लुम्बिनी प्रदेश सभा बैठक जारी(फोटो फिचर)

दाङ ,१२ जेठ ।

लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत सातौं बैठक चलिरहेको छ । बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३\०८४ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ हुदैछ ।


बैठकको सुरुमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा शून्य समयमा आफ्नो धारणा राखेका छन । बैठकमा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘थारु समुदायका प्रथाजनित परम्पराको संरक्षण गर्न बनेको विधेयक, २०८३’ सभामा पेश गर्नुभएको छ ।

त्यसैगरी प्रदेश प्रमुखद्वारा प्रस्तुत गरिएको लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८३\०८४ को‘वार्षिक नीति तथा कार्यक्रम’को एक प्रति मुख्यमन्त्री चेतनारायण आचार्यले सभामा पेश गर्नुभएको छ ।

 


प्रदेश सभा सदस्य तुलसीप्रसाद चौधरीले वार्षिक नीति तथा कार्यक्रमसम्बन्धी सम्बोधनका लागि प्रदेश प्रमुख प्रति धन्यवाद ज्ञापन प्रस्ताव पेश गर्नुभएको छ भने उक्त प्रस्तावलाई प्रदेश सभा सदस्य जमुना ढकालले समर्थन गर्नुभएको छ । त्यसपछि सभामुखले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुभएको छ ।


बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले ‘वार्षिक नीति तथा कार्यक्रम’ माथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव पेश गर्नुहुनेछ । प्रस्तावमाथि छलफल पश्चात प्रदेश सभा सदस्यहरूले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिनुहुनेछ ।

लुम्बिनी प्रदेश सभा बैठक जारी(फोटो फिचर)

लुम्बिनी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल

लुम्बिनी प्रदेश सभा बैठक जारी(फोटो फिचर)

लुम्बिनी प्रदेश सभा बैठक जारी(फोटो फिचर)

Leave a comment

Your email address will not be published. Required fields are marked *