२०८३ मंसिर ८ गते
वीरेन्द्रनगर, सुर्खेत 13°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

फेरिए सुर्खेतका प्रहरी प्रमुख

सुर्खेत ,११ जेठ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका नयाँ प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले शान्ति सुरक्षा कायम गर्ने कुरामा कुनै कसर बाँकी नराख्ने बनाएका छन् । आइतबार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पत्रकारसँगको परिचयात्मक कार्यक्रममा पोखरेलले कार्यसम्पादनलाई उत्कृष्ट र जनमुखी बनाइने बताए । ‘प्रहरीको एक्लो प्रयासले केही हुँदैन,’ उनले भने, ‘समाजमा शान्ति सु–व्यवस्था कायम गर्न सबैको भूमिका महत्वपूर्ण हुन्छ ।’ 

प्रहरी उपरीक्षक पोखरेलले हाल सुर्खेतमा रहेको चुनौतीका विषयलाई अध्ययन गरी हल गरिने पनि बताए । पत्रकारहरूले सुर्खेतमा सडक सुरक्षा कायम, लागुऔषध नियन्त्रण, अवैध यौन गतिविधिलाई नियन्त्रण गर्नुपर्ने जस्ता कुरामा ध्यान दिनुपर्ने सुझाव दिएका थिए । पछिल्लो समय राजधानी वीरेन्द्रनगरमा लागुऔषध र अवैध यौनजन्य गतिविधि नियन्त्रण प्रमुख चुनौतीका रूपमा रहेको छ । जवाफमा पोखरेलले सही सूचनामा आधारित रहेर कानुन विपरीतका गतिविधिलाई निस्तेज पारिने बताए ।

फेरिए सुर्खेतका प्रहरी प्रमुख

बाजुरा–हुम्ला विवाद अध्ययन गर्न समिति गठन

फेरिए सुर्खेतका प्रहरी प्रमुख

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!