घुयँत्राे:“पत्रकार महासंघमा कोरम हरायो, अब विज्ञापन खोज्न बालेन दरबारतिर जुलुस जाने तयारी !”

राज्यले निजि पत्रिकाहरलाई दिँदै आएकाे विज्ञापनकाे अधिकार बालेन सरकारले खाेसेर लगेर सबैभन्दा पैला स्वतन्त्र पत्रकारिता माथि प्रहार गरेर पत्रकारिता पेशामै तालालाएर हिन्न पर्ने बनाएछि बिचरा हामी पत्रकार ऐले ईन्तुन चिन्तुकाे अबस्थाँ छम् । अलिअलि आर्थिक जाेहाे हुने सरकारी विज्ञापन टाेटल्लि बन्द गर्न सरकारी कार्यालयलाई निर्देशनका निर्देशन जारी गर्दै अब उप्रान्त सरकारी विज्ञापन निजि क्षेत्रलाई नदिनु भन्ने पिएमओकाे आदेश भएछि ऐले हामी पत्रकार बर्षाका गाेरु जाेत्तिँदा जाेत्तिँदा लखतरान पर्याझैँ लखतरान पर्याछम् ।

सरकारसित कति बर्षदेखि लडेर ल्याकाे विज्ञापनकाे अधिकार खाेसेर लैदेछि अब निजि मिडिया सन्चालकले के खाने हाे अनि हाम्राे मुखाँ माड कसरि पर्ने हाे । आन्दोलन गरम् सहभागी हुने साथिहरु आैँलाँ गन्दा पानजनानि हुन्नन । हाम्ले आफ्नाे अधिकार खाेज्न उठेर सडकाँ जाम भनेनि लाजकाे मर्दाे सहभागिताले हाम्राे उपस्थिति हेर्दै उल्टै बालेन र रबि खित्का छाेडिछाेडि हाँस्लान जस्ताे छ । यस्ताे दुख पर्या बेलाँ पत्रकारकाे केन्द्रीय संगठनले फेरि यै १० गते ( जेठ)सम्म जिल्ला अधिबेसन गर भनेर बालेनल्यै जस्ताे जबरजस्तिकाे उर्दि जारी गर्देछ अनि हाम्लेनि (सुर्खेत जिल्लालेनि ) अधिबेसन गर्दिम न त भनेर साधारण सभकाे सार्वजनिक निम्तोमा गै देकाे त त्याँ पनि बिचरा काेरम नै नपुग्ने स्थिति आएर साधारण सभा हुनेनहुने विषयाँ तानातान चलेछि विधिपूर्वक साधारण सभा गरम विधानले भनेअनुसार फेरि २ दिन पछि साधारण सभा बाेलाम् त्यसाँ २५ प्रतिसत संख्या पुगेछि र त्याे नभएनि भाेलिपल्ट जति उपस्थित हुन्छन त्यै नै गणपुरक संख्या हाे भनेर भन्ने पक्षलाई गणपुरक संख्या नपुगेनि केहि हुन्न भन्ने पक्षकाे समर्थनाँ केन्द्रीय सदस्य नि जाेडिएर ऐले सम्म अधिवृशनभाका ३१ वटा शाखाँनि गणपुरक संख्या पुग्याछैन तर साथिहरले अधिवेशन गर्याछन भनेर पुराना राजनितीक दलहरुले बेथितिलाईनै स्विकारेर र चलाएर अघिबढनु पर्छ भन्यझैँ गरि भनेर साधारण सभा सम्पन्न गरेछि साक्षि बनियाे हिनियाे केन्द्रकै निर्देशन त हाेला गणपुरक सख्या नभएनि अधिवेशन मान्य हुने । याे घटनाले मलाई माओवादि हरुलाई गिर्जाले विनाचुनाव ८४ साँसद अर्थात सदनकाे ५० प्रतिशत सांसद दिएर संसदिय ब्यवस्था छिराए । त्यसरि छिर्ने अबसर पाएछि एकातिर माओवादिले चुनाबाँ जनतालाई भाृटदिन बाध्य पार्न अनेक डरत्रास र ज्यानकै समेत दागा राखेर विचरा जनताले ज्यानै जाेगाउन भएनि माओवादिलाई भाेट हाले प्रचण्डले बहुमत ल्याए सरकार बनाए ।अनि त्यै सरकारकाे आडमा पत्रकार महासंघमा प्रेस सेन्टरका नाममा या‌ैटा भिडनै छिर्याे त्याे भिडले ब्यापारी देखि एन्जिओ,मास्टर प्राध्यापक,नाचगान वाला टिम सहित कसैलाई बाँकि नराखेर आफ्नाे बहुमत हुने गरि पत्रकार बनायाे चुनाब गरनयाे सरकारै माओवादिकाे भएछि महासंघमा पुग्नेकाे धेकेला धकेल भिड बढ्याे सरकार माओवादिकाे भएछि पत्रकनरनि मनओवादिकै भए कर्मचारी संगठन उनकै भए उनका विरुद्ध बाेल्ने हिम्मत कस्काे ?? हामीले हिजाेनि दलवाला, मास्टर , प्राध्यापक अनि एनजिओ जस्तालाई पत्रकारकाे सदस्यता नदिम भनिम् तर हाम्राे सुनुवाई भएन त्याे बेला उनरल्यै जिते ऐले जब त्याे शक्तिलाई यसमा रस बसेन आउनै छाेडे अनि काेरम पनि पुगेन । साँच्चै ऐले काेरमै नपुगेछि तिनरलाई हाम्ले गल्ति गरिम भन्ने आत्म ग्लानि भा हाेला कि नाई ? ऐलेअब याे झुण्ड सायद बालेनकाे पाटिमा गएर फेरि एक पटक महासंघमा कब्जा गर्ने दाउमा हाेलान ।हेरम रबि र बालेनले पत्रकारका लागि संगठन बनाई दिन्छन कि ? काेरम पुर्याई दिन्छन पत्रकार साथिहरु ढिकढिक आएर बस्या छन प्रधानमन्त्री र अध्यक्ष रबिकाे ईशारा पाउने बित्तिकै फाल हाल्ने वाला छन । हुन पनि अब अरुले महासंघकाे नेतृत्व लेर भलाे गर्न सक्नेवाला छैन बरु रबिकै दललाई नेतृत्व दियाे भने उनरकै अध्यक्षले बरु विज्ञापन अधिकार ल्याउँथ्याे कि ! ? सरकारी विज्ञापन निजि क्षेत्रलाई नदिने हाे भने त त्याे सन्चारग्रामकाे नेपालपत्रकार महासंघकाे छानामुनि बस्नेकाे नि केई काम छैन बरु बालेन सरकार सत्ताट फर्किँदा दिन साँचाे माग्न आउने गरि साँचाे बुझाएर आफ्नै साथिसङी भा तिर आए हुन्छ । कि कसाे ! विज्ञापनकाे अधिकारले भनेर सडकाँ जाम भने पत्रकारनै शिला खाेज्याजतिनि भेटिने हुनकि हैनन् । त्यसै त बालेन विपक्षि दलसित फायर छन दलवालालाई रिस फेर्ने निहुमा पुलिसले पत्रकारहरका हड्डि पसलि एक बनाए भने बिचरा हाम्राे झन हरिविजाेग हुने हाेला ।त्यसैले” निरङ्कुस सरकारलाई निरंकुसै भएर बस्न दिम । त्यसैमा हाम्राे खैरियतछ । हैन र” ? याे भनाईमा त गणपुरक संख्या पुग्लानि हैन र साथिहरु !
“बिरसिक्का”

घुयँत्राे:“पत्रकार महासंघमा कोरम हरायो, अब विज्ञापन खोज्न बालेन दरबारतिर जुलुस जाने तयारी !”

लुको चपेटामा बाँके : चर्को गर्मीले मजदुरदेखि

घुयँत्राे:“पत्रकार महासंघमा कोरम हरायो, अब विज्ञापन खोज्न बालेन दरबारतिर जुलुस जाने तयारी !”

ढटेलाे तेल तिर,जुम्ली महिलाको आकर्षण

Leave a comment

Your email address will not be published. Required fields are marked *