डुडुवा मिडिया नीति निर्माणका लागि परामर्श

नेपालगन्ज ,१३ जेठ ।

डुडुवा गाउँपालिकाको डुडुवा मिडिया नीति निर्माणका लागि परामर्श गरिएको छ । डुडुवा गाउँपालिकाले मंगलबार नेपाल पत्रकार महासंघ बाँके शाखा कार्यसमितिसँग छलफल गरेको हो ।
पालिकाले चालू आर्थिक वर्षभित्रै डुडुवा मिडिया नीति निर्माण गर्ने तयारी गरेको हो । त्यसका लागि विभिन्न चरणमा सुझाव लिने काम भइरहेको मिडिया नीति निर्माणका सदस्यसचिव सञ्जयकुमार कर्णले जानकारी दिए ।
कार्यक्रममा सहजीकरण गर्दै विज्ञ पत्रकार राकेशकुमार मिश्रले मिडियाहरूलाई व्यवस्थित गर्न पालिकाले आफ्नै मिडिया नीति बनाउन लागेको जानकारी दिए । यस्तै नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले डुडुवाले मिडिया व्यवस्थापनका लागि नीतिगत रूपमै पहल गरेकोमा धन्यवाद दिए ।
सञ्चार क्षेत्रको व्यवस्थापनका लागि पालिकाले मिडिया नीति बनाउन लागेको छ । पालिकाले मिडिया नीति निमार्णका लागि पत्रकार महासंघ बाँके अध्यक्ष नवीन गिरीको संयोजकत्वमा पालिकाबाट सूचना अधिकारी सञ्जयकुमार कर्ण सदस्यसचिव र विज्ञ सदस्यमा पत्रकार राकेशकुमार मिश्र र प्रियास्मृति ढकाल रहेका छन् ।

डुडुवा मिडिया नीति निर्माणका लागि परामर्श

गणतन्त्रात्मक शासन प्रणाली र निजामती सेवा 

डुडुवा मिडिया नीति निर्माणका लागि परामर्श

मानव अधिकार संरक्षणका लागि आयोग सधैं चनाखो

Leave a comment

Your email address will not be published. Required fields are marked *