घुयँत्राे:“वलि इज वलि, बाँकी सबै झोलि : एमालेमा नयाँ राजनीतिक दर्शन”

केपि वलिलाई दम्भी,अहंकारी, तानाशाहि र झाेले परस्त राजनीति गर्न खुलेर आडभराेसा दिनेमा खास गरि शंकर् पाेखरेल, विष्णु पाैडेल,पृथ्वी सुब्बा गुरुङ , महेश बस्नेत , पद्मा अर्याल र नेपथ्यबाट ( कैल्यैपनि चुनाब नजित्ने मान्छे ) विष्णु रिमाल हुन ।यिनिहरु जस्ता असति खामा खुट्टाका कारण वलि अरु जतिसुकै साथिहरुले उनलाई गलतबाटाेमा जान राेक्न खाेज्दा र खबरदारी गर्दानी वलि टस्काेमस् भएनन् । कसैसित झुक्न नजान्ने वलि त्यत्राे जेनजि आन्दोलनमा सत्तै छाेडेर भाग्दा र सत्ता गुम्दा त उनलाई पछुताे भएन र पूरा गर्वका साथ महेस बस्नेतलाई सडक र सामाजिक सन्जालभरि कुदाएर “केपि शर्मा वलिले जे गरे ठिक गरे “भन्न लगाए र झाेलेहरुवीच आफ्नाे वाहवाहि गाउन लगाए । वलिकै कारण सत्ता गुम्याे ,बास गुम्याे,देशका ईतिहास गुमे,ब्यक्तिका सम्पति जले मान्छे बेघरबार भए तर उनले रतिभर पनि याे सब् आफ्नो कारणले भयाे भन्ने महसुस कहिँकतै गरेनन । उल्टै महा अधिवेशन गरेर विधाननै संसाेधन गरि २ पटक मात्र हुन पाइने पाटि अध्यक्षकाे प्यवस्थालाई खारेज गरेर आफ्नो दलभित्रकाे बहुमतकाे नाङ्गो नाँच नाचेर उनका विपक्षिहरुमा २ जनालाई मात्र चुनाब जित्न दिएर अरु कसैलाई पनि चुनाबमा ल्याउन नदिन झाेलेहरुलाई कडा आदेशगर्दै वलिले खेलेकाे महाधिवेशनिय नाैटंकिलेनि धेरैलाई आतंकित बनायाे । हिजाे वलिलाई अध्यक्ष नबनाए सारा सृष्टि नै प्रलय हुन्छ भन्ने पृथ्वी गुरुङ, शंकर पाेखरेल विष्णु पाैडेल र रिमाल जस्ता मान्छेहरु ऐले फेरि वलिलाई अध्यक्ष पद छाेडन विन्ती विसाउँदै छन भन्ने सुन्दा अचमउमै लाग्न थाल्याछ । उनिहरुवलिसिताट भडकिनुका पछाडि कतै बालेनले सरकाराँ २५ बर्ष खाने अनि वलिले पाटियाँ २५ बर्ष खाने अबस्था आयाे भने हाम्ले आजसम्म राजनीति गर्या के काम भाे ? सरकाराँ जानलत हाम्लाई जनताले नदिने भएभए तर आफ्नै झाेलेहरले बनाउने पाटिकाे पदाँनि जान नपाएर राजनीतिबाट झिटि गुन्टा समातेर जानू पर्ने त हैन? भन्ने डरले ऐले विचरा गुरुङ,पाैडेल ,पाेखरेल त्रसित छन । त्यति मात्रै हाेर हिजाे वलिका फन्दाँ लाएर विद्या भण्डारीलाई पाटिकाे टिकटै नदिने खेल खेलियाे । ऐले अब वलिले विद्यालाई टिकट दिई हाले कतै आजसम्म वलिका गाेडाधुने र हुने नहुने हर्कताँ सामेल हुने हामी तर वलिले पद छाेडेर जाने बेलाँ फ्याट्ट लाएर विद्याका हाताँ पार्दिने त हैनन भन्ने आशंकालेनि यिनरले वलिलाई अध्यक्षाट निकाल्न वल गर्यानि हुन सक्दछ । तर चिन्ता नगरम नेताजीहरु वलि अँझै २५ बर्ष पाटि चलाउन सक्षम छन । उनले आँफै भनिसके “म अँझै २५ बर्ष पाटि चलाउँछु, तपाईँहरु जस्ता फिस्टेले मेराे राजिनामा माग्ने हैन , बरु अधिवेशसन बाेलाउने र तागत भए मलाई त्यैँबाट हटाउने ” । अब सम्भव त ओलिले अब आफ्ना लम्पटहरु फेर्न सक्छन ।पैले घेरिएकाे झुण्ड अब बाहिर बस्ने र वलिका लागि लम्पट बनिदिन अरुनै आउँछन हाेला । वलिलाई हटाउन त्यति सजिलाे छैन । उनले हिजाे धेरै लगानि गरि सकेका छन । लगानि खानेहरुले अब वलिलाई बचाउने पर्पत्न गर्नेछन र हिजाे भित्र हुने आज बाहिर र अाज बाहिर भएकाहरु अब भित्र बसेर वलिकाे २५ बर्षे खेल हेर्ने हाे । खेल हेर्न कार्यकर्ता र झाेलेहरुलाई मात्रै फ्रि हैनकि हाम्लाईनि फ्रि छ आउनाेस अबका २५ बर्ष वलिले पाटिमन के के वितण्डा मच्चाउँछन र झाेलेहरु थपडि बजाउँदै जान्छन । विना खानपिन र भाेकाे पेटमा २५ बर्षसम्म तालिनै पिटिरहन झाेलेहरुलाई कम्ता कष्टहाेला ! तर के गर्नु केहि पाउँला भन्ने आशमा मान्छेले अर्काकाे ज्यानै त लिन्छ भने तालिमात्रै पिटन त के गाह्राे भाे र हैन र ? त्यसैले त म सँधै भन्छु वलि ईज वलि , we are oli का झाेलि, कुनै दिन त भरियला याे झाेलि । जब आउलान सत्ताँ वलि, तब हाम्रो नि त बिक्ला बाेलि । अस्तु

घुयँत्राे:“वलि इज वलि, बाँकी सबै झोलि : एमालेमा नयाँ राजनीतिक दर्शन”

लुम्बिनी प्रदेश सभा बैठक जारी(फोटो फिचर)

Leave a comment

Your email address will not be published. Required fields are marked *