विद्यार्थीको स्वास्थ्य जाँच गरेर फर्कियाे चिकित्सककाे टाेली

गाेल्डेन बुढा

जुम्ला,१२ जेठ।
गत बिहीबारदेखि जुम्लाको पातारासी–४ मा रहेको ऋमोक्ष मावि डिल्लीचौरमा विद्यार्थी बिरामी पर्न थालेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोली विद्यालयमै पुगेर विद्यार्थीको स्वास्थ्य जाँच गरेर फर्किएको छ। यस विद्यालयका केही विद्यार्थीमा रुने, कराउने, काम्ने र ढल्ने लक्षण देखिएको हो। कक्षा ६ देखि १० सम्मका विद्यार्थी एकाएक बिरामी पर्न थालेपछि चिकित्सकीय टोली बोलाइएको हो।पहिलो दिन एक्कासि २२ जना किशोरी बिरामी परेका थिए। दोस्रो दिन पनि १८ किशोरीसहित १ किशोर बिरामी परे। ३ सय २५ जना विद्यार्थी अध्ययनरत यस विद्यालयका ४० भन्दा बढी विद्यार्थी बिरामी परेका हुन्।जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक डा. आलोक शाह र मनोपरामर्शदाता नन्दराज आचार्यसहितको टोली विद्यालयमा पुगेको थियो।

विद्यालयमा स्वास्थ्य जाँच गर्नुका साथै झण्डै तीन घण्टा मनोपरामर्श प्रदान गरिएको प्रधानाध्यापक कृष्ण बुढाले बताए।‘मनोपरामर्शले केही बिरामी विद्यार्थीको स्वास्थ्यमा सुधार आएको छ,’ उनले भने, ‘अझै केही बिरामी नै छन्।’चिकित्सकको टोली सोमबार बिहानै पुगेकाले विद्यार्थीले बिरामी पर्दा गर्ने हरेक क्रियाकलाप समेत नजिकबाट निगरानी गरेको थियो। प्रधानाध्यापक बुढाले मनोपरामर्शले केही सुधार देखिएका विद्यार्थीसमेत टोली फर्किएपछि पुनः बिरामी परेको बताए।‘धामीझाँक्रीदेखि चिकित्सक र मनोपरामर्शदाता ल्याउँदा समेत विद्यार्थी पूर्ण रूपमा निको भएनन्,’ उनले भने, ‘त्यसैले बिरामी विद्यार्थीलाई एक साता बिदा दिने तयारी विद्यालयले गरेको छ।’पहिलो दिनमा जो विद्यार्थी बिरामी भइरहेका थिए, निरन्तर तीन दिनसम्म उनीहरूलाई नै त्यस्तो लक्षण देखा परिरहेको छ। मनोपरामर्शदाता नन्दराज आचार्य मानसिक तनाव थेग्न नसक्दा विद्यार्थीहरू बिरामी परेको बताउँछन्। उनका अनुसार बिरामीलाई एक्लाएक्लै राखेर परामर्श दिइएको थियो। सामूहिक रूपमा पनि झण्डै तीन घण्टासम्म परामर्श दिने कार्य चल्यो, तर बिरामी विद्यार्थीको स्वास्थ्यमा सुधार आउन सकेन।निकै गाह्रो देखिएका दुई–तीन जना विद्यार्थीलाई सदरमुकाम अस्पताल ल्याउनसमेत भनिएको छ। उनीहरूले विद्यालयलाई हरेक दिन योगा गर्नेदेखि परामर्श दिनेसम्मको काम गर्न सुझाव दिएका छन्।

चिकित्सक टोलीसँगै पातारासी गाउँपालिका अध्यक्ष र उपाध्यक्षको टोली विद्यालयमा पुगेर अवस्था अवलोकन गरेर फर्किएको हो।केही दिनअघि जुम्लाको सिंजा-६ स्थित शान्तिजन आधारभूत विद्यालय काँडागाउँमा समेत यस्तै समस्या देखिएको थियो । विद्यार्थीहरु रुने, कराउने र बेहोस हुनेजस्ता समस्या देखिएको भिडियो सामाजिक सञ्जालमा भाइरल नै बनेको थियो । विद्यालयमा धामी झाँक्री बोलाउने, पूजा गर्ने र धार्मिक कार्य गर्ने क्रम पनि चल्यो तर सुधार आएन । यो घटना अन्धविश्वासको दृष्टिले नभई मनोवैज्ञानिक समस्याका कारणले हुन सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरु बताउने गर्छन् ।

विद्यार्थीको स्वास्थ्य जाँच गरेर फर्कियाे चिकित्सककाे टाेली

घुयँत्राे:“वलि इज वलि, बाँकी सबै झोलि :

विद्यार्थीको स्वास्थ्य जाँच गरेर फर्कियाे चिकित्सककाे टाेली

नीति तथा कार्यक्रममाथि प्रदेश सभामा छलफल सुरु,

Leave a comment

Your email address will not be published. Required fields are marked *