मानव अधिकार आयोगले मनायो स्थापना दिवस

सुर्खेत ,१३ जेठ ।
राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालय सुर्खेतले आफ्ना स्थापनाको २६ औं वार्षिकोत्सव मनाएको छ । बुधबार वार्षिकोत्सवको अवसरमा आयोगले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो । शुभकामना आदान प्रदान कार्यक्रमका सहभागि संघ र प्रदेश सरकार मातहत निकायका प्रमुख तथा अन्य संघसंस्थाका प्रतिनिधिहरुले आयोगले गरेका काम कारबाहीको समिक्षा गर्दै विभिन्न सुझाव तथा आगामी दिनहरुमा आयोगले खेल्नुपर्ने भूमिकाबारे धारणा राखेका थिए ।

उनीहरुले मानव अधिकार संरक्षण र सम्वर्धनमा आयोग प्रतिवद्ध रहेको बताउँदै सामुहिक पहलबाट मात्र मानव अधिकारको संरक्षण हुने बताएका थिए । वार्षिकोत्सवको अवसरमा आयोगले सम्पादन गरेका कार्य सन्तोषजनक रहेको र आगामी दिनमा आयोगले अझ प्रभावकारीरुपमा काम गर्नुपर्ने सुझावसमेत सहभागिहरुले दिएका थिए ।
आयोगको कर्णाली प्रदेश कार्यालयका प्रमुख रमेश कुमार थापाले यस आर्थिक वर्षमा सम्पन्न कार्यहरुको बारेमा जानकारी गराएका थिए ।

उक्त कार्यक्रममा कर्णाली प्रदेशका विभिन्न मन्त्रालयहरु,सुर्खेत जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न पेसागत महासंघका प्रमुख तथा प्रतिनिधिहरु, कानुन व्यवसायी, मानव अधिकारकर्मी, गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, अन्तराष्ट्रिय गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, सञ्चारकर्मीहरु लगायत आयोगका कर्मचारीहरुको सहभागिता थियो । उक्त कार्यक्रममा मानव अधिकार अधिकृत राजेन्द्र प्रसाद न्यौपानेले सहभागिहरुलाई स्वागत एवं कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

मानव अधिकार आयोगले मनायो स्थापना दिवस

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

मानव अधिकार आयोगले मनायो स्थापना दिवस

बाँकेमा गर्मीको कहर : किसान–मजदुर बढी प्रभावित,

Leave a comment

Your email address will not be published. Required fields are marked *