुलाकमार्फत सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु गरेको छ । जिल्लाका आठवटै स्थानीय तहमा हालसम्म १४९ वटा थान राहदानी घरमै सेवाग्राहीको घरमै पुर्‍याइएका जिल्ला प्रशासन कार्यालय जुम्लाका राहदानी शाखाका प्रमुख नरबहादुर बुढाले जानकारी दिए ।  प्रशासन कार्यालय र हुलाक कार्यालय जुम्लाबीच सेवाग्राहीको राहदानी घरमै पुर्‍याउनका लागि भएको सम्झौताअनुसार […]

डोल्पाको छार्का ताङसोङ गाउँपालिकामा फोरजीसेवा

डोल्पा, १० जेठ ।  नेपाल टेलिकमले डोल्पाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र कागकोटमा फोरजी सेवा सुरु गरेको छ । समुन्द्री सतहदेखि चार हजार २०० मिटर उचाइमा अवस्थित मुकोटस्थित टावरमा फोरजी उपकरण जडान गरी माइक्रोवेभ रेडियोमार्फत सो सेवा सञ्चालनमा ल्याइएको नेपाल टेलिकमका प्रवक्ता डा कमल लामिछानेले जानकारी दिए । यससँगै नेपाल टेलिकमको फोरजी सेवा पुगेका स्थानीय तहको […]

लुम्बिनी प्रदेशसभाको पाँचौं बैठक आज बस्दै, विनियोजन विधेयकमाथिको उठेका प्रश्नमा मन्त्री कार्कीले जवाफ दिने

दाङ ,१० जेठ । लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशन अन्तर्गत पाँचौं बैठक आज आइतबार दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा समसामयिक विषयमा विशेष समय राखिएको छ । बैठकमा प्रदेशसभा सदस्यहरुले समसामयिक विषयमा आफ्ना धारणा राख्ने कार्यसूची तय गरिएको छ । त्यसपछि आर्थिक मामिला तथा योजना मन्त्री […]

वीरेन्द्रनगरमा विपद् जोखिम न्यूनीकरण तथा सडक दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि “कृषिम घटना अभ्यास” सम्पन्न

सुर्खेत,९ जेठ। विपद् जोखिम न्यूनीकरण तथा सडक दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले वीरेन्द्रनगर नगरपालिका–११, पिपिरा चोक, सुर्खेतमा “कृषिम घटना अभ्यास” कार्यक्रम सम्पन्न गरिएको छ।  युरोपेली संघ मानवीय सहायता (इको) को सहयोगमा युएनडीपीको नेतृत्वमा युएनडीपी, युनीसेफ, युएन वुमन, ह्यान्डीक्याप इन्टरनेशनल र सुन्दर नेपाल संस्था रहेको कन्सोर्टियमद्वारा सञ्चालन भइरहेको शहरी विपद् तथा भूकम्पिय पूर्वतयारी परियोजना (सुपर–२) ले कृत्रिम घटना अभ्यास गरेको हो ।जिल्ला ट्राफिक प्रहरी कार्यलय,सुर्खेत र वीरेन्द्रनगर नगरपालिकासँग […]

एचआईभी संक्रमित माथिको फाञ्छना अन्त्य गर्न जुम्लामा सरोकारवालाको साझा प्रतिबद्धता

काली बहादुर परियार जुम्ला ,९ जेठ । समाजमा अझै पनि एचआईभी संक्रमित व्यक्तिमाथि हुने फाञ्छना, विभेदपुर्ण व्यवहार अन्त्य गर्न जुम्लामा जनप्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी तथा विभिन्न सरोकारवाला निकाय बीच अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा सहभागी वक्ताहरूले एचआईभी संक्रमितलाई रोग भन्दा पनि समाजको व्यवहारले बढी पीडा दिएको उल्लेख गर्दै मानवता र सम्मान सहितको व्यवहार […]

हावाहुरीले ध्वस्त बनायो तिलाकाे ज्योति मावि राँसामालापानी

गाेल्डेन बुढा जुम्ला,९ जेठ । शुक्रबार राति करिब ८ बजे जुम्लाको तिला गाउँपालिका–९ स्थित ज्योति माध्यमिक विद्यालय राँसामालापानीमा आएको भीषण हावाहुरीले एउटा विद्यालय मात्रै भत्काएन, त्यसले एउटा दुर्गम गाउँले वर्षौँदेखि बोकेको उज्यालो भविष्यको सपना नै चकनाचुर बनाइदियो।केही क्षणमै आएको आँधीले विद्यालय भवनका छाना उडायो, काठका संरचना ढाल्यो, कक्षाकोठा तहसनहस बनायो र पठनपाठनका सामग्री भग्नावशेषमा परिणत […]

कर्णालीमा २१ प्रतिशत बालविवाह, कानुन कार्यान्वयन कमजोर

सुर्खेत,९ जेठ । कर्णाली प्रदेशमा बालविवाहविरुद्ध थुप्रै अभियानहरु सञ्चालन हुँदै आएका भए पनि बढ्दो बालविवाह चुनौतीपूर्ण बन्दै गएको छ । कर्णालीमा २१ प्रतिशतभन्दा धेरैको संख्यामा बालविवाह हुने गरेको तथ्याङ्कले देखाएका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार १८ वर्ष नपुग्दै विवाह गर्नेको दर कर्णालीमा २१.१ प्रतिशत पुगेको छ । कर्णालीको कुल जनसंख्या १६ लाख ८८ हजारमा […]

लुम्बिनीमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकियो

दाङ ,९ जेठ । लुम्बिनी प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३\८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएको छ । शनिबार बसेको प्रदेशसभा बैठकमा भाग लिएका सदस्यहरुले कृषि, स्थानीय उत्पादन, उद्यम विकास, बजारीकरण र आत्मनिर्भरतामुखी कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट ल्याउन सरकारलाई सुझाव दिएका हुन् । सदस्यहरुले प्रदेश सरकारले ल्याउने बजेट कार्यान्वयन योग्य, परिणाममुखी र नागरिकमा […]

घुयँत्राे:“जग्गा फिर्ता, पैसा फिर्ता… अब बाँकी अहंकार कहिले फिर्ता ?”

हिजाेका दिनमा भाटभटेनिका मालिक मीन बहादुर र सावित्री गुरुङले एमाले पाटि बनाईदिने गरि जग्गादान गरेछि त्यसरी व्यक्तिबाट दान वा सहयाेग लिएर पाटि अफिस बनाईन नहुने भन्दै कडा विराेध गरेपछि अध्यक्ष वलिले वलिकाे चाहना विपरित बाेलेकाे भन्दै विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई पाटि पदबाट निलम्बन गरेका थिए र ती दुई महिलानेतृले त्याे घटनाकाे जति विराेध गरेपनि […]

लुम्बिनीका मुख्यमन्त्री आचार्य र बेलायती मन्त्री मल्होत्राबीच शिष्टाचार भेटवार्ता

रुपन्देही ,९ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र बेलायत सरकारकी इन्डो–प्यासिफिक मामिला मन्त्री सीमा मल्होत्रा बीच शनिबार रुपन्देहीमा शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा नेपाल र संयुक्त अधिराज्यबीच रहँदै आएको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्ध, विकास साझेदारी तथा लुम्बिनी प्रदेशको विकासका प्राथमिकताबारे छलफल भएको थियो । मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकार दिगो, समावेशी […]

कर्णाली : बजेट निर्माणमा सन्तुलन कायम राख्न सांसदहरुको सुझाव

सुर्खेत ,९ जेठ । कर्णाली प्रदेश सभा सदस्यहरूले आगामी वर्षको बजेट बनाउँदा सन्तुलन कायम राख्न मन्त्रीलाई सुझाव दिएका छन् । कर्णाली प्रदेश सरकारको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले आगामी आर्थिक वर्ष ०८३/०८४ को बजेट निर्माणको तयारीका क्रममा वार्षिक विकास कार्यक्रम तर्जुमासम्बन्धी छलफलका सहभागीले यस्तो सुझाव दिएका हुन् । नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता […]

आज पनि लुम्बिनी प्रदेश सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुदै

दाङ ,९ जेठ । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत आज बस्ने चौथो बैठकमा विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता माथिको छलफल जारी रहने भएको छ । आज शनिबार दिउँसो १ बजे बस्दै गरेको बैठकमा ‘लुम्बिनी प्रदेश सरकारको विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता’माथि प्रदेश सभा सदस्यहरूबीच छलफल हुने भएको हो । शुक्रबार पनि […]