बकर ईदले सामाजिक सद्भाव र राष्ट्रिय एकता थप मजबुतः मुख्यमन्त्री आचार्य

दाङ,१४ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले बकर ईद (ईद–उल–अज्हा) पर्वले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ । बकर ईदको अवसरमा बिहिवार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले नेपाल विविध भाषा, धर्म, संस्कृति र परम्पराले समृद्ध मुलुक भएको उल्लेख गर्नुभएको छ । उहाँले विभिन्न समुदायले […]

स्वास्थ्य बीमा बोर्डद्वारा ‘सुविधा थैली’ को दररेटमा परिवर्तन

काठमाडौँ, १४ जेठ ।  स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य उपचारका लागि ‘सुविधा थैली’ को दररेट परिवर्तन गरेको छ ।  स्वास्थ्य बीमा लागू भएपछि पहिलो पटक बोर्डले औषधि, औषधिजन्य सामग्री, स्वास्थ्य सेवा, शल्यक्रिया तथा प्रयोगशालको परीक्षणको सुविधा थैली दररेट परिवर्तन गरेको हो ।   बोर्डका कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिमार्जित नयाँ दरअनुसार औषधी, […]

साइनबोर्डमा स्थापना भएको सुर्खेत  मेडिकल कलेज खारेजीको चरणमा

ओम शाही सुर्खेत, १४ जेठ । संघीय सरकारको आर्थिक वर्ष २०७३/७४ को बजेट वक्तव्यको बुँदा नम्बर २२४ मा सबै नागरिकलाई शिक्षा र स्वास्थ्यको पहुँचमा पुर्‍याउन ‘एक प्रदेश एक मेडिकल कलेज’ को अवधारणा अघि सर्‍यो । सरकारको सोही अवधारणा अनुसार मधेश प्रदेशको महोत्तरीको बर्दिबास, लुम्बिनीको बुटवल र कर्णाली प्रदेशको सुर्खेतमा मेडिकल कलेज स्थापनाका महत्वाकांक्षी योजना अघि […]

सम्पादकीय : असारमा बजेट सार्ने प्रवृतिको अन्त्य गर !

कर्णाली प्रदेश सरकारले हरेक वर्ष आफ्नो नीति तथा कार्यक्रममा एउटा प्रतिबद्धता दोहोर्‍याउँदै आएको छ—असार महिनामा रकमान्तर नगर्ने । आर्थिक वर्षको अन्त्यमा हतार–हतार बजेट सार्ने, टुर्क्याउने र खर्च देखाउने प्रवृत्तिले वित्तीय अनुशासन कमजोर बनाउने भन्दै सरकारले यस्तो नीति लिने गरेको हो । तर, विडम्बना नीति र व्यवहारबीचको दूरी भने झन् बढ्दो छ । महालेखापरीक्षकको कार्यालयले हालै […]

जुम्लामा कानुन र मानविकी संकाय थप्ने अन्तिम तयारी

गाेल्डेन बुढा जुम्ला,१३ जेठ । कर्णालीका हजारौं विद्यार्थीका लागि उच्च शिक्षा अझै अवसरभन्दा बढी संघर्षको विषय बनेको छ । विद्यालय शिक्षा पूरा गरेपछि अधिकांश विद्यार्थी सुर्खेत, नेपालगञ्ज र काठमाडौंतिर लाग्न बाध्य छन् । आर्थिक अभाव, बसाइँको समस्या र पहुँचको कठिनाइबीच धेरैले पढाइ नै बीचमै छाड्ने गरेका छन् । यही समस्याकाबीच जुम्लामा नयाँ शैक्षिक संकाय थप्ने […]

घुयँत्राे:“बत्ती छैन, पानी छैन — तर भाषणमा नेपाल सिंगापुर पुगिसक्यो !”

ऐले देशमा दुई तिहाइकाे नयाँ दल, जेनजी दलकाे सरकारछ ।याे सरकार ल्याउन सुर्खेती जनताले मरिमेटि सहयाेग गरेका हुन तर पनि सरकारलाई के चित्त बुझेन कुन्नि विगत १ मैनादेखि सुर्खेतमा बत्ति छैन । त्यसाे त कर्नालिकाे राजधानी वीरेन्द्र नगराँ पानी पनि छैन । १ मैना अघि आकाे हावा हुरीले २ वटा पाेल फालेकाे भनेर सामाजिक सन्जालाँ […]

बुलबुलेमा बाढी तथा डुवान सम्बन्धि कृत्रिम घटना अभ्यास

सुर्खेत ,१३ जेठ। वीरेन्द्रनगरमा विपद् जोखिम न्यूनिकरण तथा रोकथाम सम्बन्धि कृतिम घटना अभ्यास गरिएको छ । बुधबार विपद् जोखिम न्यूनिकरण तथा रोकथामका लागि बाढी तथा डुबान सम्बन्धि कृतिम घटना अभ्यास गरिएको हो । मनसुन नजिकिएसँगै वीरेन्द्रनगरमा जलवायुजन्य प्रकोपबाट आउन सक्ने बाढी र ढुवानको जोखिममा परेकाहरुको उद्दार गर्न कृतिम घटना अभ्यास गरिएको हो । वीरेन्द्रनगर जलवायुजन्य […]

मानव अधिकार आयोगले मनायो स्थापना दिवस

सुर्खेत ,१३ जेठ । राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालय सुर्खेतले आफ्ना स्थापनाको २६ औं वार्षिकोत्सव मनाएको छ । बुधबार वार्षिकोत्सवको अवसरमा आयोगले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो । शुभकामना आदान प्रदान कार्यक्रमका सहभागि संघ र प्रदेश सरकार मातहत निकायका प्रमुख तथा अन्य संघसंस्थाका प्रतिनिधिहरुले आयोगले गरेका काम कारबाहीको समिक्षा गर्दै विभिन्न […]

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

दाङ ,१३ जेठ । लुम्बिनी प्रदेश सरकारको बार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आठौं अधिवेसनको आठौं बैठकले आर्थिक बर्ष २०८३\०८४ को बार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक बर्ष २०८३\०८४ को बार्षिक नीति तथा कार्यक्रम पारित गरियोस भन्ने प्रस्ताव पेश गर्नुभएको थियो । उक्त […]

प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यको सम्वोधन आर्थिक वृद्धि र पूर्वाधार विस्तारले संघीयताको औचित्य पुष्टी

दाङ ,१३ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले अघिल्ला सरकारले अघि सारेका विकास कार्यक्रमलाई बीचमै नछोडी निरन्तरता दिनु नै सरकारको दायित्व भएको बताउनुभएको छ । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनको आठौं बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रममा छुटेका विषयहरूलाई आगामी बजेटमार्फत समेटिने स्पष्ट पार्नुभएको हो ।‘सरकार अविछिन्न उत्तराधिकारी हो । अघिल्लो […]

विपद् आउनुअघि जुम्लामा नेपाली सेनाद्वारा उद्धारको तयारी

गाेल्डेन बुढा, जुम्ला,१३ जेठ । भीरमाथिबाट झुन्डिएको डोरी, तल खोँचमा उद्धारको पर्खाइमा परेका ‘घाइते’, नदीको बहाव चिरेर अघि बढिरहेका सुरक्षाकर्मी र पहिरोले पुरिएको बस्तीबाट मानिस निकाल्ने हतारो। केहीबेर दासाँघु क्षेत्र वास्तविक विपद्को दृश्यजस्तै देखिन्थ्यो। तर,त्यो वास्तविक घटना थिएन, सम्भावित मनसुनजन्य विपद्को सामना गर्न गरिएको ‘रेस्क्यु रिहर्सल’ थियो।मनसुन सुरु हुन केही दिन बाँकी रहँदा जुम्लामा नेपाली […]

लुम्बिनी प्रदेश सभा बैठक जारी

दाङ ,१३ जेठ । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत आठौं बैठक जारी छ । बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८३\०८४ को नीति तथा कार्यक्रममाथिको छलफल टुंग्याइने कार्यसूची छ । विपक्षी दलका नेता जोख बहादुर महराले विशेष समयमा सम्बोधन गरिरहनु भएको छ । आजकाे बैठकमा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘थारु समुदायका प्रथाजनित परम्पराको संरक्षण […]

मनसुनजन्य विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ ,१३ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले मनसुनजन्य विपद् प्रतिकार्यका लागि पूर्व तयारीमा जुट्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । प्रदेश विपद् व्यवस्थापन परिषद्काे १३ औं बैठकलाई बुधबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पानीजन्य विपद्का कारण यस वर्ष क्षति बढ्न सक्ने अनुमान गरिएको बताउनुभयो । प्रि–मनसुन अवधिमै विभिन्न स्थानमा क्षति बढेकाले सबै निकायलाई […]