मानव अधिकार संरक्षणका लागि आयोग सधैं चनाखो हुनुपर्छ : मुख्यमन्त्री आचार्य

दाङ,१३ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले मानव अधिकार संरक्षणका लागि राष्ट्रिय मानव अधिकार आयोग जतिबेला पनि चनाखो र सक्रिय हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगको २६ औं वार्षिकोत्सवका अवसरमा बुधबार राप्ती उपत्यका(देउखुरी)मा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले राज्यलाई सही मार्गमा उभ्याउने जिम्मेवारी मानव अधिकार आयोगको रहेको बताउनुभएकाे हाे । उहाँले […]

डुडुवा मिडिया नीति निर्माणका लागि परामर्श

नेपालगन्ज ,१३ जेठ । डुडुवा गाउँपालिकाको डुडुवा मिडिया नीति निर्माणका लागि परामर्श गरिएको छ । डुडुवा गाउँपालिकाले मंगलबार नेपाल पत्रकार महासंघ बाँके शाखा कार्यसमितिसँग छलफल गरेको हो । पालिकाले चालू आर्थिक वर्षभित्रै डुडुवा मिडिया नीति निर्माण गर्ने तयारी गरेको हो । त्यसका लागि विभिन्न चरणमा सुझाव लिने काम भइरहेको मिडिया नीति निर्माणका सदस्यसचिव सञ्जयकुमार कर्णले […]

गणतन्त्रात्मक शासन प्रणाली र निजामती सेवा 

श्यामप्रसाद मैनाली लोकतान्त्रिक अधिकारहरूको पूर्ण उपभोग गर्न नागरिकहरू बढी आकर्षित हुन्छन् । राजनीतिक प्रणालीको विकासक्रम अध्ययन गर्दा निरङ्कुश  राजतन्त्रले नै विश्वका प्रायः सबै देशहरूमा प्रारम्भका दिनहरूमा एकछत्र शासन गरेको अवस्था थियो । तत्पश्चात् नागरिकहरूले लोकतान्त्रिक अधिकारहरू क्रमशः प्राप्त गर्दै गएको अवस्था हो ।  आधुनिक समाजको आकर्षण लोकतन्त्रप्रति छ । जनताको सर्वोच्चतालाई स्वीकार गर्दै शासन प्रणालीमा […]

नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

कञ्चनपुर, १३ जेठ ।  बेलौरी नगरपालिका–५ भकुण्डास्थित ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्र नक्टाबाबा (कालेश्वर) मन्दिर क्षेत्रमा गङ्गादशहरा पर्वका मेला लागेको छ । मङ्गलबार रातिदेखि मन्दिर क्षेत्रमा सुरु भएको मेला बुधबार साँझसम्म जारी रहनेछ ।  मेलामा सहभागी हुन नेपाल तथा भारतका विभिन्न स्थानबाट उल्लेख्य सङ्ख्यामा श्रद्धालु भक्तजन धार्मिक क्षेत्रमा पुगेका छन् । हरेक वर्ष जेठको शुक्लपक्षको […]

दिगो पर्यटन प्रवद्र्धनका लागि पञ्चवर्षीय रणनीति

काठमाडौँ, १३ जेठ ।  नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को संयुक्त पहलमा नेपालको दिगो पर्यटनका लागि पञ्चवर्षीय रणनीति तयार गरिने भएको छ ।  यसका लागि ती दुई निकायद्वारा ‘इन्टरनेसनल मार्केटिङ स्ट्राटेजी एन्ड फाइभ इयर एक्सन प्लान’सम्बन्धी छलफल छ । छलफलमा नेपाललाई विश्व पर्यटन बजारमा प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न प्रभावकारी बजारीकरण […]

अटोचालकको पेसामा महिलाको आकर्षण  

सुर्खेत, १३ जेठ ।  पछिल्लो समय अटोचालक व्यवसायमा महिलाहरू आकर्षित हुँदै गएका छन् । सुर्खेतमा १०० भन्दा बढी महिला अटो चालक पेसामा आबद्ध छन् । सहर पसेसँगै उनीहरूले श्रम, सीप र साहसका साथ पेसालाई आत्मनिर्भर बनाउँदै लगेका छन् । जसबाट उनीहरूको दैनिकी मात्र चलेको  छैन, भविष्यका लागि बचत समेत गर्न सफल भएका छन् । महिलालाई […]

१६ औं प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु 

सुर्खेत, १३ जेष्ठ ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगर रंगशालामा १६ औं प्रदेश स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता भव्य रूपमा सुरु भएको छ । कर्णाली प्रदेशका सबै जिल्लाका खेलाडीहरूको उत्साहजनक उपस्थिति रहेको उक्त प्रतियोगिताको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री माननीय यामलाल कँडेलले कर्णालीको खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकार दृढताका साथ […]

कक्षाकोठा नहुँदा टहरामा विद्यार्थी 

मुगु, १३ जेठ ।  मुगुको सोरु गाउँपालिका–७ कि बालसुन्दरी विष्ट मात्र होइन, अधिकांश विद्यार्थी उपयुक्त कोठा नहँुदा टहरामा पढ्न बाध्य छन् । गाउँपालिकामा रहेको एकमात्र ‘आवासीय विद्यालय’ मा आवश्यक भौतिक पूर्वाधार (कक्षाकोठा) नहुँदा विद्यार्थीहरू कष्टकर रूपमा जस्ताको टहरोमा बसेर पढ्न थालेको वर्षौं भयो ।   प्रावि तहमा सामान्य कक्षा कोठा भए पनि निमाविदेखि माविसम्म विद्यार्थीहरू जस्ताको […]

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तह पनि को पठनपाठन थालनी

काठमाडौँ, १३ जेठ ।  नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान भण्डारखालमा विद्यावारिधि तह डिएम/एम सिएचतर्फ तीन विधामा विद्यावारिधि तहको पठनपाठन थालनी  भएको छ । ती विधामा डिएम कार्डियोलोजी, डिएम क्रिटिकल केयर तथा एम सिएच युरोलोजी विषय छन् ।  संस्थानका कार्यकारी निर्देशक उपरथी प्रा डा देवेन्द्रबहादुर खत्रीले भन्नुभयो, “विद्यावाधि तह डिएम/एम सिएचतर्फ डिएम कार्डियोलोजी, डिएम क्रिटिकल केयर  […]

कर्णालीमा रोकिएन असारमा रकमान्तर गर्ने प्रवृत्ति 

ओम शाही सुर्खेत, १३ जेष्ठ ।  प्रदेश स्थापना भएयता कर्णाल प्रदेश सरकारले आफ्‌नो वार्षिक नीति तथा कार्यक्रममा एउटा विषय कहिल्यै छुट्दैन । त्यो हो, असारमा रकमान्तर नगर्ने नीति । आर्थिक वर्षको अन्त्य अर्थात असार महिनामा गरिने रकमान्तरको प्रभावकारी र पारदर्शी नहुने भन्दै वर्षेनी सरकारले नीति ल्याउछ । तर, व्यवहारमा भने आर्थिक वर्षको अन्त्यमा ठुलो बजेट […]

सम्पादकीय : भूमिगत पानीका स्रोत जोगाऔं !

सुर्खेतको वीरेन्द्रनगर उपत्यकामा पानीको संकट र प्राकृतिक प्रकोपको जोखिम पछिल्ला वर्षहरूमा गम्भीर चुनौतीका रूपमा देखा परेको छ । तीव्र सहरीकरण, अव्यवस्थित भू–उपयोग, वन विनाश र जलवायु परिवर्तनका असरले उपत्यकाको प्राकृतिक जलचक्र असन्तुलित बन्दै गएको छ । यही पृष्ठभूमिमा कर्णाली प्रदेश सरकारले एकीकृत जलाधार व्यवस्थापन गुरुयोजना लागू गर्नुलाई सकारात्मक र दूरदर्शी कदमका रुपमा लिन सकिन्छ । […]

लुम्बिनी प्रदेश सभा बैठक आज पनि बस्दै, नीति तथा कार्यक्रममाथि छलफल टुंगिने

दाङ ,१३ जेठ । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत आठौं बैठक आज बुधबार दिउँसो १ बजे बस्दैछ । बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८३\०८४ को नीति तथा कार्यक्रममाथिको छलफल टुंग्याइने कार्यसूची रहेको छ । प्रदेश सभा सचिवालयका अनुसार बैठकको प्रारम्भमा विपक्षी दलका नेता जोख बहादुर महराले विशेष समयमा सम्बोधन गर्नुहुनेछ । त्यसपछि सामाजिक विकास […]

मर्यादित महिनावारीबारे जुम्लामा सञ्चारकर्मी छलफल

गाेल्डेन बुढा जुम्ला,१२ जेठ । सामाजिक अभियान्ता राधा पौडेलले जुम्लाका सञ्चारकर्मीहरूसँग यौन तथा प्रजनन स्वास्थ्यसँग सम्बन्धित मर्यादित महिनावारी विषयक दुई दिने गहन छलफल कार्यक्रम सञ्चालन गरेकी छिन्।महिनावारीलाई अझै पनि अन्धविश्वास, सामाजिक बन्देज, अपवित्रताको धारणा र परम्परागत विभेदसँग जोडेर हेर्ने अभ्यासका कारण महिलाको सम्मान, आत्मसम्मान, अवसर र अधिकारमा दीर्घकालीन असर परिरहेको भन्दै पौडेलले समाजको सोच, व्यवहार […]