बुलबुलेमा बाढी तथा डुवान सम्बन्धि कृत्रिम घटना अभ्यास

सुर्खेत ,१३ जेठ।
वीरेन्द्रनगरमा विपद् जोखिम न्यूनिकरण तथा रोकथाम सम्बन्धि कृतिम घटना अभ्यास गरिएको छ । बुधबार विपद् जोखिम न्यूनिकरण तथा रोकथामका लागि बाढी तथा डुबान सम्बन्धि कृतिम घटना अभ्यास गरिएको हो । मनसुन नजिकिएसँगै वीरेन्द्रनगरमा जलवायुजन्य प्रकोपबाट आउन सक्ने बाढी र ढुवानको जोखिममा परेकाहरुको उद्दार गर्न कृतिम घटना अभ्यास गरिएको हो । वीरेन्द्रनगर जलवायुजन्य प्रकोपको बहुजोखिममा रहेकाले सम्भावित क्षेत्रमा विपद् आइहाले समयमै प्रतिकार्य गर्नसक्ने जनशक्ति तयार गर्ने उद्देश्यले कृतिम घटना अभ्यास गरिएको जनाइएको छ ।
युएनडिपी, युएन युमन, ह्याण्डिक्याप इन्टरनेशलको आर्थिक तथा प्राविधिक सहयोग, सुन्दर नेपाल संस्थाको स्थानीय सहजिकरण र वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा सञ्चालिन शहरी विपद् तथा भुकम्पिय पूर्व तयारी (सुपुर–२) परियोजना अन्तर्गत विपद्पछिको प्रतिकार्य र उद्दार सम्बन्धि कृतिम अभ्यास गरिएको हो ।
वीरेन्द्रनगर–१० स्थित बुलबुले तालामा गरिएको कृतिम अभ्यासमा सशस्त्र प्रहरी बल नेपाल र वीरेन्द्रनगर नगरपालिकाका नगर प्रहरीको सहभागिता थियो । उनीहरुले बाढी र ढुवानमा परेका मानिसहरुको उद्दार गरी सुरक्षित स्थान वा स्वास्थ्य संस्थासम्म लैजान अपनाइने प्राविधिक विषयमा अभ्यास गरेका थिए । उक्त अभ्यासको अवलोकन स्थानीय र विद्यार्थीले गरेका थिए ।





