घुयँत्राे:“बत्ती छैन, पानी छैन — तर भाषणमा नेपाल सिंगापुर पुगिसक्यो !”

ऐले देशमा दुई तिहाइकाे नयाँ दल, जेनजी दलकाे सरकारछ ।याे सरकार ल्याउन सुर्खेती जनताले मरिमेटि सहयाेग गरेका हुन तर पनि सरकारलाई के चित्त बुझेन कुन्नि विगत १ मैनादेखि सुर्खेतमा बत्ति छैन । त्यसाे त कर्नालिकाे राजधानी वीरेन्द्र नगराँ पानी पनि छैन । १ मैना अघि आकाे हावा हुरीले २ वटा पाेल फालेकाे भनेर सामाजिक सन्जालाँ हुरीले ढालेका पाेलकाे फाेटाे आकाेआई छ । तर ती पाेल बन्छन कि बन्दैनन् ? बन्छन भने कैले बन्छन ? यसकाे जवाफ न बत्ती दिने सरकारी अफिसले दिन्छ न आँफुलाईगणतन्त्रे सिंहदरबारभै खाकाे गाउँघरकाे सिंह दरबार मुख्यमन्त्री कार्यालयले दिन्छ । त्यसाे त कर्नालिका यी गाउँघरमा आउने गरेका विजुलि यसअघिका सरकार हुँदानि महिनाैँ जान्थे विजुलि नभएनि त्यसकाे शुल्क र हर्जाना तिरेकै हाे ।बत्ति नभएनि बत्तिकाे पैशा तिर्नु पर्ने पीडाबाट मुक्ति पाईलाकि भनेर जनताले नयाँ पाटिलाई राेजे र नयाँ सरकार ल्याए त्याे पनि सामान्य वहुमतकाे हाे र दुई तिहाईकाे । पुराना दल र तिनका नेता गलत भए भनेर त नयँदल नयाँ सरकार ल्याए भने अँझै पनि पुरानै दलकाे तरिकाले चल्ने हाे र हिजाेकाे कार्य प्रणालीमा सुधार नआउने हने भने सत्तासिन दलले हामी परिवर्तन गरेर छाेडछम् भनेर किन डिङ हाँक्ने तनि ! याैटा जाबाे बिजुलिकाे पाेल फेर्न २ मैना लाग्ने हाे भने याे सरकारले जनतालाई समृद्धि दिन्छ कसरी अनि विकासले फडकाे मार्छ कसरी? कुरैले मनर्ने भए त हिजाेका दलले नि कुराले फाँडन काँ बाँकि राखे र ? कुराले त हिजाे वलिले नि नारायणीमा पानी जहाज चलाएकै हुन,कुस्मासम्म रेल पुर्याएकै हुन ,घरघरमा ग्याँस पाईप पुर्याई दे कै कारण ऐले ईरान इराक र अमेरिकावीच युध्द चल्दा आधासिलिण्डर ग्याँसले नेपालिले दालभात पकाएर खा कै छन । याैटा जावाे विजुलिकाे पाेल ठड्याउन २ मैना लगाउने सरकारले पुराना दलले बेचेका भृकुटी कागज कारखानदेखि धागाे कारखानाहुँदै जुटमिल र रबर उद्याेग जस्ता ३०/३५ वटा उद्योग चलाउँछम् भनेर जनतालाई गफ दिने अनि हाम्ले यिनरका तिनै गफ पत्याएर ” बालेन सरकार हाई हाई अरुपाटि वाईवाई ” भनेर नारा लाई दिनु पर्ने हैन्त ! याैटा जाबाे हर्क साम्पाङ भन्नेले सदनलाई दैनिक अस्थिर बनाएर सदनका काम कार्वाहि सुचारु हुन नदिँदा उल्लाई ठेगान लाउन नसक्ने सरकारले अरु के गर्न सक्ला जनताले सदन र सरकार दुबैकाे हुति हेरि सकेका छन ।
देशभित्र गरेका यिनरका गतपविधिले जनता पुराना दलबाट भन्दा जेनजी र त्यसकाे बालेन सरकार बाट अघाई सकेका छन । अब बाँकी मित्र राष्टसित यिनरकाे काम गराई र बाेलाई कस्ताे हुन्छ अनि छिमेकिले यिनलाई कसरी व्यवहार गर्छन त्यत्ति मात्र हेर्न बाँकि छ नत्र सरकार बनेकाे सय दिनमा के के गरे ती गराई जनताकै निम्ति थिएकि विपक्षि र पुराना दलसित बदला लिन गरियाथे जनताले बुझि सक्याछन । त्यसैले कुनै दिन यी जनतानि पुरानै दलका हुन त्यसैले यिनका लागि किन काम गर्ने भनेर आएभने त्यसमा अनाैठाे मान्नु पर्ने केही छैन । हाम्रालागि यी दल आउन कि उ दल आउन ” बेल पाक्याे काैवालाई हर्ष न विस्मात् ” भन्या जस्तै हाे । ब्यान बेल्का हातमुख जाेर्ने सामान किन्न हिजाे भन्दा सयदेखि २ सय प्रतिसत महंगाे पैशा तिर्नु पर्छ । राेजगारी न हिजाे पाईन्थ्याे न आज पाईन्छ । विदेश जानेकाे लर्काे हिजाे जस्ताेथ्याे आज त्यस्तैछ । परिवर्तन भन्या त दुख्खलाई सुख्खमा परिणत गर्ने हाेला तर ह्याँ त हिजाेभन्दा आज झनझन् कष्ट छ । शासकका नाम मात्र बदलिएका छन काम उहिछन । अब त ५ बर्ष विताउननि ५० बर्ष विताए जस्ताे हुने हाेला । “याैटा निरंकुश र अधिनायकवादि जन्मिननि लाेकप्रियतानै चाहिन्छ” भन्या यै त हाेला । जस्का अकाट्य उदाहरण रबि र बालेन नै हुन । ५ बर्षे नेपाली राजगद्दी यीनरलाई मुवारक हाेस ।





