घुयँत्राे:“जग्गा फिर्ता, पैसा फिर्ता… अब बाँकी अहंकार कहिले फिर्ता ?”

हिजाेका दिनमा भाटभटेनिका मालिक मीन बहादुर र सावित्री गुरुङले एमाले पाटि बनाईदिने गरि जग्गादान गरेछि त्यसरी व्यक्तिबाट दान वा सहयाेग लिएर पाटि अफिस बनाईन नहुने भन्दै कडा विराेध गरेपछि अध्यक्ष वलिले वलिकाे चाहना विपरित बाेलेकाे भन्दै विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई पाटि पदबाट निलम्बन गरेका थिए र ती दुई महिलानेतृले त्याे घटनाकाे जति विराेध गरेपनि वलिले उनिहरुकाे कुराकाे कुनै सुनुवाई गरिएकाे थिएन । अब जब गुरङकाे जग्गा नलिने निर्णय वलिले आँफै गरि सकेपछि २ जनाले निलम्बित भएर ब्यहाेरेकाे अपमानकाे मुल्य वलिले चुकाउनु पर्दैन ? उनकाे त्याे बेलाकाे अहंकार र दम्भ त्यत्तिकै माफ हुन्छ ।उनकैअहंकारले निम्त्याएकाे जेनजी आन्दाेलन र जेनजी आन्दोलन पछि वलिकाे पतन र नयाँ सरकार आएछि उसले गरेका क्रियाकलाप र भष्टाचारीहरुले आफ्नाे र पाटि तथा नेताकाे स्वार्थका लागि गरेका सबै काम उल्ट्याउँदै गएछि वलिले आफू र आफ्ना नेताहरुलाई स्वास्थ्य उपचारका नाममा राज्यकाे ढुकुटिबाट उपलब्ध गराएकाे ३ कराेड ८५ लाख रुपैयाँ समेत राज्यकाेषमा फिर्ता गरेसँगै मीन बहादुरले दिएकाे जग्गा फिर्ता गरि पाटि केन्द्रीय कार्यालय बल्खुमानै गराउने समेत निर्णय गरेका छन । आफू सत्तामा रहँदा जतातै अराजकता भष्टाचार र दलालि फस्टाउने बाटाे खाेलिदिएका वलिले राज्यकाे ढुकुटी स्वविवेकमा चलाउने जुन पर्यत्न गरे त्यसकै कारण देशमा दुबै दिनकाे आन्दोलनमा वलि सत्ता छाेडेर भाग्ने अबस्था आयाे । उनका कर्तुतलाई लिएर अदालत पुग्दा समेत उनैले नियुक्त गरेका दलका न्यायाधीशहरुले वलिलाई खुला छाेडे । अब वलि केही दिनकाे विश्राम पछि अब पुन राजनितीमा सक्रिय भएर लाग्न थालेका छन । त्यै सक्रियताकाे प्रतिफलस्वरुपनै वलिले मिनबहाुरकाे जग्गा फिर्ता गर्ने सँगै राज्यकाेषबाट लिएकाे करिब ४ कराेड रुपैयाँ फिर्ता गर्ने निर्य गरेका हुन । मंशिरमा भएकाे महाधिवेशनमा आफू र आफ्ना मुट्ठि भित्रका मान्छेहरुलाई मात्र चुनाब जिताएर विपक्षि बिहिन केन्द्रीय समिति गठन गर्न सफल भएका वलिले मंशिरकाे महाधिवेशन पछि पहिलाे पटक गएकाे साताकाे अन्तिमदिन तिरबाट मात्रै केन्द्रीय सचिवालयकाे बैठक बाेलाएर पाटि चलायमान बनाउँदैछन । पाटि भित्रका विराेधिहरुलाई पेलेरै पाटि र सरकार चलाउनमा खप्पिस वलि,जेनजी आन्दोलनले तहसनहस बनाउँदानि उनमा कुनै पश्चाताप छैन । पाटिकाेविधान संसाेधन गरेर अध्यक्ष भएछि अरु २५ बर्ष पाटिमा आफ्नो विरुद्ध कसैलाई टेक्न नदिने लक्ष्य सहित आएका वलिलाई भदाै २३/२४ काे आन्दोलनले सत्ता छाेडेर भागाभाग गर्ने अबस्थामा पुर्याएपनि उनी टसकाेमस भएका छैनन । पाटिमा आएका केही कुरालाई मत्थर पारेर जान भन्दानि सरकारी धरपकडबाच वच्न केही गतिविधि शुरु गरेका छन ।राज्यकाेषबाट खाएकाे आैषधि उपचार फिर्ता गर्नु उनकाे त्यै गतिविधि भित्र पर्छ । करिब ६ महिनापछि चलेकाे पाटि बैठकमा वलिकाे सामान्य विराेधका स्वरहरु उठन थालेका छन तर पनि उनी आफ्नो कियाकराया प्रति पटक्कै पश्चाताप नगरेर डटने मुडमाछन । जेनजी आन्दोलन, चुनाब अनि चुनाबबाट एमाले दल उँधाेगतिमा लाग्दानि वलिकै कारण यस्तो भयाे भन्ने स्वर कुनै कार्यकर्ताबाट नउठनु वलिका लागि प्लस पाेन्ट मानिन्छ । चुनाबि परिणामकै कारण अलिअलि झस्कियका वलि फेरि पुरानै अबस्थामा आउन प्रचण्डकाे पाटिसित एकीकरण गर्ने सम्भावनापनि बलियाे देखिँदैछ । एकिकरणलाई सहज बनाउनका लागि नै माओवादि नेता बादललाई आफ्नाे बरियतामा ल्याउन काेशिस गरेकाे देख्दा वलि हिजाेका आफ्नाे पाटिका र दुखसुखमा सँगै हिँडेका साथी भन्दा घुरपसुवालाई पाटिमा स्थान दिन खाेजेकाे देख्दा कार्यकर्तानि दिक्दार भैसकेका छन । वलिकाे याे व्यवहार कतिन्जेल सैय हुनसक्ला आँफैमा ताज्जुप लाग्दाेछ । जेनजी आन्दोलनले बढारेका पाटि र तिनका नेताहरु अब सत्तामा पुग्न कठिन छ र पनि वलि भने मुट्ठिभर कार्यकर्तालाई साथमा लिएर हिँडने पर्यत्नमा लागेकाे देख्दा वलिकाे साहसलाई भने मान्नै पर्छ । अस्तु ।

“बिरसिक्का”

Leave a comment

Your email address will not be published. Required fields are marked *